2025-09-18

खड्गकाली मा.वि.मा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाइयो

खड्गकाली मा.वि.मा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाइयो


श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जाले २०८२ असोज २ गते बुधबार “ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता" भन्ने आदर्श नाराको साथ रेडक्रसको आयोजनमा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र पठन सीपलाई उजागर गर्ने उद्देश्यले विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको थियो। कक्षा १ देखि ३ सम्म कक्षागत तथा ४ र ५ का विद्यार्थीहरूमा अन्तरसदनात्मक अंग्रेजी भाषाको स्पेलिङ कन्टेस्ट सञ्चालन गरिएको थियो। त्यसैगरी, कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले विज्ञान प्रदर्शनी गरे।
प्रतियोगितामा कक्षा १-३ को स्पेलिङ कन्टेस्टमा कक्षा १ बाट प्रयुस सारु, कक्षा २ बाट अनुराग काफले र कक्षा ३ बाट बर्षा खाँण प्रथम भएका छन् । त्यस्तै; कक्षा ४ र ५ अन्तरसदनात्मक रुपमा सञ्चालन गरिएको स्पेलिङ कन्टेस्टमा अन्नपूर्ण सदन प्रथम भएका छन् । उक्त सदनमा कक्षा ४ बाट सिमा क्षेत्री र संगम गुरुङ तथा कक्षा ५ बाट गौसम खाँण र सागर गुरुङ रहेका थिए । 
त्यसैगरी, विज्ञान प्रदर्शनी तर्फ कक्षा ६ बाट संस्कृति सारु, कक्षा ७ बाट अप्सन मल्ल, कक्षा ८ बाट बिनोद खाँण, ९ बाट इस्मी मल्ल र १० बाट नोमिस्का गुरुङले आ-आफ्नो कक्षाबाट प्रथम स्थान हासिल गर्न सफल भए। सर्वोत्कृष्ट प्रदर्शनी भने कक्षा ७ का अप्सन मल्लले गरे । उक्त प्रतियोगिताको निर्णायक विज्ञान शिक्षकहरु अविषेक अधिकारी र जगदीशप्रसाद यादव रहनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यता र रेडक्रसको अध्यक्ष इस्मी मल्लको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रम रेडक्रसको सचिव एलिजा रानाले सञ्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा सम्पूर्ण विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरियो । कक्षा १ देखि ५ सम्मकालाई विद्यालयले र कक्षा ६ देखि १० सम्मका प्रतियोगीहरुलाई रेडक्रसका पदाधिकारीहरुले पुरस्कार प्रायोजन गरेका थिए । 
असोज ३ देखि १० गतेसम्म सार्वजनिक विदा र शनिबारको दिनहरुमा विद्यालय खुल्ने

असोज ३ देखि १० गतेसम्म सार्वजनिक विदा र शनिबारको दिनहरुमा विद्यालय खुल्ने

चापाकोट नगरपालिकाको मिति २०८२/०६/०२ गतेको निर्णय बमोजिम असोज ३ देखि १० गतेसम्म सार्वजनिक विदा र शनिबारको दिनहरुमा पनि नियमित रुपमा विद्यालयको पठनपाठन सञ्चालन हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।

2025-09-16

Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक विदा सम्बन्धमा सूचना

Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार मिति २०८२ असोज १ गते बुधबार Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक मनाउने सूचना जारी भएकोले यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2025-09-14

श्री खड्गकाली मा.वि. मा ६१ औं बाल दिवस भव्यताका साथ सम्पन्न

श्री खड्गकाली मा.वि. मा ६१ औं बाल दिवस भव्यताका साथ सम्पन्न

श्री खड्गकाली माध्यमिक विद्यालयमा चापाकोट-४, घुर्लिचौरमा आज मिति २०८२ भाद्र २९ गते, 'बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी' भन्ने मूल नाराका साथ ६१औं बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस कार्यक्रममा सहायक प्रधानाध्यापक राजेन्द्र बहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो भने अन्य शिक्षकहरू अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा बाल क्लबद्वारा आयोजित विभिन्न प्रतियोगिताहरूले बालबालिकाहरूमा उत्साह थपेको थियो। कक्षा १ देखि ३ सम्म सञ्चालित स्मृति खेल (Memory Game) मा क्रमशः कक्षा १ बाट प्रयुस सारु, कक्षा २ बाट सनिसा शाल्मी र कक्षा ३ बाट विश्वास बि.क. प्रथम भएका छन्। यस्तै, कक्षा ४ र ५ का लागि आयोजित स्मृति खेलमा कक्षा ५ की छात्रा रोशनी खाँणले प्रथम स्थान हासिल गरेकी छिन्।


कक्षा ६ देखि १० सम्मको लागि अन्तरसदनात्मक जनचेतनामूलक नाटक प्रतियोगिता आयोजना गरिएको थियो। यस प्रतियोगितामा मनास्लु सदनका इस्मी मल्ल उत्कृष्ट भएकी छिन्।
कार्यक्रमको अन्त्यमा, विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी उनीहरूको उत्साह र लगनको सम्मान गरिएको छ। बाल दिवसको अवसरमा आयोजित यी कार्यक्रमहरूले बालबालिकाहरूको प्रतिभा प्रस्फुटनका साथै उनीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएको प्र.अ. लेसबहादुर खाँणले जनाउनुभयो।
बालक्लबको अध्यक्ष मेलिना हिताङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घोषण बालक्लबका सचिव सलिना केसीले गरेका थिए । कार्यक्रम संयोजक अतिरिक्त कृयाकलाप संयोजक गोकर्ण जिसीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा बिजेता प्रतियोगीहरूलाई पुरस्कार बितरण गरिएको छ।


2025-09-09

जेन–जी (Gen-Z) घटनाको भत्र्सना तथा शोक विदा सम्बन्धमा सूचना ।

जेन–जी (Gen-Z) घटनाको भत्र्सना तथा शोक विदा सम्बन्धमा सूचना ।

मिति २०८२/०५/२३ गते जेन–जी (Gen-Z) हरुको आन्दोलनमा भ्रष्टाचार र बेथितिका विरुद्ध सडकमा आवाज बुलन्द गर्न उत्रिएका विद्यार्थीहरूमाथि गोली प्रहार हुँदा केही विद्यार्थीको दुःखद निधन भएकोमा उहाँहरुको चिर आत्मशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइते विद्यार्थीहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछौं।

यस किसिमको बर्बरता र अन्यायको घोर भत्र्सना गर्दै, चापाकोट नगरपालिकाको सूचनाअनुसार मिति २०८२/०५/२४ गते यस श्री खड्गकाली माध्यमिक विद्यालयमा एक दिनका लागि शोक बिदा रहेको जानकारी गराउँदछौं ।



अपडेट
लोडिङ हुंदै छ...