2026-02-22

कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई दिवा खाजा खुवाउने क्रममा लिइएको केही तस्बिरहरू

कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई दिवा खाजा खुवाउने क्रममा लिइएको केही तस्बिरहरू

मिति २०८२ फागून १० गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई दिवा खाजा खुवाउने क्रममा लिइएको केही तस्बिरहरू 🥀🌺🌻

2026-02-17

निबन्ध, अंग्रेजी हिज्जे र अंग्रेजी सम्झना खेलमा सहभागी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै ।

निबन्ध, अंग्रेजी हिज्जे र अंग्रेजी सम्झना खेलमा सहभागी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै ।

चापाकोट नगरपालिकाद्वारा आयोजित निबन्ध प्रतियोगिता र NELTA स्याङ्जाद्वारा आयोजित अंग्रेजी हिज्जे प्रतियोगितामा सहभागी विद्यार्थी साथैं मिति २०८२ फागुन १ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तरगत कक्षा १-५ मा आयोजित नाटक प्रतियोगिता र कक्षा ६-१० मा आयोजित अंग्रेजी सम्झना खेलमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै । 
माध्यमिक तह ल्याकत परीक्षा र आधारभूत तह ल्याकत परीक्षाको परीक्षाफल प्रकाशन कार्यक्रममा लिइएको तस्बिरहरू

माध्यमिक तह ल्याकत परीक्षा र आधारभूत तह ल्याकत परीक्षाको परीक्षाफल प्रकाशन कार्यक्रममा लिइएको तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरमा माध्यमिक तह ल्याकत परीक्षा (SEE Aptitude Exam) र आधारभूत तह ल्याकत परीक्षा (BLE Aptitude Exam) २०८२ को परीक्षाफल प्रकाशन तथा पुरस्कार र प्रगति वितरण कार्यक्रममा लिइएको केही तस्बिरहरू 💝🥀🌹
ग्याल्पो ल्होसार र प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

ग्याल्पो ल्होसार र प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८२ फाल्गुन ६ गते बुधबार ग्याल्पो ल्होसार र ७ गते बिहिबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्च: ८ गते शुक्रबार यथावत समयमा नियमित पठनपाठन हुनेछ ।

2026-02-16

माध्यमिक तह ल्याकत परीक्षा र आधारभूत तह ल्याकत परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धमा सूचना

माध्यमिक तह ल्याकत परीक्षा र आधारभूत तह ल्याकत परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरमा माध्यमिक तह ल्याकत परीक्षा (SEE Aptitude Exam) र आधारभूत तह ल्याकत परीक्षा (BLE Aptitude Exam) २०८२ को परीक्षाफल प्रकाशन तथा पुरस्कार र प्रगति वितरण निम्न मिति, समय र स्थानमा हुने भएकाले यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

मितिः २०८२ फाल्गुन ०५ मंगलबार
समयः दिउँसो १२ः१५ बजे
स्थानः खड्गकाली मा.वि. प्राङ्गण

2026-02-13

महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा मिति २०८२ फाल्गुन ३ गते आइतबार महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2026-02-11

एच.पि.भी. खोप तथा महिनावारी स्वच्छता सम्बन्धि विद्यालय स्वास्थ्य शिक्षा’ कार्यक्रममा लिइएको केही तस्बिरहरू

एच.पि.भी. खोप तथा महिनावारी स्वच्छता सम्बन्धि विद्यालय स्वास्थ्य शिक्षा’ कार्यक्रममा लिइएको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि.मा मिति २०८२ माघ २८ गते मल्याङ्कोट स्वास्थ्य चौकी चापाकोट–४, दार्सिङको हे.व. श्री दीपक सज्याल र अ.हे.ब. श्री चिरन्जीवी पौडेलको सहजीकरणमा कक्षा ६, ८ र ९ को छात्राहरुलाई ‘एच.पि.भी. खोप तथा महिनावारी स्वच्छता सम्बन्धि विद्यालय स्वास्थ्य शिक्षा’ कार्यक्रम सञ्चालन भयो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝

2026-01-26

खड्गकाली मा.वि.को शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया कार्यक्रममा लिइएको तस्बिरहरू

खड्गकाली मा.वि.को शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया कार्यक्रममा लिइएको तस्बिरहरू

आज मिति २०८२ माघ १२ गते खड्गकाली मा.वि.को शिक्षक, विद्यार्थी र अभिभावकहरुबिच शिक्षण सिकाइ सुधारको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 💝

अपडेट
लोडिङ हुंदै छ...