5/06/2024
खड्गकाली मा.वि. मा ६१ औं वार्षिकोत्सबको पहिलो दिन विभिन्न खेलकुद कार्यक्रम सञ्चालन
प्रथम पटक प्रकाशित : Monday, May 06, 2024
६१ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रममा निमन्त्रणा
प्रथम पटक प्रकाशित : Monday, May 06, 2024
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको ६१ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको साथ निम्न मिति, समय र स्थानमा मनाईने भएकाले उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, चन्दादाता, राजनीतिक दल तथा संघ संस्थाका पदाधिकारी, पत्रकारहरु लगायत सम्पुर्ण महानुभावहरुलाई सादर निमन्त्रणा गरिन्छ । विद्यालयबाट पत्र नपाएको भएमा यसै सूचनालाई आधिकारिक मानि कार्यक्रममा उपस्थित भैदिनुहुन अनुरोध छ ।
- मितिः २०८१ वैशाख २५ गते, मंगलबार
 - समयः ११ः०० बजे
 - स्थानः श्री खड्गकाली मा.वि. प्राङ्गण
 
कार्यक्रमहरु:
- पुरस्कार वितरण कार्यक्रम
 - छात्रवृत्ति वितरण कार्यक्रम
 - सम्मान कार्यक्रम
 - खेलकुद तथा सांस्कृतिक कार्यक्रम
 
4/30/2024
२०८१ वैशाख १८ गते बसेको वि.व्य.स. बैठकको केही तस्बिरहरू
प्रथम पटक प्रकाशित : Tuesday, April 30, 2024
आज मिति २०८१ वैशाख १८ गते मंगलबार श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा बसेको विद्यालय व्यवस्थापन समिति बैठकको केही तस्बिरहरू ❤️
अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Tuesday, April 30, 2024
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८१ बैशाख १९ गते बुधबार (May 1) को दिन अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।







































































