सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

५५ औ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस एबम् नवनिर्मित चारकोठे विद्यालय भवनको समुद्घाटन समारोहमा हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा!!!
श्री खड्गकाली मा.वि. घुर्लिचौरको ५५ औ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस एबम् नवनिर्मित चारकोठे विद्यालय भवनको समुद्घाटन यही बैशाख 26 गते  चापाकोट नगरपालिकाको नगर प्रमुख श्री शिबकुमार गिरी ज्यूको प्रमुख आतिथ्यमा  सम्पन्न हुने भएकोले आमन्त्रित व्यक्तित्वहरुलाई पत्राचार भैसकेको छ यदि पत्र प्राप्त नभएको भए यसैलाई आधिकारिक निमन्त्रणा मान्नु भै उपस्थित हुनुहोला ।
साथै SEE-2073 साथै A Grade (Distinction) ल्याउन सफल दुई विद्यार्थीहरु, विद्यालयलाई आर्थिक सहयोग गर्ने, घुर्लिचौर ब्रदरहूड लगाएत अन्य सहयोगी हातहरु, अक्षयकोषदाता लगायत अन्य महत्वपूर्ण व्यक्तिक्त्व, अभिभावक तथा शिक्षकहरुलाई सम्मानकासाथ पुरस्कार वितरण, छात्रवृति वितरण, वार्षिक प्रतिवेदन र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुति रहनेछ ।

0 Comments

Famous Quotes: