सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

मल्याङ्कोट र भण्टावारिमा खड्गकाली मा.वि. द्वारा टोल शिक्षा समिति गठन कार्यक्रम सम्पन्न

भण्टाबारीमा टोल शिक्षा समिति गर्दैको एक तस्बिर
मिति २०७५ साल असार २ गते (शनिवार) श्री खड्गकाली मा.वि. ले विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले अभिभावक र विद्यार्थीहरुको भेला गराई अन्तरक्रियाकासाथ भन्टावारी टोलमा श्री विष्णु थापाको अध्यक्षतामा र मल्याङ्कोट (कोट गाँउ) टोलमा श्री गुन नारायण शाल्मीको अध्यक्षतामा १७/१७ सदस्यीय टोल शिक्षा समिति गठन भएको छ । 
मल्याङ्कोटमा टोल शिक्षा समिति गठन गर्दैको एक तस्बिर
कार्यक्रममा वि.व्य.स. अध्यक्ष देवेन्द्र खाॅण, भू.पू. अध्यक्ष टंकप्रसाद अर्याल, वि. व्य. स. सदस्य नेत्रबहादुर थापा, शि.अ.सं. का अध्यक्ष तिलक खाँण, प्र.अ. लेसबहादुर खाॅण लगायत शिक्षक प्रतिनिधि गोकर्ण जिसीले टोल शिक्षा समितिको बारेमा प्रष्ट्याउनुभएको थियो ।
कार्यक्रममा सहभागी भई साथ दिनुहुनेमा धन्यवाद तथा टोल शिक्षा समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ।

0 Comments

Famous Quotes: