2026-08-21

प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन समारोहमा लिइएको कक्षा ६ देखि १० सम्मको पुरस्कार वितरणको तस्बिरहरू

प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन समारोहमा लिइएको कक्षा ६ देखि १० सम्मको पुरस्कार वितरणको तस्बिरहरू

प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन समारोहमा विभिन्न विधागत रुपमा कक्षा ६ देखि १० सम्मको पुरस्कार वितरणको क्रममा लिइएको केही तस्बिरहरू ।

2026-06-28

खड्गकाली मा.वि. मा विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रममा लिइएको केही तस्बिरहरू

खड्गकाली मा.वि. मा विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रममा लिइएको केही तस्बिरहरू

नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले शिक्षा ऐन, २०२८ मा गरेको संशोधन बमोजिम उक्त ऐनको दफा १२ को उपदफा (१) को खण्ड (ग) मा भएको व्यवस्था खारेज भएको छ। सोही परिप्रेक्ष्यमा आज मिति २०८३ साल असार १४ गते बसेको आदरणीय अभिभावकज्यूहरूको आम भेलाद्वारा श्री खड्गकाली माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) तपसील बमोजिम सर्वसम्मत रूपमा पुनर्गठन गरिएको जानकारी गराइन्छ।
​१) अध्यक्ष: श्री राजेन्द्र बहादुर थापा (अभिभावकबाट)
​२) सदस्य: श्रीमती याम कुमारी खाँण (अभिभावकबाट)
​३) सदस्य: श्रीमती शर्मिला खाँण (अभिभावकबाट)
​४) सदस्य: श्री सूर्य बहादुर वि. क. (अभिभावकबाट)
​५) सदस्य: श्री मेख बहादुर गुरुङ (वडा प्रतिनिधि)
​६) सदस्य: श्री पशुपति पौडेल (शिक्षक प्रतिनिधि)
​७) सदस्य सचिव: श्री लेस बहादुर खाँण (प्रधानाध्यापक)
नवनिर्वाचित अध्यक्षज्यू लगायत सर्वसम्मत रूपमा चयन हुनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूमा हार्दिक बधाई ज्ञापन गर्दै यहाँहरूको कार्यकालमा विद्यालयले थप शैक्षिक उचाइ हासिल गर्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 
साथै, विद्यालयको निवर्तमान कार्यसमितिका अध्यक्ष श्री तिलक बहादुर खाँण लगायत सदस्यहरू क्रमशः श्रीमती ईन्द्रा कुमारी खाँण, श्री नेत्र बहादुर थापा, श्री केशर बहादुर खाँण र श्रीमती देवी वि.क. ले आफ्नो कार्यकालमा विद्यालयको चौतर्फी विकास र प्रगतिका लागि पुर्‍याउनुभएको अतुलनीय योगदान, निरन्तर साथ र सहयोगको उच्च सम्मान गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि यहाँहरूबाट यस्तै रचनात्मक सहयोग र मार्गनिर्देशनको अपेक्षा गर्दछौँ। 
भेलामा उपस्थित भई अमूल्य सुझाव र सहभागिता जनाउनुहुने सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू प्रति विशेष धन्यवाद प्रकट गर्दछौँ।

2026-06-26

विद्यालय व्यवस्थापन समितिको पुनर्गठन सम्बन्धमा सूचना

विद्यालय व्यवस्थापन समितिको पुनर्गठन सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, धुर्लचौर, स्याङ्जाको विद्यालय व्यवस्थापन समितिको पुनर्गठन कार्यक्रमको साथ निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा अनिवार्य उपस्थित भै दिनुहुन सादर अनुरोध गरिन्छ।

मिति: २०८३ असार १४ गते, आइतबार
समय: १२:०५ बजे
स्थान: श्री खड्गकाली मा.वि. प्राङ्गण

2026-06-25

खड्गकाली मा.वि.को प्रथम त्रैमासिक परीक्षा तथा मूल्याङ्कन २०८३ को समय तालिका

खड्गकाली मा.वि.को प्रथम त्रैमासिक परीक्षा तथा मूल्याङ्कन २०८३ को समय तालिका

First Terminal Exam 2083 Routine

Shree Khadgakali Secondary School, Chapakot-4, Syangja

s.n. Date Day Class 9-10 Class 6-8 Class 4-5 Class 1-3 Class K.G. Class Nursery
1 2083/03/11 Thursday English English English English English English
2 2083/03/12 Friday Nepali Nepali Nepali Nepali Nepali Nepali
3 2083/03/13 Saturday - - - - - -
4 2083/03/14 Sunday - - - - - -
5 2083/03/15 Monday Math Math Math Math Math Math
7 2083/03/16 Tuesday Social Social Social Serofero Science, Oral Science Oral English
8 2083/03/17 Wednesday Science Science Science Local Oral English Oral Nepali
9 2083/03/18 Thursday Opt. Math/Eco. Health Health Oral Nepali Moral Math
10 2083/03/19 Friday Education Local Local Oral Math -
अपडेट
लोडिङ हुंदै छ...