3/09/2025

खड्गकाली मा.वि.मा कक्षा ९ द्वारा आयोजित कक्षा १० लाई फेरि भेटौंला तथा शुभकामना कार्यक्रममा लिइएको केही तस्बिरहरू

खड्गकाली मा.वि.मा कक्षा ९ द्वारा आयोजित कक्षा १० लाई फेरि भेटौंला तथा शुभकामना कार्यक्रममा लिइएको केही तस्बिरहरू

आज मिति २०८१ फागुन २६ गते सोमबार यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुद्वारा कक्षा १० (SEE 2081 Batch) लाई फेेरि भेटौंला तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा लिइएको तस्बिरहरू 💝💞❣️

3/07/2025

शुक्रबारे प्रतिभा प्रस्फुटन कार्यक्रममा वक्तव्य दिँदै कक्षा ७ की छात्रा मेलिना हिताङ

शुक्रबारे प्रतिभा प्रस्फुटन कार्यक्रममा वक्तव्य दिँदै कक्षा ७ की छात्रा मेलिना हिताङ

आज मिति २०८१ फागुन २३ गते शुक्रबारे विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम अन्तर्गत प्राथना समयमा कक्षा ७ की छात्रा मेलिना हिताङले बुवाको सन्तान र परिवार प्रतिको त्याग र समर्पणको बारेमा आफ्नो वक्तव्य दिँदै ।

3/02/2025

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (चौथो पटक)

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (चौथो पटक)

श्री सम्बन्धित सबैमा,

विषय: विज्ञापन सम्बन्धमा (चौथो पटक) ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८१/१०/२४, च.नं. १०४४ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/१०/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा मिति २०८१/११/१८ गते  चौथो पटक विज्ञापन प्रकाशित भएकोले तपसील बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील 

विज्ञापन नं.: ४/०८१/०८२

पद संख्या: १

पद: शिक्षक (संघिय शिक्षण सहयोग अनुदान)

तह.: मा.वि.

विषय.: विज्ञान

योग्यता: विएस्सी वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८१/११/२५ (४ बजेभित्र)

सम्पर्क मिति: २०८१/११/२५ 

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क

        ९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष) 

अपडेट
लोडिङ हुँदै छ...