5/09/2025

६२ औं विद्यालय वार्षिकोत्सबमा सम्मानित हुनुभएको शिक्षकहरु पवन गैह्रे र शान्ती गुरुङ

६२ औं विद्यालय वार्षिकोत्सबमा सम्मानित हुनुभएको शिक्षकहरु पवन गैह्रे र शान्ती गुरुङ

श्री खड्गकाली मा.वि.को ६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा विद्यालयको शिक्षकहरु पवन गैह्रे र शान्ती गुरुङ सम्मानित हुनुभएकोमा हार्दिक बधाई 🎉🥀🏵️

5/08/2025

६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा लिइएको वर्तमान शिक्षक-कर्मचारीहरुको सामूहिक तस्बिर

६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा लिइएको वर्तमान शिक्षक-कर्मचारीहरुको सामूहिक तस्बिर

श्री खड्गकाली मा.वि.को ६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा लिइएको वर्तमान शिक्षक-कर्मचारीहरुको सामूहिक तस्बिर ❤️🥀💝












5/07/2025

६२ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम निमन्त्रणा

६२ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम निमन्त्रणा

जो जससंग सम्बन्ध राख्दछ,

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट—४, घुर्लिचौर, स्याङ्जाको ६२ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको साथ निम्न मिति, समय र स्थानमा मनाईने भएकाले उक्त कार्यक्रममा गरिमामय अतिथिको रुपमा उपस्थितिको लागि सादर निमन्त्रणा गरिन्छ  ।

  • मितिः २०८२ वैशाख २५ गते, विहिबार
  • समयः ११ः०० बजे
  • स्थानः श्री खड्गकाली मा.वि. प्राङ्गण

कार्यक्रमहरु:

  • पुरस्कार वितरण कार्यक्रम
  • छात्रवृत्ति वितरण कार्यक्रम
  • सम्मान कार्यक्रम
  • खेलकुद तथा सांस्कृतिक कार्यक्रम


5/06/2025

शिक्षक अभिषेक अधिकारी प्रतिमा मुराव स्वागत गरिँदै

शिक्षक अभिषेक अधिकारी प्रतिमा मुराव स्वागत गरिँदै

खड्गकाली मा.वि. मा शिक्षक सेवा आयोगबाट प्राथमिक तह तृतीय श्रेणीमा स्थायी सिफारिस भएर आउनुभएको शिक्षक प्रतिमा मुराव र विज्ञान विषयको माध्यमिक तह संघीय अनुदान शिक्षकको रुपमा नियुक्ति भई आउनुभएको शिक्षक अभिषेक अधिकारीलाई स्वागत गरिँदै ।



























5/05/2025

शैक्षिक सत्र २०८२ को पहिलो औपचारिक पठनपाठन भएको पहिलो दिनको तस्बिरहरू

शैक्षिक सत्र २०८२ को पहिलो औपचारिक पठनपाठन भएको पहिलो दिनको तस्बिरहरू

आज शैक्षिक सत्र २०८२ को पहिलो औपचारिक पठनपाठन भएको पहिलो दिन 🥀 श्री खड्गकाली माता र सरस्वती माताले सम्पूर्ण विद्यार्थीहरूलाई ज्ञानको दिव्य प्रकाश छरिरहुन् 💝💝💝


5/01/2025

नयाँ शैक्षिक सत्र २०८२ को नयाँ भर्ना सम्बन्धमा सूचना

नयाँ शैक्षिक सत्र २०८२ को नयाँ भर्ना सम्बन्धमा सूचना

विगत ६२ वर्ष देखि विशुद्ध शैक्षिक विकासमा समर्पित र स्याङ्जा जिल्लाको शैक्षिक इतिहासमा गुणस्तरीय शिक्षाको छवि प्रदान गर्न सफल साथै विगतका माध्यमिक तह परीक्षा (SEE) र आधारभूत तह परीक्षा (BLE) मा उत्कृष्ट नतिजासमेत दिइसकेका यस श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, व्यवहारिक तथा निःशुल्क एवम् सर्वसुलभ शिक्षाको लागि सुरक्षित तथा आकर्षक विद्यालय भवन, खेलकुद, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर तथा आइसिटी, पर्याप्त शैक्षिक सामाग्री लगायत आधुनिक प्रविधिले सज्जित भौतिक पूर्वाधार तथा सुविधाहरूमा व्यापक लगानी गर्दै नयाँ शैक्षिक सत्र २०८२ को "सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता" भन्ने मूल नाराका साथ लागि मिति २०८२ वैशाख १८ गतेबाट कक्षा नर्सरीदेखि कक्षा १० सम्म भर्ना खुलेको कुरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सहर्ष जानकारी गराउँछौं ।
कक्षा नर्सरीदेखि कक्षा ५ सम्म निःशुल्क अंग्रेजी माध्यमबाट पठनपाठन हुने र अन्य कक्षाहरूमा सर्वसुलभ अतिरिक्त कक्षा लगायत प्रविधि उन्मुख गुणस्तरीय शिक्षामा समर्पित यस विद्यालयमा समयमै आफ्ना नानीबाबुहरुलाई भर्ना गराई निःशुल्क पाठ्यपुस्तक लिन आउनुहोला ।

हाम्रा विशेषताहरु

  • आधुनिक युग सुहाउँदो शिक्षण पद्दतिहरुको पूर्ण अवलम्बन गरिने ।
  • कम्प्युटर, स्मार्ट बोर्ड, मल्टिमिडिया प्रोजेक्टर, विद्यालयले विकास गरेको शैक्षिक पोर्टल र मोबाइल एप तथा आधुनिक आइसिटी प्रविधिको माध्यमबाट पठन-पाठन गराइने ।
  • स्वच्छ र आरामदायी बालमैत्री कक्षाकोठा, खानेपानी र शौचालयहरूको व्यवस्था ।
  • जीवनोपयोगी शिक्षामा विशेष जोड दिइ बाल मनोविज्ञान तथा आधुनिक शिक्षण पद्दतिहरुको अवलम्बन र योग्य तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने ।
  • विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्वि गर्न नियमित परीक्षा तथा उपलब्धी मापनको विविध अवधारणाहरू आत्मसाथ गरिने ।
  • हरेक शुक्रबार चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर तथा विद्यालयको वार्षिक कार्यपात्राको आधारमा अतिरिक्त कृयाकलाप सञ्चालन गरिने ।
  • विद्यार्थीहरुको सामाजिक भावनाको विकास, नेतृत्व कला तथा हक हितको उठानको निम्ति बालिका मैत्री समिति, वाल क्लव, रेडक्रस तथा अन्य संगठनहरुको गठन गरि विविध कार्यक्रमहरु सञ्चालन गरिने ।
  • गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षय कोषद्वारा छात्रावृत्ति प्रदान गरिने ।
  • नगर स्तरिय तथा माध्यमिक शिक्षा परिक्षा (SEE), आधारभूत तह परीक्षा (BLE) र विद्यालय उत्कृष्ट नतिजा ल्याउनेलाई विद्यालयद्वारा पुरस्कृत गरिने ।
  • आधारभूत तह (कक्षा ५) सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयकै चमेना गृहमा पोसिलो दिवा खाजाको व्यवस्था हुने ।
  • शिक्षक, विद्यार्थी र अभिभावकहरु बिच त्रिकोणात्मक सम्बन्ध स्थापना गर्न समयसमयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहने ।
  • अतिरिक्त कक्षा (टिउसन तथा कोचिङ) को व्यवस्था र कुनै पनि पिरियड खाली नहुने गरि खाली पिरियड व्यवस्थापन गरिने ।
  • निरन्तर विद्यार्थी सुरक्षा तथा निगरानीको निम्ति विद्यालयको सम्पूर्ण हाताभित्र २४ सै घण्टा सेक्युरिटी क्यामेराको व्यवस्था गरिएको ।
पुनश्च: भर्ना हुन आउँदा हरेक विद्यार्थीहरुले पुरानो पाठ्यपुस्तकको साथमा अभिभावक अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ र विद्यार्थी आचार संहिता फारम भरेपछि मात्र भर्ना गरिनेछ । सम्भव भएसम्म जन्मदर्ता लिएर आउनुहोला । भर्ना पश्चात सम्पूर्ण विद्यार्थीहरुलाई निःशुल्क नयाँ पाठ्यपुस्तक वितरण गरिने छ ।
  • विद्यार्थी विद्यार्थी आचार संहिता फारम यहाँबाट डाउनलोड गर्नुहोस् - Download
  • अनलाइन भर्ना फारम - Online Admission

4/14/2025

नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश (Happy New Year 2082)

नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश (Happy New Year 2082)

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा यस विद्यालयको
शैक्षिक उन्नयनमा प्रत्यक्ष वा परोक्ष रुपमा भूमिका खेल्नुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी महानुभावहरू, विद्यार्थी, शिक्षक एवम् अभिभावक ज्यूहरूलाई सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

प्र.अ. तथा विद्यालय परिवार
अपडेट
लोडिङ हुँदै छ...