5/31/2024
२०७३ वैशाख देखि २०७५ असोजसम्म जन्म मिति भएका विद्यार्थीहरुलाई आई.पि.भि. खोप सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Friday, May 31, 2024
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ जेठ २० गते आइतबारको दिन आई.पि.भि. खोप कार्यक्रम रहेकोले तपसिल बमोजिम नाम तथा २०७३ वैशाख देखि २०७५ असोजसम्म जन्म मिति भएका विद्यार्थीहरु आफ्नो अभिभावकको साथमा अनिवार्य उपस्थित हुनको लागि अनुरोध गरिन्छ ।
5/30/2024
ज्याग्दी सिकाइ केन्द्रद्वारा आयोजित खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई सम्मान गरिँदै
प्रथम पटक प्रकाशित : Thursday, May 30, 2024
ज्याग्दी सिकाइ केन्द्रद्वारा आयोजित खेलकुद तथा नृत्य प्रतियोगितामा विभिन्न स्थान सहित विजयी श्री खड्गकाली मा.वि.का विद्यार्थीहरुलाई सम्मान गरिँदै ❤️
हासिल भएको स्थानहरु
- हाइजम्प (प्रथम): कृष्ण खाँण
- लङ्ग जम्प (द्वितीय): विष्णु मल्ल
- सटपट (तृतीय): नारायण मल्ल
- सटपट (द्वितीय): सृष्टि खाँण
- हाइजम्प (तृतीय): सृष्टि खाँण
- हिसाब दौड (प्रथम): नमन खाँण
- विद्यालय स्तरीय नृत्य (तृतीय): आशी सिहं
- खुल्ला नृत्य (तृतीय): एन्जिता खाँण
5/27/2024
गणतन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Monday, May 27, 2024
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८१ जेठ १५ गते मंगलबार गणतन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।






















































