2026-09-07

जेन्जी (Gen-Z) सहिदहरुको सम्झनामा सार्वजनिक विदा सम्बन्धमा सूचना ।

जेन्जी (Gen-Z) सहिदहरुको सम्झनामा सार्वजनिक विदा सम्बन्धमा सूचना ।


प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८३ भाद्र २३ गते मंगलबार जेन्जी (Gen-Z) सहिदहरुको सम्झनामा सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्चः २४ गते यथावत समयमा नियमित कक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।


2026-09-04

रसुवाका बाढीपीडितका लागि खड्गकाली माध्यमिक विद्यालय परिवारद्वारा आर्थिक सहयोग

रसुवाका बाढीपीडितका लागि खड्गकाली माध्यमिक विद्यालय परिवारद्वारा आर्थिक सहयोग

श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट नगरपालिका वडा नं. ४, स्याङ्जाद्वारा नेपाल सरकारद्वारा सञ्चालित 'प्रधानमन्त्री दैवीप्रकोप राहत कोष' मा रसुवास्थित भोटेकोसी बाढी प्रभावितहरूका लागि आर्थिक सहयोग रकम रमानान्तर गरिएको छ। विद्यालयका विद्यार्थीहरू, अभिभावक तथा शिक्षक-अभिभावक संघका सदस्यहरू र जुनियर रेडक्रस सर्कलको संयुक्त पहलमा सो राहत रकम संकलन गरिएको हो।
​सहयोग सम्बन्धी संक्षिप्त विवरण निम्न अनुसार छ:
  • ​विद्यार्थी, अभिभावक तथा शिक्षक-अभिभावक संघको योगदान: श्री खड्गकाली माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट कटौती गरेको रकम र अभिभावक तथा शिक्षक-अभिभावक संघका सदस्यहरूबाट संकलित गरी जम्मा रु. ५,७८०/- (पाँच हजार सात सय असी मात्र) प्राप्त भएको छ।
  • जुनियर रेडक्रस सर्कलको योगदान: विद्यालयमा गठित मानव सेवामा समर्पित जुनियर रेडक्रस सर्कलका तर्फबाट रु. ६,०००/- (छ हजार मात्र) सहयोग उपलब्ध गराइएको छ।
​उक्त दुवै स्रोतबाट प्राप्त भई जम्मा रु. ११,७८०/- (एघार हजार सात सय असी मात्र) राहत रकम 'प्रधानमन्त्री दैवीप्रकोप राहत संकलन कोष' मा जम्मा गरिएको छ। 
दैवीप्रकोपको यस कठिन परिस्थितिमा विपद्ग्रस्त बाढीपीडितहरूलाई राहत पुर्याउने उद्देश्यले गरिएको यस परोपकारी कार्यमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा जुनियर रेडक्रस सर्कलप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

2026-09-03

श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना ।

श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा तपसिल अनुसार सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

तपसिल

  • मिति २०८३ भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व ।
  • मिति २०८३ भाद्र २० र २१ गते साप्ताहिक सार्वजनिक विदा ।

पुनश्चः २२ गते यथावत समयमा नियमित कक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

2026-08-27

जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा भोली मिति २०८३ भाद्र १२ गते शुक्रबार जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ  ।

* पुनश्च: शनिबार र आइतबार सार्वजनिक विदा रहेकाले सोमबार नियमित समयमा पठनपाठन हुनेछ ।

2026-08-26

खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - ६) - वि.सं. २०८३ भाद्र १० गते बुधबार

खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - ६) - वि.सं. २०८३ भाद्र १० गते बुधबार

मिति २०८३ भाद्र १० गते बुधबार श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा कक्षा ६ का विद्यार्थीहरुद्वारा प्रकाशित भएको भित्ते पत्रिका ।

2026-08-21

प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन समारोहमा लिइएको कक्षा नर्सरी देखि ५ सम्मको पुरस्कार वितरणको तस्बिरहरू

प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन समारोहमा लिइएको कक्षा नर्सरी देखि ५ सम्मको पुरस्कार वितरणको तस्बिरहरू

प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन समारोहमा विभिन्न विधागत रुपमा कक्षा नर्सरी देखि ५ सम्मको पुरस्कार वितरणको क्रममा लिइएको केही तस्बिरहरू ।

अपडेट
लोडिङ हुंदै छ...