आज मिति २०८२ जेठ १६ गते शुक्रबार यस श्री खड्गकाली मा.वि.मा अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता बाल क्लबद्वारा सन्चालन भएको थियो । कक्षा १ देखि ५ सम्मको एउटा चरण र ६ देखि १० सम्म दोस्रो चरण गरि दुई समुहमा सदनात्मक रुपमा सन्चालन भएको थियो । जसमा कक्षा १ देखि ५ सम्म प्रथम हुने मनास्लु सदन (प्रीयाङ्का मल्ल, विक्रम वि.क., डोल बहादुर सारु र विश्व गुरुङ), द्वितीय माछापुच्छ्रे सदन (रोशनी खाँण, शिव थापा, बबिन गुरुङ र रिदम गुरुङ) र तृतीय कञ्चनजङ्घा सदन भएको थियो । कक्षा ६ देखि १० सम्ममा प्रथम मनास्लु सदन (नोमिस्का गुरुङ, संगम के.सि., बिसुम खांण र नमन खाँण), द्वितीय कञ्चनजङ्घा सदन (दिवन रनपाल, परि क्षेत्री, अंजल कुंवर र निश्चल वि.सि.) र तृतीय अन्नपूर्ण सदन भएको थियो । उहाँहरु सबैलाई हार्दिक बधाई तथा शुभकामना । साथै विजयी सदनका सम्पूर्ण भाइबहिनीलाई कार्यक्रमका प्रमुख अथिती तथा विशिष्ट अतिथि ज्युले टीका तथा पुरस्कार वितरण पनि गर्नु भएको थियो ।