3/04/2021

५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको केही तस्बिरहरु

५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको केही तस्बिरहरु


श्री खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०७७ फागुन २० गते ५७ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमका केही तस्बिरहरु ।

खड्गकाली माविमा ५७ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न

खड्गकाली माविमा ५७ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न

श्री खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०७७ फागुन २० गते ५७ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सभ्य र भव्यताकासाथ सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि चापाकोट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्री विक्रम बहादुर सारु रहनुभएको थियो । विशिष्ट अतिथिमा चापाकोट नगरपालिका सल्लाहकार समितिका सदस्यहरु रहनुभएको थियो भने आमन्त्रीत अतिथिहरुमा भु.पु. वि.ब्य.स. अध्यक्षहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, विद्यालय संस्थापक, सल्लाहकार, अक्षयकोषदाता, राजनितीक दलका पदाधिकारी, आमा समूह, टोल शिक्षा समितिका सदस्य एवम् युवाक्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो । समारोहमा वाल क्लव, रेडक्रस लगायत अन्य विभिन्न संघ संस्थाका व्याक्तित्व, विद्यार्थी, अभिभावक र अन्य अतिथिहरुको समेत बेजोड उपस्थित रहेको थियो ।
कार्यक्रममा शिक्षक प्रतिनिधि संगिता पौडेलद्वारा स्वागत मनतव्य व्यक्त भयो । विद्यार्थी प्रतिनिधिको रुपमा कक्षा ८ की छात्रा सन्ध्या अर्याल र कक्षा ९ को छात्र शुसान्त खाणले मनतव्य व्यक्त गरे । विद्यालयमा विद्यार्थीको शैक्षिक उन्नयनको लागि अभिभावकहरु बारम्बार विद्यालय धाइरहनुपर्ने र आफ्ना सन्तानको शैक्षिक तथा चारित्रिक आचारण बुझेर निदानात्मक सुधार गर्नुपर्ने कुरा व्यक्त गर्दै शिक्षिका भिमा चापागाईले आफ्नो मनतव्य व्यक्त गर्नुभयो । त्यसैगरी शिक्षक, विद्यार्थी र अभिभावहरु बिचको त्रिकोणात्मक सम्बन्धको व्याख्या गर्दै विद्यार्थीको शैक्षिक गुणस्तर वृद्विमा शिक्षक, विद्यार्थी, व्यवस्थापन पक्ष र अभिभावक लगायत समग्र पक्षको जिम्मेवारीबारे आफ्नो धारणा सहित शिक्षक राजेन्द्र बहादुर खाँणले मन्तव्य व्यक्त गर्नुभयो । शिक्षक गोकर्ण जिसीले विद्यार्थी जीवनमा मेहनत र परिश्रमको आवश्यकता माथी प्रकाश पार्दै समग्र विद्यार्थी र अभिभावकहरुलाई सजग पार्दै मनतव्य दिनुभयो । विद्यार्थीहरुलाई अनुशासनको महत्त्व दर्शाउँदै विद्यार्थीहरुको आचरण विकासको निम्ति परिवारको अहम भूमिकालाई प्रस्ट्याउँदै शिक्षक जगदीश प्रसाद यादवले समेत आफ्नो मनतव्य प्रस्तुत गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापकले आ.व. २०७६/२०७७ को सरकारी तथा निजी स्रोतको आय व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो । उहाँले विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा अतुलनीय योगदान पुर्‍याउनुभएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, नगरपालिका, दाताहरु र समग्र पक्षहरुलाई सहयोग र सद्भावप्रती आभार प्रकट गर्दै आगामी शैक्षिक सत्रको निम्ति संक्षिप्त बजेट प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहनुभएको भू.पू. वि.व्य.स.हरु खिम बहादुर खाण, टंक प्रसाद अर्याल र सम्मर बहादुर खाँणले पनि विद्यालयलाई आजको अवस्थामा ल्याउन गर्नुपरेको सङ्घर्षको बारेमा बताउँदै यसलाई अझ प्रगतिको दिशामा लम्काउन आफूहरु सदा तत्पर रहेको जानकारी दिँदै ५७ औं वार्षिकोत्सव मनाउन सफल भएकोमा समग्र विद्यालय परिवारलाई बधाई दिँदै आगामी दिनहरुमा पनि सफलताको  कामना गर्नुभयो । एवम् रितले अन्य आमन्त्रित अतिथिहरुद्वारा पनि मन्तव्य व्यक्त भयो ।
वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा माध्यमिक शिक्षा परीक्षा (SEE) २०७६ मा उत्कृष्ट अंक ल्याई उतिर्ण भएकोले मनिस पंगेनी र इनमाया गुरुङलाई विद्यालयको अक्षयकोषबाट नगद रु. पाँच हजार र प्रमाणपत्र तथा आधारभूत तह परीक्षा (BLE) २०७६ मा उत्कृष्ट अंक प्राप्त गरि उतिर्ण भएको सुबास बहादुर पौडेल र बार्षिक परीक्षा २०७६ मा विद्यालय सर्वोत्कृष्ट अंक सहिद प्रथम हुन सफल भएको सदिक्षा कुँवरलाई पनि नगद रु. तीन/तीन हजार र प्रमाणपत्र सहित सम्मान गरियो । त्यसैगरी, वार्षिक परीक्षा २०७६ मा विभिन्न श्रेणीमा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरु, अनुशासन, अधिकतम हाजिरी र सरसफाइ जस्ता विधाका सम्पूर्ण पुरस्कार वितरण गरियो । यस बाहेक अर्धबार्षिक परीक्षा २०७७ को नतिजा प्रकाशित गरी विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई र अतिरिक्त कृयाकलापमा विजयी खेलाडी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो । कार्यक्रममा गरिव तथा जेहेन्दार २० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरियो । कार्यक्रममा विद्यार्थीहरु र अन्य व्याक्तित्वहरुबाट गजल बाचन, गायन तथा नृत्य जस्ता बेजोड सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत भयो ।
खड्गकाली माविको यस बर्षको उत्कृष्ट विद्यार्थी (Student of the year) कक्षा १० की छात्रा प्रिया गुरुङ हुन सफल भएको छ । उनले वि.व्य.स. अध्यक्ष्यको तर्फबाट आइडल जर्सी र प्रमाणपत्र उपहार प्राप्त गरेकी छिन । यस बाहेक अध्यक्ष्य देबेन्द्र खाणले अन्य सांस्कृतिक विधामा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरुलाई समेत पुरस्कृत गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिक्रम बहादुर सारुले आफूले विद्यालयको निम्ति विगतको दिनहरुमा जिम्मेवार काम गरेको र आगामी दिनमा पनि जिम्मेवार रहिरहने प्रतिबद्धता जाहेर गर्नुभयो । ५७ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको सभापति वि.व्य.स. अध्यक्ष श्री देवेन्द्र बहादुर खाँण हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन शिक्षक श्री पशुपति पौडेल र शिब परियारद्वारा भएको थियो ।

2/23/2021

भूमिका क्षेत्री - शिक्षक

भूमिका क्षेत्री - शिक्षक

भूमिका क्षेत्री यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७७ फाल्गुन ११ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला र सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: भूमिका क्षेत्री
  • जन्म मिति: २०५७/०६/०४
  • स्थायी ठेगाना: चापाकोट-४ (भन्टाबारी) स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७६-०१२३९
  • शैक्षिक योग्यता: आई.एड. (स्वास्थ तथा जनसंख्या शिक्षा)
  • विद्यालयमा नियुक्ति मिति: २०७७ माघ १३
  • तह: प्रा.वि. (निजी)
  • सम्पर्क नं.: 9819179651
  • इमेल: bhumikakshetri254@gmail.com
शावित्रा मानन्धर - शिक्षक

शावित्रा मानन्धर - शिक्षक

शावित्रा मानन्धर यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७७ फाल्गुन ११ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: शावित्रा मानन्धर
  • जन्म मिति: 
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 
  • शैक्षिक योग्यता: एम.एड. (नेपाली)
  • विद्यालयमा नियुक्ति मिति: २०७७ फाल्गुन ११
  • तह: प्रावि (निजी)
  • सम्पर्क नं.:
  • इमेल:

2/16/2021

सरस्वती पूजा २०७७ को केही तस्बिरहरु

सरस्वती पूजा २०७७ को केही तस्बिरहरु

आज मिति २०७७ फागून ४ गते मंगलबार खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा विधिवत रुपमा सरस्वती पूजा सम्पन्न गरियो ।


1/31/2021

खड्गकाली मा.वि. मा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि. मा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा आज मिति २०७५ जेठ १८ गते शुक्रबार अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 
प्रतियोगिता अन्नपूर्ण सदन प्रथम हुन सफल भएको छ । त्यस्तै, कञ्चनजंघा सदनका द्वितीय हुन सफल भएका छन । तृतीय हुनेमा धौलागिरी सदन रहेका छन भने, माछापुच्छ्रे सदनबाट कक्षा  सान्त्वना भएका छन ।

1/26/2021

खाजाघर सञ्चालनको निम्ति बोलपत्र आह्वान सम्बन्धमा सूचना

खाजाघर सञ्चालनको निम्ति बोलपत्र आह्वान सम्बन्धमा सूचना

बोलपत्र आह्वान सम्बन्धमा विशेष सूचना ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाको विद्यालय व्यवस्थापन समितिको मिति २०७७/१०/१२ गतेको निर्णय अनुसार यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि दिवा खाजाको व्यवस्थापन गर्नुपर्ने भएकोले क्यान्टिन सञ्चालन गर्न इच्छुक व्यक्तिहरुबाट बोलपत्र (टेन्डर) आह्वान गरिएको छ ।

निवेदन पेश गर्ने अन्तिम मिति: २०७७/१०/१८ गते सम्म ।

1/04/2021

खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - २/२०७७/२०७८

खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - २/२०७७/२०७८

Teacher Wanted on Khadgakali Secondary School
आवश्यकता! आवश्यकता!! आवश्यकता!!!
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाको विद्यालय व्यवस्थापन समितिको मिति २०७७/९/२२ गतेको निर्णय अनुसार यस विद्यालयमा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ।
तपसील
१) विज्ञापन नं. : २/२०७७/२०७८
२) तह : प्रा.वि.
३) नियुत्तिको प्रकार : निजी
४) पद संख्या:१
५) शैक्षिक योग्यता : कम्तिमा +२ उत्तिर्ण (मूल विषय अंग्रेजी र माथिल्लो योग्यतालाई विशेष प्राथमिकता दिईनेछ ।)
६) तलब स्केल: विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार
७) परीक्षाको किसिम : लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
८) उमेर : १८ वर्ष पूरा भै ४० वर्ष ननाघेको
९) दरखास्त दस्तुर : रु. ५००/-
१०) दरखास्त दिने अन्तिम मिति: २०७७/१०/७
११) सम्पर्क मिति : २०७७/१०/७
१२) परीक्षा मिति : सम्पर्क मितिको दिन जानकारी हुनेछ ।

आवश्यक कागजातहरु
१) अध्यापन अनुमति प्रमाण पत्रको प्रतिलिपि
२) शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि
३) नेपाली नागरिकताको प्रमाण पत्र
५) निवेदन

सम्पर्क नंबरहरु: ९८०४१७६२८४, ९८०६५३२५००, ९८४६१२२७७७, ९८०४१५७४७०
अपडेट
लोडिङ हुँदै छ...