5/06/2024

६१ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिनमा लिइएको केही तस्बिरहरू

६१ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिनमा लिइएको केही तस्बिरहरू

खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ बैशाख २४ गते ६१ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिन सञ्चालित विभिन्न खेलकुद प्रतियोगिता तथा अतिरिक्त कृयाकलापहरुमा लिइएको तस्बिरहरू ❤️
खड्गकाली मा.वि. मा ६१ औं वार्षिकोत्सबको पहिलो दिन विभिन्न खेलकुद कार्यक्रम सञ्चालन

खड्गकाली मा.वि. मा ६१ औं वार्षिकोत्सबको पहिलो दिन विभिन्न खेलकुद कार्यक्रम सञ्चालन

खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ बैशाख २४ गते ६१ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिन विभिन्न खेलकुद प्रतियोगिता तथा अतिरिक्त कृयाकलापहरु सञ्चालन भएको छ ।
खेलकुदहरुमा अन्तर-सदनात्मक छात्र (पुरुष) भलिवल, चम्चा-गुच्छा दौड, हिसाब दौड, सम्झना खेल र भित्र-बाहिर खेल सञ्चालन भएको थियो । अन्तर-सदनात्मक छात्र भलिवल प्रतियोगितामा कञ्चनगंघा सदन प्रथम भएका छन् । द्वितीय अन्नपूर्ण सदन भएका रहेका छन् भने तृतीय र चतुर्थ हुन सफल सदनहरु क्रमशः सगरमाथा र मनास्लु रहेका छन् ।
कञ्चनजंघा सदनबाट खेलाडीहरु हर्षित सारु (टिम क्याप्टेन), निरज गुरुङ, संगम गुरुङ, बिकास गुरुङ, अस्मित सारु, कृष्णा खाँण, विवश गुरुङ र निशान खाँण रहेका थिए । अन्नपूर्ण सदनका खेलाडीहरुमा दिवान रनपाल (टिम क्याप्टेन), रोहन पुलामी, सोनाम थापा, रोशन क्षेत्री, रोहित पुलामी, दिपसन सारु, अनिस क्षेत्री र नारायण मल्ल रहेका थिए । सगरमाथा सदनबाट विवेक सारु (टिम क्याप्टेन), निश्चल बि.सी., डिम्पल गुरुङ, रिजन क्षेत्री, एलोन गुरुङ, इन्द्र बहादुर थापा, संगम बि.सी. र हिरा थापा रहेका थिए भने; मनास्लु सदनबाट बिष्णु मल्ल, सम्राट सिहं, राज मगर, टेक बहादुर गुरुङ, सुशील खाँण, लोक बहादुर थापा, दिनेश गुरुङ र सहिल सारु रहेका थिए ।
कक्षा १-५ का विद्यार्थीहरु बिच सञ्चालन भएको चम्चा गुच्छा दौड प्रतियोगितामा कक्षा ५ को छात्र प्रथम प्रशान्त रुचाल र द्वितीय कक्षा ५ को छात्र उज्ज्वल खाँण भएका छन् । त्यसैगरी, कक्षा ४-५ को हिसाब दौडमा कक्षा ५ का छात्रा संस्कृति सारू विजयी भएका छन् । कक्षा १-३ को हिसाब दौड प्रतियोगितामा कक्षा ३ का छात्रहरु सजिता कुँवर प्रथम, सुबर्ण थापा द्वितीय र डिनिशा थापा तृतीय भएका छन् ।
सम्झना खेल अन्तर्गत कक्षा ४-५ बाट अत्याधिक शब्दहरु स्मरण गरि प्रथम हुन सफल कक्षा ५ की छात्रा संस्कृति सारू र द्वितीयअप्सन सुवेदी रहेका छन् । त्यससँगै, कक्षा १-५ का विद्यार्थीहरुबिच सञ्चालन भएको भित्र बाहिर खेलमा प्रथम कक्षा ५ की छात्रा संस्कृति सारू र द्वितीय एन्जिला थापा तथा कक्षा ६-८ का विद्यार्थीहरुबाट प्रथम सालनी खाँण र द्वितीय प्रशन्न खाँण भएका छन् ।
प्रतियोगितामा बिजयी सम्पूर्ण छात्र छात्राहरुलाई भोलि ६१ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा पुरस्कृत गरिने छ ।
६१ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रममा निमन्त्रणा

६१ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रममा निमन्त्रणा

सादर निमन्त्रणा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको ६१ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको साथ निम्न मिति, समय र स्थानमा मनाईने भएकाले उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, चन्दादाता, राजनीतिक दल तथा संघ संस्थाका पदाधिकारी, पत्रकारहरु लगायत सम्पुर्ण महानुभावहरुलाई सादर निमन्त्रणा गरिन्छ । विद्यालयबाट पत्र नपाएको भएमा यसै सूचनालाई आधिकारिक मानि कार्यक्रममा उपस्थित भैदिनुहुन अनुरोध छ ।

  • मितिः २०८१ वैशाख २५ गते, मंगलबार
  • समयः ११ः०० बजे
  • स्थानः श्री खड्गकाली मा.वि. प्राङ्गण

कार्यक्रमहरु:

  • पुरस्कार वितरण कार्यक्रम
  • छात्रवृत्ति वितरण कार्यक्रम
  • सम्मान कार्यक्रम
  • खेलकुद तथा सांस्कृतिक कार्यक्रम


4/30/2024

२०८१ वैशाख १८ गते बसेको वि.व्य.स. बैठकको केही तस्बिरहरू

२०८१ वैशाख १८ गते बसेको वि.व्य.स. बैठकको केही तस्बिरहरू

आज मिति २०८१ वैशाख १८ गते मंगलबार श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा बसेको विद्यालय व्यवस्थापन समिति बैठकको केही तस्बिरहरू ❤️

अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८१ बैशाख १९ गते बुधबार (May 1) को दिन अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

4/26/2024

शैक्षिक सत्र २०८१ को विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्रीका समिति गठन कार्यक्रमको तस्बिरहरू

शैक्षिक सत्र २०८१ को विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्रीका समिति गठन कार्यक्रमको तस्बिरहरू

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८१ वैशाख १४ गते शुक्रबार निम्नानुसार विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्री समिति गठन गर्ने क्रममा लिइएको केही तस्बिरहरू ❤️

अपडेट
लोडिङ हुँदै छ...