4/20/2021

खड्गकाली माविमा विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न

खड्गकाली माविमा विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न

खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०७८/१/६ गते विद्यालय व्यवस्थापन समिति गठन भएको छ । अभिभावक भेलाले श्री तिलक बहादुर खाँणलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । अन्य पदाधिकारीहरुमा श्री नेत्र बहादुर थापा, श्री विष्णुदेवी वि.क., श्री विष्णुप्रसाद पंगेनी, श्री केशर बहादुर खाँण, श्री शर्मिला खाँण, नगर प्रतिनिधि श्री ईन्द्रा खाँण, शिक्षक प्रतिनिधि पशुपति पौडेल र प्र.अ गरि नौ जना रहका छन् ।
वि.व्य.स. गठन चापाकोट नगरपालिकाका नगर प्रमुख श्री शिवकुमार गिरी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय संस्थापक, कर्मठ आजीवन सदस्य, सल्लाहकार, अक्षयकोषदाता, राजनितीक दलका पदाधिकारी, आमा समूह, टोल शिक्षा समितिका सदस्य एवम् युवा-क्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो ।

4/19/2021

वि.व्य.स. गठनका निमित्त विद्यालयमा उपस्थितिका लागि आह्वान

यस श्री खड्गकाली मा. वि. चापाकोट-४ स्याङ्जाको विद्यालय व्यवस्थापन समितिको गठन तपसीलका मिति, समय र स्थानमा हुने भएकोले आदरणीय निवर्तमान वि.व्य.स. पदाधिकारी, सल्लाहकार, आमन्त्रित सदस्य, शि.अ.सं. पदाधिकारी, विद्यालय संस्थापक, कर्मठ/आजीवन सदस्य, चन्दादाता, अभिभावक तथा सम्पूर्ण वुद्धिजीवि, समाजप्रेमी, संघसंस्थाका प्रतिनिधि, सरोकारवालाहरुमा अनिवार्य उपस्थितिको लागि सादर अनुरोध गरिन्छ ।

तपसील
मिति: २०७८/१/६ गते सोमवार
समय: विहान ११ वजे
स्थान: श्री खड्गकाली मा.वि. प्राङ्गण
(प्रधानाध्यापक)

4/14/2021

श्री खड्गकाली ज्ञान विकास पुस्तकालय कोषका लागि चन्दा प्रदान गर्ने चन्दादाताहरुको नामावली

श्री खड्गकाली ज्ञान विकास पुस्तकालय कोषका लागि चन्दा प्रदान गर्ने चन्दादाताहरुको नामावली

श्री खड्गकाली ज्ञान विकास पुस्तकालय कोषका लागि चन्दा प्रदान गर्ने चन्दादाताहरुको नामावली
श्री खड्गकाली ज्ञान विकास पुस्तकालय कोषका लागि चन्दा प्रदान गर्ने चन्दादाताहरुको नामावली
श्री खड्गकाली ज्ञान विकास पुस्तकालय कोषका लागि चन्दा प्रदान गर्ने चन्दादाताहरुको नामावलीहरु यसप्रकार रहेका छन् । (alert-success)
१. समाजसेवी श्री ढाकाराम जैसी रु. ५००० + धार्मिक पुस्तक ६५ थान
२. शिक्षक श्री लेसबहादुर खाँण रु. १६६६ + विभिन्न पुस्तकहरु १२ थान
३ शिक्षक श्री शिव गिरी रु. १६६६
४. प्र.अ. श्री जगन्नाथ अर्याल रु. १५००
५. शिक्षक श्री राजेन्द्र गिरी रु. १३३३
६. शिक्षक श्री दिपेन्द्रध्वज शाही रु. ११३० + बि.एड.का १० थान पुस्तकहरु
७. शिक्षक श्री राजेन्द्रबहादुर थापा रु. ११११
८. शिक्षक श्री पशुपति पौडेल रु. ११११
९. शिक्षक श्री वविता सेन रु. १०१५
१०. शिक्षक श्री खड्गबहादुर पौडेल रु. १०१०
११. अध्यक्ष श्री टंकप्रसाद अर्याल रु. १००५
१२. सदस्य श्री समरबहादुर शाही रु. १००१
१३. अभिभावक श्री टंकबहादुर खाँण रु. १०००
१४. शिक्षक श्री लेखनाथ पौडेल रु. ५५५
१५. शिक्षक श्री दुर्गा खनाल रु. ५१०
१६. शिक्षक श्री जगदिशप्रसाद यादव रु. ५०५
१७. सदस्य श्री विष्णुप्रसाद पंगेनी रु. ५०५
१८. शिक्षक श्री शिव परियार रु. २५५
१९. सदस्य श्री विक्रम सारु रु. २००

तथ्यांक स्रोत: स्वर्ण महोत्सव स्मारिका २०७०
श्री खड्गकाली मा.वि. का विद्यालय संस्थापकहरु

श्री खड्गकाली मा.वि. का विद्यालय संस्थापकहरु

श्री खड्गकाली मा.वि. का विद्यालय संस्थापकहरु
श्री खड्गकाली मा.वि. का विद्यालय संस्थापकहरु
यस श्री खड्गकाली मा.वि. का विद्यालय संस्थापकहरु यसप्रकार रहेका छन् ।
  1. श्री खिमबहादुर खाँण - संस्थापक अध्यक्ष
  2. श्री हुमनबहादुर खाँण - संस्थापक कोषाध्यक्ष
  3. श्री खिमकुमारी देवी - शिक्षिका
  4. श्री लेठबहादुर खाँण - संस्थापक सदस्य
  5. श्री घनलाल उपाध्याय - संस्थापक सदस्य
  6. श्री देवबहादुर खाँण - संस्थापक सदस्य
  7. श्री दानबहादुर खाँण - संस्थापक सदस्य
  8. श्री नरेश्वर ढुंगाना - स.सचिव/प्र.अ.
माध्यमिक तह सञ्चालनार्थ संस्थापक सदस्यहरू

माध्यमिक तह सञ्चालनार्थ संस्थापक सदस्यहरू

माध्यमिक तह सञ्चालनार्थ संस्थापक सदस्यहरू (Founding Members of Secondary Level Education)
माध्यमिक तह सञ्चालनार्थ संस्थापक सदस्यहरू
यस श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर (साविक मल्याङ्कोट-२), स्याङ्जामा माध्यमिक तह सञ्चालनार्थ संस्थापक सदस्यहरूहरुको नामवलीहरु यसप्रकार रहेका छन । (alert-success)

  1. स्व. श्री तेजबहादुर खाँण सहयोग रु. १७०५०१/-
  2. श्री समरबहादुर शाही सहयोग रु. ५११५१/-
  3. श्री रमण थापा सहयोग रु. ५००००/-
  4. श्री देवबहादुर खाँण सहयोग रु. ५००००/-
  5. श्री नन्दकुमारी खाँण सहयोग रु. ३५१००/-
  6. श्री टिकाबहादुर थापा सहयोग रु. २६०००/-
  7. श्री भवानीदेवी मल्ल सहयोग रु. २१०००/-
  8. क्या. श्री घनबहादुर मल्ल सहयोग रु. २०१०१/-
  9. क्या. श्री टंकबहादुर खाँण सहयोग रु. २०००५/-
  10. श्री ताराबहादुर मल्ल सहयोग रु. १८००५/-
  11. श्री लेसबहादुर खाँण सहयोग रु. १६६६६/-
  12. श्री चक्रदेवी आमा समूह सहयोग रु. १६०००/-
  13. श्री टंकप्रसाद अर्याल सहयोग रु. १५७०७/-
  14. श्री ठगबहादुर थापा सहयोग रु. १५५५/-
  15. श्री रनबहादुर खाँण सहयोग रु. १५५००/-
  16. श्री शिवराज मल्ल सहयोग रु. १५४६०/-
  17. श्री गणेश खाँण शाही सहयोग रु. १५४६०/-
  18. श्री प्रेमबहादुर सिंह सहयोग रु. १५४६०/-
  19. श्री नोमबहादुर गुरुङ सहयोग रु. १५४६०/-
  20. श्री लिलबहादुर गुरुङ सहयोग रू. १५४६०/-
  21. श्री पूर्णबहादुर गुरुङ सहयोग रु. १५४६०/-
  22. श्री युवराज गुरुङ सहयोग रु. १५५६०/-
  23. श्री जगन्नाथ अर्याल सहयोग रु. १५१५१/-
  24. श्री पशुपति पौडेल सहयोग रु. १५१४१/-
  25. श्री कृष्ण आमा समूह सहयोग रु. १५१५१/-
  26. श्री मदनबहादुर थापा सहयोग रु. १५१११/-
  27. स्व. श्री कृष्ण गिरी सहयोग रु. १५१११/-
  28. श्री भलबहादुर खाँण सहयोग रु. १५१०५/-
  29. स्व. श्री धनबहादुर मल्ल सहयोग रु. १५१०१/-
  30. श्री बमबहादुर सिंह सहयोग रु. १५१०१/-
  31. श्री प्रदिपकुमार सिंह सहयोग रू. १५१०१/-
  32. श्री तालबहादुर खाँण सहयोग रु. १५१००/-
  33. श्री चित्रबहादुर खाँण सहयोग रु. १५०५०/-
  34. श्री धनकुमारी मल्ल सहयोग रु. १५००५/-
  35. श्री चेत्रबहादुर खाँण सहयोग रू. १५००५/-
  36. सु. श्री भीमबहादुर खाँण सहयोग रु. १५००१/-
  37. श्री भीमबहादुर खाँण सहयोग रु. १५००१/-
  38. श्री दिनेश खाँण सहयोग रु. १५००१/-
  39. श्री शिव खाँण सहयोग रु. १५००१/-
  40. श्री भक्तबहादुर मल्ल सहयोग रु. १५००१/-
  41. श्री तीनकन्या आमा समूह सहयोग रु. १५००१/-
  42. स्व. बुद्धमल्लकी पत्नी सहयोग रु. १५००१/-
  43. श्री घनबहादुर सिंह सहयोग रु. १५००१/-
  44. श्री ओडङ्का सा.वन सहयोग रू. १५००१/-

खड्गकाली मा.वि. मा नयाँ बर्षको दिन सार्वजनिक बिदा हुँदै


प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर स्याङ्जामा मिति २०७८ वैशाख १ गते नयाँ बर्षको अवसरमा सार्वजनिक बिदा हुने भएकाले सम्पूर्ण पठनपाठन र कार्यलयिय कामकाजहरु सञ्चालन नहुने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।
पुनश्च: नयाँ बर्ष २०७८ सालको पावन अवसरमा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकहरुमा सुख, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
प्रधानाध्यापक
तथा
श्री खड्गकाली मा. वि. परिवार

3/29/2021

२०७७ चेैत्र १७ देखि चेैत्र २० गतेसम्मको लागि सार्वजनिक विदा हुँदै

२०७७ चेैत्र १७ देखि चेैत्र २० गतेसम्मको लागि सार्वजनिक विदा हुँदै

२०७७ चेैत्र १७ देखि चेैत्र २० गतेसम्मको लागि सार्वजनिक विदा
प्रस्तुत विषयमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र चापाकोट नगरपालिकाको मिति २०७७ चैत्र १६ गतेको विज्ञप्तिमा वर्तमान अवस्थामा वायुमण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने गम्भिर असरलाई दृष्टिगत गरी सम्पूर्ण शिक्षण संस्थाहरु २०७७/१२/१७ गतेदेखि २०७७/१२/२० गतेसम्म विदा दिने निर्णय भएकाले यस खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा पनि सोही निर्णयको आधारमा यहिँ चैत्र २० गतेसम्मका लागि पठनपाठनको सम्पूर्ण गतिविधिहरु स्थगित गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।

पूनश्चः अभिभावक वर्गहरुले आफ्ना नानीबाबुहरुलाई घरभित्रै रहने वातावरण मिलाई दिनुहुन समेत अनुरोध गरिन्छ ।

3/22/2021

हार्दिक श्रद्वाञ्जली - श्री चित्र बहादुर शाही

हार्दिक श्रद्वाञ्जली - श्री चित्र बहादुर शाही

हार्दिक श्रद्वाञ्जली - श्री चित्र बहादुर शाही
यस विद्यालयका संस्थापक सदस्य श्री चित्र बहादुर शाही (खाँण) को ८४ वर्षको उमेरमा असमाहिक  निधन भएका कारण उहाँको आत्माको चिर शान्तीको कामना कामना सहिद भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारहरुमा भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
स्याङ्जा जिल्ला चापाकोट-४ घुर्लिचौर (हाल यु.के) निवासी श्री चित्र बहादुर शाही (खाँण) को ८४ वर्षको उमेरमा मिति २०७७/११/१३ गते निधन हुनुभयो भने अन्त्यष्टि २०७७/१२/७ गते यु.के. मा नै सम्पन्न भयो । उहाँको निधनले विद्यालय एवम् समाजले एउटा अथक विकासप्रेमी व्यक्तित्व गुमाउनु परेको पिडाको कारण विद्यालय परिवार स्तब्ध भएको छ । उहाँ यस श्री खड्गकाली मा.वि.को संस्थापक सदस्य हुनुहुन्छ । 
२०५३ सालमा गोर्खा वेल्फेयर स्किम (GWS) बाट स्पन्सरको भूमिकामा रु १४ लाखको दुम्सिखोला देखि घुर्लिचौर खानेपानी योजना सम्पन्न गर्नु भै १०० घरधुरी र लगभग ४०० जना विद्यार्थीहरुलाई पिउने पानीको सुविधा प्राप्त भएको र हालसम्म सोही योजनाको पिउने पानी उपलब्ध भैराखेको छ। त्यस्तै  सोही संस्था GWS बाट २०६२ सालमा विद्यालय पक्की भवनको लागि रु ९५,०००/- लगायत फर्निचर मर्मतको योजना ल्याउनु भएको थियो । यस विद्यालयमा २०६१ मा शिक्षक अभिभावक संघको सदस्य, २०६३ मा विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा रहेर विद्यालयको सेवा गर्नुभएको थियो । 
साथै, वडा सदस्य र २ कार्यकाल वडा अध्यक्षको रुपमा जन निर्वाचित प्रतिनिधिको रुपमा काम गर्नुभयो । यस विद्यालयमा उहाँको  परिवारजनबाट आर्थिक सहयोग प्राप्त भै छोराहरू श्री गणेश शाही र श्री दिपेन्द्रध्वज शाही मा.वि. संस्थापक सदस्य, श्री सुरेन्द्र शाही र बुहारी श्री सुकुम शाही कर्मठ आजीवन सदस्य, छोरी श्री भगवती शाही आजीवन सदस्य हुनुहुन्छ । हाल उहाँको १ श्रीमति, ४ छोरा/४ बुहारी, २ छोरी/२ ज्वाई, ६ नाति/२ नाति बुहारी, ९नातिनी/१ नातिनी ज्वाइँ, ५ पनाति, ६ पनातिनीहरू हुनुहुन्छ । 
यस विद्यालयप्रति भएको अमूल्य योगदानको उच्च सम्मानकासाथ आज उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै चिरशान्तिको कामनासहित विद्यालयमा शोक मनाईयो । अन्तमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै ईश्वरले धैर्यधारण गर्ने शक्ति  प्रदान गरून् भन्ने कामना गर्दछौ ।
श्री खड्गकाली मा.वि.परिवार चापाकोट -४ स्याङ्जा
अपडेट
लोडिङ हुँदै छ...