6/10/2025

खड्गकाली मा.वि. मा ३ दिने सुन्दर लेखन प्रशिक्षण कार्यक्रममा लिइएको तस्बिरहरू

खड्गकाली मा.वि. मा ३ दिने सुन्दर लेखन प्रशिक्षण कार्यक्रममा लिइएको तस्बिरहरू

ज्याग्दी सामुदायिक सिकाइ केन्द्र, चापाकोट-४, स्याङ्जाको विशेष पहलमा राइजिङ दिप एजुकेसन हब, बुटवल–३, रुपन्देहीको प्रशिक्षकद्वारा यस श्री खड्गकाली मा.वि. मा मिति २०८२ जेठ २५,२६ र २७ गते गरि तीनदिने सुन्दर लेखन प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝🥀






















सुन्दर लेखन प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝🥀


6/08/2025

अभिभावक डिजिटल साक्षरता कार्यक्रममा सहभागी भैदिनुहुन अनुरोध

अभिभावक डिजिटल साक्षरता कार्यक्रममा सहभागी भैदिनुहुन अनुरोध

प्रस्तुत विषयमा ज्याग्दी सामूदायिक सिकाई केन्द्रको आयोजनामा मिति २०८२ जेठ २६ गते सोमबार रामन्दिर मा.वि., चापाकोट न.पा. ४, दार्सिङमा सञ्चालन हुन गइरहेको अभिभावक डिजिटल साक्षरता कार्यक्रममा यस विद्यालय सेवाक्षेत्रका सम्पूर्ण अभिभावकहरुलाई सहभागी भैदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

6/06/2025

खड्गकाली मा.वि.मा बालिका मैत्रीको आयोजनामा अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा बालिका मैत्रीको आयोजनामा अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ जेठ २३ गते शुक्रबार बालिका मैत्रीको आयोजनामा अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । 
विद्यार्थीहरुमा शुद्ध नेपाली लेखन तथा उच्चारण क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता कक्षा १-५ र कक्षा ६-१० गरी २ समूहमा तहगत रुपमा सञ्चालन भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा विद्यालयको प्रधानाध्यापक लेस बहादुर खाँण रहनुभएको थियो भने विशिष्ट अतिथिमा सहायक प्रधानाध्यापक पशुपति पौडेल र राजेन्द्र बहादुर थापा रहनुभएको थियो । त्यस्तै अन्य अतिथीहरुमा विद्यालयको सम्पूर्ण शिक्षकहरु रहनुभएको थियो ।
कक्षा १-५ तर्फ शिक्षक शिब गिरी र भूमिका थापा कार्यक्रम सहजकर्ताको रुपमा रहनुभएको थियो भने शिक्षक संगिता पौडेल निर्णायककर्ताको रुपमा रहनुभएको थियो । कक्षा ६-१० तर्फ भने विद्यालयको अतिरिक्त कृयाकलाप संयोजक 'गोकर्ण जिसी', पवन गैह्रे र अभिषेक अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभयो भने नेपाली शिक्षक दुर्गा पाण्डे निर्णायककर्ताको रुपमा रहनुभएको थियो ।
कक्षा १-५ तर्फ मनास्लु सदनका छात्रछात्राहरु प्रियाङ्का मल्ल, डोल बहादुर राना र विश्व गुरुङ प्रथम भएका छन् । द्वितीय हुने कञ्चनजंघा सदन, तृतीय माछापुच्छ्रे सदन र चतुर्थ हुनेमा अन्नपूर्ण सदन रहेका छन् । त्यस्तै, कक्षा ६-१० तर्फ मनास्लु सदनकै संगम के.सी., नोमिस्का गुरुङ, इस्मि मल्ल, नमन खाँण र विशुम खाँणले प्रथम स्थाम हासिल गर्न सफल भएका छन् । द्वितीय, तृतीय र चतुर्थ हुने सदनहरु क्रमशः कञ्चनजंघा, माछापुच्छ्रे र अन्नपूर्ण सदनहरु रहेका छन् ।
कार्यक्रममा आफ्नो मनतव्य दिँदै प्रमुख अतिथिको रुपमा रहनुभएको प्रधानाध्यापक लेस बहादुर खाँणले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा भाषिक शुद्धता ल्याउने हुनाले निरन्तर यस्ता कार्यक्रमहरु गरिहनुपर्ने अभिव्यक्ति दिनुभयो । प्रतियोगिता पश्चात् प्रथम स्थान हाँसिल गर्न सफल दुवै तहका विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत भएका छन् ।







बालिका मैत्रीका अध्यक्ष विपना विश्वकर्माको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रम बालिका मैत्रीका सचिव, अप्सरा थापाद्वारा कार्यक्रम सञ्चालन भएको थियो ।

6/03/2025

खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - १०) - वि.सं. २०८२ जेठ २० गते मंगलबार

खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - १०) - वि.सं. २०८२ जेठ २० गते मंगलबार

श्री खड्गकाली मा.वि. चापाकोट ४, घुर्लिचौर, स्याङ्जाका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुद्वारा प्रकाशित खड्गकाली भित्ते पत्रिका ।

- प्रकाशित मिति: वि.सं. २०८२/०२/२० गते मंगलबार, नेपाल संवत् ११४५ ।
अपडेट
लोडिङ हुँदै छ...