5/29/2025

महिनावारी स्वच्छता दिवसको मल्याङ्कोट स्वास्थ्य चौकीद्वारा आयोजित वतृत्वकला प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै

महिनावारी स्वच्छता दिवसको मल्याङ्कोट स्वास्थ्य चौकीद्वारा आयोजित वतृत्वकला प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै

मिति २०८२ जेठ १४ गते महिनावारी स्वच्छता दिवसको अवसरमा चापाकोट नगरपालिका वडा नं ४ को मल्याङ्कोट स्वास्थ्य चौकीद्वारा आयोजित "महिनावारी स्वास्थ र व्यवस्थापन" शिर्षकमा वडा नं ४ मा रहेका विद्यालयहरु बिच वतृत्वकला प्रतियोगिता संचालन भएको थियो । उक्त प्रतियोगितामा यस श्री खड्गकाली माध्यमिक विद्यालयबाट तीन जना छात्राहरु सहभागी हुनुभएकोमा कक्षा ९ बाट सहभागी दुबै छात्राहरु इस्मि मल्ल र परि क्षेत्रीले द्वितीय स्थान हासिल गर्न सफल हुनुभयो भने कक्षा ८ को छात्रा मेलिना हिताङ चतुर्थ हुन सफल हुनुभयो । तीनैजना छात्राहरुलाई हार्दिक बधाई तथा शुभकामना । विद्यालय परिवार आगामी दिनहरुमा यहाँहरुको उज्ज्वल भविष्यको कामना गर्दछौं।

5/25/2025

विपन्न लक्षित छात्रवृत्ति सम्बन्धमा सूचना ।

विपन्न लक्षित छात्रवृत्ति सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाको तपसिल बमोजिमको विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति परेको हुँदा सम्बन्धित विद्यार्थी र विद्यार्थीका अभिभावकहरुले विद्यार्थीको नाममा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त बैंकमा खाता खोल्नुपर्ने भएकाले बैंक खाता खोल्ने प्रयोजनको निम्ति आवश्यक कागजातसहित मिति २०८२ जेठ १४ गते विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

आवश्यक कागजातहरु

  • विद्यार्थीको जन्मदर्ता
  • विद्यार्थीको २ प्रति पासपोर्ट साइज फोटो
  • बावु र आमाको नागरिकता
  • बावु र आमाको २ प्रति पासपोर्ट साइज फोटो
  • बावु र आमाको राष्ट्रिय परिचयपत्र नंबर
  • यदि बावु र आमा नभएमा संरक्षकको नाता प्रमाणित पत्र

थप जानकारीको लागि ९८१७१०६८४७ वा ९७६४८९१३६६ मा सम्पर्क गनुहोला ।

मा.वि. गणित शिक्षक आवश्यकता - विज्ञापन नं. ५/०८१/०८२

मा.वि. गणित शिक्षक आवश्यकता - विज्ञापन नं. ५/०८१/०८२

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८२/०२/११ च.नं. १८०५ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८२/०२/११ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।

तपसिल
पद संख्या: १
पद: शिक्षक (गणित शिक्षण सहयोग अनुदान)
तह: मा.वि.
विषय: गणित
योग्यता: गणित मूल विषय भई स्नातक वा सो सरह उत्तीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलब स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु. १५००/-
परीक्षाको प्रकार: लिखित, अन्तर्वार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
दरखास्त दिने अन्तिम मिति: २०८२/०२/२५ (४ बजेभित्र)
सम्पर्क मिति: २०८२/०२/२६

पेश गर्नुपर्ने आवश्यक कागजातहरु: 

१. निवेदन । 

२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । 

३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि । 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि ।

सम्पर्क: ९८४६१८७६९२ (प्र.अ.), ९८६४९२२७७७ (स.प्र.अ.), ९८५६०४९२१३ (वि.व्य.स. अध्यक्ष)

5/22/2025

२०८१ जेठ ८ गते बिहिवार सञ्चालित स्वास्थ्य कार्यक्रममा लिइएको केही तस्बिरहरू

२०८१ जेठ ८ गते बिहिवार सञ्चालित स्वास्थ्य कार्यक्रममा लिइएको केही तस्बिरहरू

मल्याङ्कोट स्वास्थ्य चौकी चापाकोट–४ को स्वास्थ्यकर्मीहरु अन्जना धामी (अ.न.मी) र पौडेल (अ.हे.ब.) को सहजीकरणमा यस श्री खड्गकाली मा.वि.मा मिति २०८१ जेठ ८ गते बिहिवार 'एच.आई.भी. एड्स बारेमा विद्यालय स्वास्थ्य शिक्षा' तथा 'सुरक्षित मातृत्व, गर्भपतन सेवा, परिवार नियोजन र मानसिक स्वास्थ्य' सम्बन्धित कार्यक्रममा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू ।

5/18/2025

सुन्दर लेखन प्रतियोगिताको पुरस्कार वितरण तथा रेडक्रसको नब नियुक्त कार्यसमितिलाई सम्मान कार्यक्रमको तस्बिरहरू

सुन्दर लेखन प्रतियोगिताको पुरस्कार वितरण तथा रेडक्रसको नब नियुक्त कार्यसमितिलाई सम्मान कार्यक्रमको तस्बिरहरू

मिति २०८२ जेठ २ गते शुक्रबार श्री खड्गकाली मा.वि., चापाकोट-४, घुर्लिचौरमा आयोजित अन्तरसदनात्मक छात्र भलिवल प्रतियोगिता र कक्षा १-५ को सुन्दर लेखन प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको तथा रेडक्रसको नब नियुक्त कार्यसमितिलाई सम्मान गर्ने क्रममा लिइएको केही तस्बिरहरू 📸💓🌹















5/16/2025

मिति २०८२ जेठ २ गते शुक्रबार आयोजित छात्र भलिवल प्रतियोगिताको केही तस्बिरहरू

मिति २०८२ जेठ २ गते शुक्रबार आयोजित छात्र भलिवल प्रतियोगिताको केही तस्बिरहरू

मिति २०८२ जेठ २ गते शुक्रबार श्री खड्गकाली मा.वि. मा आयोजित अन्तरसदनात्मक छात्र भलिवल प्रतियोगिताको केही तस्बिरहरू 📸💓🌹
तस्बिर: शिक्षक अविषेक अधिकारी











5/11/2025

बुद्ध जयन्ती तथा उभौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

बुद्ध जयन्ती तथा उभौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८२ वैशाख २९ गते सोमबार बुद्ध जयन्ती तथा उभौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्चः वैशाख ३० गते मंगलबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।

5/09/2025

वालक्लब, रेडक्रस र वालिका मैत्री समिति गठन कार्यक्रममा लिइएको केही तस्बिरहरू

वालक्लब, रेडक्रस र वालिका मैत्री समिति गठन कार्यक्रममा लिइएको केही तस्बिरहरू


खड्गकाली मा.वि.मा आज मिति २०८२ वैशाख २६ गते शुक्रबार सदन विभाजन तथा वालक्लब, रेडक्रस र वालिका मैत्री समिति गठन सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝




















अपडेट
लोडिङ हुँदै छ...