2024-09-02

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन सम्बन्धमा सूचना

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन सम्बन्धमा सूचना

श्री सरोकारवाला सबैमा,

विषय (Sub): उपस्थित हुने बारे ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जाको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन निम्न मिति, समय र स्थानमा हुन गइरहेकोले विद्यालय संस्थापक, पूर्व वि.व्य.स. पदाधिकारी, सल्लाहकार,  चन्दादाता, शि.अ.सं., राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, पत्रकार तथा अभिभावकहरुलाई गरिमामय उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मिति: २०८१ भाद्र १८ गते मंगलबार
समय: ११ः०० बजे
स्थान: खड्गकाली मा.वि. प्राङ्गण

पुनश्च: सम्पूर्ण महानुभावहरुलाई विद्यालयले पत्र पठाइसकेको छ । यदि कुनै कारणस पत्र नपाएमा यहीँ सूचनालाई आधिकारिक मानेर उपस्थित भइदिनुहुन अनुरोध छ । 

2024-08-29

कक्षा १-३ का विद्यार्थी र अभिभावकहरुलाई नयाँ मूल्याङ्कन कार्यविधिको बारेमा प्रवोधिकरण कार्यक्रममा लिइएको तस्बिरहरू

कक्षा १-३ का विद्यार्थी र अभिभावकहरुलाई नयाँ मूल्याङ्कन कार्यविधिको बारेमा प्रवोधिकरण कार्यक्रममा लिइएको तस्बिरहरू

आज मिति २०८१ भाद्र १३ गते खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा अध्यनरत कक्षा १-३ का विद्यार्थी र अभिभावकलाई निरन्तर विद्यार्थी मूल्याङ्कन तथा नयाँ मूल्याङ्कन कार्यविधिको बारेमा स्पस्ट धारणा दिन प्र.अ. लेस बहादुर खाँण, शिक्षक शिव गिरी लगायत अन्य कक्षा शिक्षकहरुको सहजीकरणमा मूल्याङ्कन प्रवोधिकरण कार्यक्रम सञ्चालन भएको छ ।

नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ प्रकाशित नामावली

नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ प्रकाशित नामावली

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ (घुर्लिचौर), स्याङ्जामा मिति २०८१ भाद्र १३ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठको निर्णय बमोजिम नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ तपसिल अनुसारको अभिभावकहरुको नामावली प्रकाशित गरिएको छ । प्रकाशित नामावली उपर कुनै संशोधन आवश्यक देखिएमा सूचना प्रकाशित मिति देखि ३ दिन भित्रमा आवश्यक प्रमाणसहित निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।

2024-08-28

खड्गकाली मा.वि. स्टाफ तिज शुभकामना आदनप्रदान तथा दर खाने कार्यक्रम २०८१ को केही तस्बिरहरू

खड्गकाली मा.वि. स्टाफ तिज शुभकामना आदनप्रदान तथा दर खाने कार्यक्रम २०८१ को केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, (घुर्लिचौर) स्याङ्जामा मिति २०८१ भाद्र ११ गते मंगलबार विद्यालय स्टाफ दर खाने कार्यक्रम तथा तिज शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको केही तस्बिरहरू ❣️

2024-08-25

श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ भाद्र १० गते सोमबार श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्च: ११ गते मंगलबार यथावत समयमा नियमित परीक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ । 

2024-08-20

प्रथम त्रैमासिक परीक्षा २०८१ को कक्षा नर्सरी र के.जी.को समयतालिका

प्रथम त्रैमासिक परीक्षा २०८१ को कक्षा नर्सरी र के.जी.को समयतालिका

प्रथम त्रैमासिक परीक्षा २०८१ को कक्षा नर्सरी र के.जी.को समयतालिका यसप्रकार रहेको छ ।

2024-08-19

कक्षा ८ मा अध्ययनरत छात्रा इस्मी मल्लले रक्षा बन्धनको सौगतस्वरुप विद्यार्थी उत्थानको निम्ति जुनियर रेडक्रस सर्कल कोषमा सहयोग

कक्षा ८ मा अध्ययनरत छात्रा इस्मी मल्लले रक्षा बन्धनको सौगतस्वरुप विद्यार्थी उत्थानको निम्ति जुनियर रेडक्रस सर्कल कोषमा सहयोग

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर स्याङ्जाको कक्षा ८ मा अध्ययनरत छात्रा इस्मी मल्ल (चापाकोट-४, सर्बेडाँडा) ले जनैपूणिर्मा तथा रक्षा बन्धनको सौगतस्वरुप विद्यार्थी उत्थानको निम्ति यस श्री खड्गकाली मा.वि. जुनियर रेडक्रस सर्कल कोषमा जम्मा गर्नको लागि रु. १५०/- प्रदान गर्नुभएको छ । उहाँको सु-स्वास्थ्य र दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।

- श्री खड्गकाली मा.वि. परिवार

2024-08-18

डेङ्गु नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रममा लिइएको केही तस्बिरहरू

डेङ्गु नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रममा लिइएको केही तस्बिरहरू

आज मिति २०८१ भाद्र २ गते आइतबार श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा डेङ्गु रोग परीक्षण तथा रोग नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम चापाकोट नगरपालिका स्वास्थ शाखा र मल्याङ्कोट स्वास्थ्य चौकी, चापाकोट वडा नं. ४ का स्वास्थ्यकर्मीहरुको सहजीकरणमा सफलतापूर्वक सम्पन्न भयो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू ❣️
अपडेट
लोडिङ हुंदै छ...