1/08/2022

खड्गकाली मा.वि.मा अर्धवार्षिक परीक्षा २०७८ को नतिजा प्रकाशित

खड्गकाली मा.वि.मा अर्धवार्षिक परीक्षा २०७८ को नतिजा प्रकाशित

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०७८ पुस २३ गते शैक्षिक सत्र २०७८ को अर्धवार्षिक परिक्षाको परिक्षाफल प्रकाशन, प्रगति विवरण र पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
विद्यालयका शिक्षक पशुपति पौडेल र गोकर्ण जिसीद्वारा सञ्चालित उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका व्याक्तित्व, राजनितीक दलका पदाधिकारी, विद्यार्थी, अभिभावक, व्यवस्थापन समितिका सदस्य, टोल शिक्षा समितिका सदस्यहरु, बाल क्लव, संस्थापक सदस्य, नगर समितिहरु, छिमेकी विद्यालयका प्र.अ. तथा शिक्षकहरु एवं अन्य अतिथिहरुको उल्लेख्य उपस्थिति रहेको थिए । कार्यक्रममा विद्यालयका शिक्षक संगिता पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । 
विद्यालयको शैक्षिक गुणस्तरमा अपेक्षित परिवर्तन ल्याउनको लागि विद्यार्थीहरु हरसम्भव कोशिश गरिरहनुपर्ने र अभिभावहरुले पनि सोही अनुरुप वातावरण सिर्जना गर्नुपर्ने कुरामा जोड दिँदै शिक्षक गोकर्ण जिसिले शुभकामना मनतव्य दिनुभयो । उहाँले विद्यालयमा शिक्षक, विद्यार्थी र अविभावकहरु बिच प्रत्यक्ष सम्बन्ध कायम हुनुपर्ने र यी तिनै पक्षको सन्तुलनमा मात्र विद्यालयको शैक्षिक गुणस्तरको परिकल्पना गर्न सकिने कुरा स्पस्ट पार्नुभयो । साथै, पछिल्लो समयमा विद्यार्थीहरुमा देखिन थालेको प्रविधिहरुको दुरुपयोग सम्बन्धमा यसबाट विद्यार्थीको पढामा हुनसक्ने सम्भावित नोक्सानी बारे समस्त विद्यार्थी र अभिभावहरुलाई सचेत गराउँदै यसको सही सदुपयोग गर्न सुझाव दिनुभयो ।
विशिष्ट अतिथीको रुपमा उपस्थिति हुनुभएको चापाकोट वडा नं ४ का वडाध्यक्ष नारायण पौडेलले स्थापना कालमा विद्यालयको नाजुक स्थित र आफूहरुले भोग्नुपरेको अभावहरु स्मरण गर्दै विद्यालयको आजको अवस्थासम्म आइपुग्दा निकै सुखद अनुभूति गर्दै आफूहरु विद्यालयको हर क्षेत्रमा सहयोगमा तत्परता रहेको प्रतिबद्धता जाहेर गर्नुभयो । प्रमुख अतिथीको रुपमा रहनुभएको बिक्रम बहादुर सारुले विद्यालय प्रती शुभेच्छा प्रकट गर्दै बन्दै गरेको सरस्वती मन्दिरको लागि नगद रु. ५५५५/- सहयोग गर्नुभयो ।
छात्रछात्राहरुको तर्फबाट कक्षा १० का छात्र सुबास बहादुर पौडेलले विद्यार्थीको क्षैक्षिक उपलब्धि सुधारको निम्ति अभिभावकहरु आफूहरुको प्रगतिको स्तर जाँचबुझ गर्न नतिजा प्रकाशनको बखत मात्र नभएर समयसमयमा जागरुक भैररहनुपर्ने कुरा व्यक्त गरे । उनले सम्पूर्ण विद्यार्थीहरुको प्रतिनिधि बनेर विद्यालयको केही जीर्ण भौतिक पक्षहरुको मर्मत सम्भारका लागि व्यवस्थापन पक्षलाई जागरुक पनि गराए ।
कार्यक्रममा विद्यालयको नि.प्र.अ. राजेन्द्र बहादुर थापाले शैक्षिक सत्र २०७८ सालको हालसम्मको आय-व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो । 
कार्यक्रममा विद्यालको प्र.अ. लेसबहादुर खाँणले उतिर्ण भएको विद्यार्थीहरुलाई बधाई दिनुभयो । अनुतिर्ण भएको विद्यार्थीलाई सान्त्वना दिँदै अझै पनि प्रगति गर्न समय बाँकी रहेको र गम्भीरताका साथ पढाईमा लाग्न सुझाव दिनुभयो । उहाँले खड्गकाली मा.वि. मा बन्न गइरहेको सरस्वती मन्दिर निर्माणको लागि स्वेच्छिक सहयोगको तत्परता देखाउनुभएको दानविरहरुको संक्षिप्त विवरण प्रस्तुत गर्दै आभार प्रकट गर्नुभयो ।  

कार्यक्रमको बिच बिचमा विद्यार्थीहरुबाट विभिन्न सांस्कृतिक कार्यक्रम र थरिथरिका प्रतिभाहरु प्रस्तुत भयो । कक्षा नर्सरीदेखी कक्षा दससम्म विद्यार्थीहरुको नतिजा सुनुवाइ भयो र नतिजा सुनवाइ संगै सम्पूर्ण उतिर्ण र विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण भयो । 
कार्यक्रमको अन्त्यमा सभापतिको रुपमा रहनुभएको विव्यसका अध्यक्ष तिलक खाँणले अभिभावकहरुलाई आफू व्यवस्थापन समितिको अध्यक्ष भएको हैसियतले आफ्नो जिम्मेवारी हरसम्भव पूरा गरेको कुरा स्पस्ट पार्दै अभिभावकहरुलाई विद्यालयमा नियमित रुपमा आफ्नो विद्यार्थीहरुको शैक्षिक स्तर बुझिरहन अनुरोध गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको समाप्ति पश्चात हरेक कक्षामा विद्यार्थी, अविभावक, कक्षा शिक्षक, प्र.अ र अन्य विव्यसका सदस्यहरु बिच विद्यार्थीको प्रगति सम्बन्धमा अन्तर्कृया तथा प्रोग्रेस कार्ड वितरण भयो ।

1/02/2022

अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालय परिवार

अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालय परिवार

अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालय परिवार
अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गर्दै
"सामाजिक बिकासका लागि सहयोगी हातहरु" र "हरित शान्ति समाज नेपाल" द्वारा मिति २०७८ पौष १६ गते शुक्रबारका दिन श्री जनप्रिय मा.बि. चिन्नेबास, स्याङ्जामा आयोजित प्रथम अन्तर माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा द्वितीय स्थान हाँसिल गर्न सफल खड्गकाली मा.बि. चापाकोट-४, घुर्लिचौरमा अध्यनरत कक्षा १० का छात्र सुबास बहादुर पौडेल र कक्षा ९ का छात्र बिर बहादुर गुरुङ र छात्रा सन्ध्या अर्याललाई सम्मान गर्दै विद्यालय परिवार ।
विद्यार्थीहरु तिनैजनाले नगद रु. ३/३ हजार, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । उपविजेता विद्यार्थी भाइबहिनीहरुलाई धेरेै बधाई तथा आगमी दिनमा पनि यसरी नै प्रगति पथमा लम्किनको लागि शुभकामना ।

12/18/2021

खड्गकाली माविमा निमावि तह नेपाली विषयको शिक्षक आवश्यकता

खड्गकाली माविमा निमावि तह नेपाली विषयको शिक्षक आवश्यकता

Basic Level Nepali Teacher Wanted Notice 2078

श्री सम्बन्धित सबैमा,

विषय (Sub) : विज्ञापन सम्बन्धमा ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय शिक्षा शाखा चापाकोटको मिति २०७४/८/२९ को च.नं. ६९९ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०७८/८/२९ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
तपसील
विज्ञापन नं. : ०२/०७८/०७९
पद संख्या : १
पद : शिक्षक (करार)
तह : नि.मा.वि.
विषय : नेपाली
योग्यता : नेपाली मूल विषय लिई शिक्षा शास्त्रमा प्रमाण पत्र तह वा सो सरह उतीर्ण (माथिल्लो योग्यतालाई विशेष प्राथमिकता दिइनेछ ।)
उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल : नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर : रु. १५००/-
परीक्षाको प्रकार : लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
दरखास्त दिने अन्तिम मिति : २०७८/९/१४ (४ बजेभित्र)
सम्पर्क मिति : २०७४/९/१४

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु
  • निवेदन
  • नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी
  • शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपी
  • स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी
  • निरोगिताको प्रमाणपत्र
सम्पर्क
श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जा
  • सम्पर्क नंबर: ९८०५८२९२१३, ९८०४१७६२८४, ९८४६१२२७७७, ९८०४१५७४७०
  • इमेल: office@khadgakali.edu.np, khadgakalischool@gmail.com

11/30/2021

शिक्षिका भिमा चापागाईंको विदाई कार्यक्रमको केही झलकहरु

शिक्षिका भिमा चापागाईंको विदाई कार्यक्रमको केही झलकहरु

हाम्रो यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाबाट आज मिति २०७८ मंसिर १४ गते नि.मा.वि. तह नेपाली विषयको तृतीय श्रेणीमा कार्यरत शिक्षिका श्री भिमा चापागाईं आफ्नै गृह नगरपालिका स्थित श्री नेपाल राष्ट्र मा.वि., गल्याङ-७, स्याङ्जामा सरुवा हुन गइरहेकोले विद्यालय कर्मचारी र वि.व्य.स. पदाधिकारीद्वारा विदाई कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो ।

11/14/2021

कार्तिक २९ गते हरिबोधिनीको अवसरमा स्थानीय विदा राखिएको सूचना

भोलि मिति २०७८ साल कार्तिक २९ गते सोमबार हरिबोधिनी (ठूले एकादशी) को अवसरमा यस शैक्षिक सत्र २०७८ को पहिलो पटक स्थानीय विदा राखिएकोले सम्पूर्ण पठन-पाठन कार्य बन्द रहने ब्यहोरा सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

11/04/2021

हिन्दुहरुको महान् पर्व दिपावली-२०७८ को शुभकामना

हिन्दुहरुको महान् पर्व दिपावली-२०७८ को शुभकामना

हिन्दुहरुको महान् पर्व दिपावली-२०७८ को शुभकामना
शुभकामना ! शुभकामना !! शुभकामना !!!

हिन्दुहरुको महान् पर्व दिपावली-२०७८ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
प्रधानाध्यापक
तथा
श्री खड्गकाली मा. वि. परिवार

10/06/2021

विजयादशमी २०७८ को अवसरमा हुन गइरहेको सार्वजनिक विदा सम्बन्धि सुचना

विजयादशमी २०७८ को अवसरमा हुन गइरहेको सार्वजनिक विदा सम्बन्धि सुचना

विजयादशमी २०७८ को अवसरमा हुन गइरहेको सार्वजनिक विदा सम्बन्धि सुचना
श्री जो जससंग सम्बन्ध राख्दछ ।
विषय (Sub): सार्वजनिक विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा हिन्दुहरुको महान पर्व विजया दशमी-२०७८ को अवसरमा भोलि मिति २०७८/०६/२१ गते घटस्थापनादेखि २०७८/०७/०३ गते पुर्णिमा सम्म सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठन-पाठन कार्य बन्द हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक एवं सरोकारवालाहरुमा जानकारी गराइन्छ ।
पुनश्चः
  • हिन्दुहरुको महान पर्व विजया दशमी २०७८ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्धायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । 
  • २०७८ कार्तिक ४ गते बुधबार देखि नियमित पठनपाठन हुनेछ ।

9/30/2021

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. : १/०७८/०७९

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. : १/०७८/०७९

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. : १/०७८/०७९

श्री सम्बन्धित सबैमा,

विषय (Sub) : शिक्षक आवश्यकता ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाको मिति २०७८/६/१० गतेको वि.व्य.स. बैठकको निर्णय अनुसार देहाय बमोजिम निजी शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकबाट दर्खास्त आह्वान गरिन्छ ।

तपसील:
१. विज्ञापन नं. : १/०७८/०७९
२. पद : प्रा.वि.
३. पद संख्या : १
४. शैक्षिक योग्यता : कम्तिमा +२ उत्तीर्ण (अंग्रेजी मूल विषयलाई प्राथमिकता दिइनेछ ।)
५. पदको किसिम : निजी
६. परीक्षा दस्तुर : रु. ५००/
७. दरखास्त दिने अन्तिम मिति : २०७८/६/२०
८. सम्पर्क मिति : २०७८/६/२०
९. परीक्षाको किसिम : लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
१०. तलब स्केल : वि.व्य.स.को निर्णय अनुसार
११. परीक्षाको मिति : सम्पर्क मितिको दिन जानकारी हुनेछ ।
१२. सम्पर्क नं: 9804176284 (L.B. Sir), 9846071642 ( Bahadur Thapa), 9805829213 (Tilak Bahadur Khand), 9846122777 (Pashupati Poudel), 9817106847 (Bikas Gurung)

आवश्यक कागजातहरु:
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी : १ प्रति
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी : १/१ प्रति
  • अध्यापन अनुमति पत्रको प्रतिलिपी : १ प्रति (उपलब्ध भएमा)
  • निवेदन पत्र : १ प्रति
अपडेट
लोडिङ हुँदै छ...