खड्गकाली माविमा विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न
खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०७८/१/६ गते विद्यालय व्यवस्थापन समिति गठन भएको छ । अभिभावक भेलाले श्री तिलक बहादुर खाँणलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । अन्य पदाधिकारीहरुमा श्री नेत्र बहादुर थापा, श्री विष्णुदेवी वि.क., श्री विष्णुप्रसाद पंगेनी, श्री केशर बहादुर खाँण, श्री शर्मिला खाँण, नगर प्रतिनिधि श्री ईन्द्रा खाँण, शिक्षक प्रतिनिधि पशुपति पौडेल र प्र.अ गरि नौ जना रहका छन् ।
वि.व्य.स. गठन चापाकोट नगरपालिकाका नगर प्रमुख श्री शिवकुमार गिरी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय संस्थापक, कर्मठ आजीवन सदस्य, सल्लाहकार, अक्षयकोषदाता, राजनितीक दलका पदाधिकारी, आमा समूह, टोल शिक्षा समितिका सदस्य एवम् युवा-क्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो ।