6/16/2024

बकर इद (उल–अजहा) को उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

बकर इद (उल–अजहा) को उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ असार ३ गते सोमबार बकर इद (उल–अजहा) को उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्च: ४ गते मंगलबार यथावत समयमा नियमित पठनपाठन सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

6/15/2024

फूलबारीमा फूल रोप्दै खड्गकाली मा.वि. का विद्यार्थीहरु

फूलबारीमा फूल रोप्दै खड्गकाली मा.वि. का विद्यार्थीहरु

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जा मिति २०८१ जेठ ३२ फूलबारीमा फूलहरु रोप्दै गर्दा लिइएको विद्यार्थीहरुको केही तस्बिरहरू ❤️

6/02/2024

खोप तथा सरसफाई सम्बन्धि सचेतना कार्यक्रममा लिइएको तस्बिरहरू

खोप तथा सरसफाई सम्बन्धि सचेतना कार्यक्रममा लिइएको तस्बिरहरू

मल्याङ्कोट स्वास्थ्य चौकी चापाकोट–४ को स्वास्थ्यकर्मी रुपक गिरी र अन्जना धामीको सहजीकरणमा श्री खड्गकाली मा.वि.मा मिति २०८१/०२/२० गते सम्पन्न भएको खोप तथा सरसफाई सम्बन्धि सचेतना कार्यक्रममा लिइएको तस्बिरहरू ❤️

5/31/2024

खड्गकाली मा.वि.मा कक्षा १-५ र ६-१० स्तरीय तहगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा कक्षा १-५ र ६-१० स्तरीय तहगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मिति २०८१ जेठ १८ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालिका मैत्रीको आयोजनामा कक्षा १-५ र कक्षा ६-१० स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

तहगत रुपमा छुट्टाछुट्टै सञ्चालन भएको हाजिरीजवाफ प्रतियोगितामा कक्षा १-५ तर्फ प्रथम कञ्चनजंघा सदन, द्वितीय अन्नपूर्ण, तृतीय सगरमाथा र चुतुर्थ मनास्लु सदन भएका छन् । त्यसैगरी कक्षा ६-१० मा भने प्रथम कञ्चनजंघा सदन, द्वितीय मनास्लु सदन, तृतीय अन्नपूर्ण र चतुर्थ सगरमाथा सदन भएका छन् । कार्यक्रमको प्रमुख अतिथि प्रधानाध्यापक लेस बहादुर खाँण हुनुहुन्थ्यो । प्रतियोगिता सम्पन्न भएपश्चात विभिन्न स्थान हासिल गर्न सफल सम्पूर्ण प्रतियोगीहरुलाई सहायक प्रधानाध्यापक पशुपति पौडेल र राजेन्द्र बहादुर थापाले अबिर साथै प्रमुख अतिथीको रुपमा रहनुभएको लेस बहादुर खाँणले पुरस्कार हस्तान्तरण गर्नुभयो । 

बालिका मैत्रीको अध्यक्ष स्मृति बि.सी.को अध्यक्ष्यतामा सञ्चालन भएको औपचारिक कार्यक्रम सचिब हिमानी खाँणले सञ्चालन गरेका थिए ।


अपडेट
लोडिङ हुँदै छ...