8/22/2025

खड्गकाली माविमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

खड्गकाली माविमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट न.पा. ४, घुर्लिचौैर, स्याङ्जामा २०८२ भाद्र ०६ गते शुक्रबार रेडक्रसको आयोजनामा शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत तीज गीत र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा कक्षा १-५ मा खुल्ला तीज नृत्य र कक्षा ६-१० मा अन्तरसदनात्मक गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापकहरू पशुपति पौडेल र राजेन्द्र बहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरू पनि अतिथिका रूपमा रहेका थिए ।
कक्षा १-५ को नृत्य विधामा शिक्षकहरू बिष्णु पौडेल, प्रतिमा मुराव र भूमिका थापा निर्णायक हुनुहुन्थ्यो । त्यसैगरी, कक्षा ६-१० को निर्णायक मण्डलमा शिव गिरी, विष्णु पौडेल र भूमिका थापा रहनुभएको थियो ।
कक्षा १-५ को नृत्य प्रतियोगितामा अन्दिपा परियार प्रथम, कृष्णा थापा र इच्छा मल्ल द्वितीय तथा अस्मिता कुँवर र प्रियङ्का मल्ल तृतीय भएका छन् । उक्त विधामा श्रेना थापाले उत्कृष्ट खुल्ला नृत्य प्रस्तुति दिएकी थिइन् ।
यसैगरी, कक्षा ६-१० को अन्तरसदनात्मक प्रतियोगितामा कञ्चनजंघा सदन प्रथम भएको छ । यस सदनबाट गायनतर्फ परी क्षेत्री, अन्जिता खाँण, अप्सना खाँण, सबिना रनपाल र नृत्यतर्फ आयुस्मा गुरुङले सहभागिता जनाएका थिए ।
द्वितीय स्थान हासिल गर्ने अन्नपूर्ण सदनका प्रतियोगीहरूमा गायनतर्फ अप्सरा थापा, बिबिशा खाँण, मेलिना हिताङ र पूजा गुरुङ तथा नृत्यतर्फ कमला बि.क. रहेका थिए ।
तृतीय भएको माछापुच्छ्रे सदनका प्रतियोगीहरूमा गायनतर्फ बिपना विश्वकर्मा, सलिना के.सी., निस्मा गुरुङ र एलिजा राना तथा नृत्यतर्फ साया गुरुङ रहेका थिए ।
त्यस्तै, सान्त्वना स्थान मनास्लु सदनले प्राप्त गरेको छ । यस सदनमा गायनतर्फ इस्मी मल्ल, नम्रता खाँण, हिमानी खाँण र सन्तोषी थापा तथा नृत्यतर्फ लोकमाया बि.क. ले सहभागिता जनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रधानाध्यापक लेस बहादुर खाँणले प्रतियोगी विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो मन्तव्य र छोटो सांस्कृतिक प्रस्तुति दिनुभयो ।
रेडक्रसका अध्यक्ष इस्मी मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घोषण रेडक्रसका सचिव रोशन क्षेत्रीले गरेका थिए । कार्यक्रम संयोजक गोकर्ण जिसीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा विजेता प्रतियोगीहरूलाई पुरस्कार वितरण गरिएको छ ।

4/26/2024

खड्गकाली मा.वि. मा नव निर्वाचित विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्रीका समितिहरू

खड्गकाली मा.वि. मा नव निर्वाचित विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्रीका समितिहरू

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा आज मिति २०८१ वैशाख १४ गते शुक्रबार निम्नानुसार विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्री समिति गठन भएको छ ।

सदनका टोली नेता/उपनेताहरू

१. कञ्चनजंघा सदन

* कक्षा ६-१० तर्फ

- नेता: एन्जिता खाँण (कक्षा १०)

- उपनेता: हर्षित सारू (कक्षा ९)

* कक्षा १-५ तर्फ

- नेता: नमन खाँण (कक्षा ५)

- उपनेता: सीमा क्षेत्री (कक्षा ४)

२. मनास्लु सदन

* कक्षा ६-१० तर्फ

- नेता: अप्सरा थापा (कक्षा ९)

- उपनेता: करिना खाँण (कक्षा १०)

* कक्षा १-५ तर्फ

- नेता: संस्कृती सारू (कक्षा ५)

- उपनेता: राहुल गिरी (कक्षा ४)

३. सगरमाथा सदन

* कक्षा ६-१० तर्फ

- नेता: आषिका खाँण (कक्षा १०)

- उपनेता: संगम के.सी. (कक्षा ९)

* कक्षा १-५ तर्फ

- नेता: सजित कुँवर (कक्षा ५)

- उपनेता: रोशनी थापा (कक्षा ४)

४. अन्नपूर्ण सदन

* कक्षा ६-१० तर्फ

- नेता: स्मृति बि.सी. (कक्षा १०)

- उपनेता: दिवान रनपाल (कक्षा ९)

* कक्षा १-५ तर्फ

- नेता: अप्सन सुवेदी (कक्षा ५)

- उपनेता: अस्मिता कुँवर (कक्षा ४)

रेडक्रसको पदाधिकारीहरू

- अध्यक्ष: पुजा गुरुङ (कक्षा ९)

- उपाध्यक्ष: एलिजा राना (कक्षा ९)

- सचिव: इस्मी मल्ल (कक्षा ८)

- उपसचिव: अस्मिता पौडेल (कक्षा ६)

- कोषाध्यक्ष: केशब खाँण (कक्षा १०)

- उपकोषाध्यक्ष: अप्सना खाँण (कक्षा ९)

- सदस्यहरु: विशुम खाँण (कक्षा ६), रिजन क्षेत्री (कक्षा ६), बिनोद खाँण (कक्षा ६), सदिक्षा कुँवर (कक्षा ६), रोशन क्षेत्री (कक्षा ९), अन्जिता खाँण (कक्षा ८), निकिता खाँण (कक्षा १०)

बालिका मैत्रीको पदाधिकारीहरू

- अध्यक्ष: स्मृति बि.सी. (कक्षा १०)

- उपाध्यक्ष: पुजा गुरुङ (कक्षा ९)

- सचिव: हिमानी खाँण (कक्षा ९)

- सलिना के.सी. (कक्षा ७)

- सदस्य: एलिजा राना (कक्षा ९), कमला बि.क. (कक्षा ७), अप्सना खाँण (कक्षा ९), कल्पना कुँवर (कक्षा ७), बिशुम खाँण (कक्षा ७), आशिका खाँण (कक्षा १०), अप्सरा थापा (कक्षा ९)

बाल क्लबको पदाधिकारीहरू

- अध्यक्ष: परी क्षेत्री (कक्षा ८)

- उपाध्यक्ष: आयुस्मा क्षेत्री (कक्षा ८)

- सचिव: इस्मी मल्ल (कक्षा ८)

- कोषाध्यक्ष: सालनी खाँण (कक्षा ६)

- सदस्य: बिशुम खाँण (कक्षा ६), सदिक्षा कुँवर (कक्षा ६), साया गुरुङ (कक्षा कक्षा ७), मेलिना हिताङ (कक्षा ७), सम्राट सिंह (कक्षा ७), प्रशन्न खाँण (कक्षा ६), गौरव खाँण (कक्षा ७), बिनोद खाँण (कक्षा ७)

- सल्लाहकार: संगम के.सी. (कक्षा ९), एन्जिता खाँण (कक्षा १०)

9/18/2025

खड्गकाली मा.वि.मा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाइयो

खड्गकाली मा.वि.मा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाइयो


श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जाले २०८२ असोज २ गते बुधबार “ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता" भन्ने आदर्श नाराको साथ रेडक्रसको आयोजनमा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र पठन सीपलाई उजागर गर्ने उद्देश्यले विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको थियो। कक्षा १ देखि ३ सम्म कक्षागत तथा ४ र ५ का विद्यार्थीहरूमा अन्तरसदनात्मक अंग्रेजी भाषाको स्पेलिङ कन्टेस्ट सञ्चालन गरिएको थियो। त्यसैगरी, कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले विज्ञान प्रदर्शनी गरे।
प्रतियोगितामा कक्षा १-३ को स्पेलिङ कन्टेस्टमा कक्षा १ बाट प्रयुस सारु, कक्षा २ बाट अनुराग काफले र कक्षा ३ बाट बर्षा खाँण प्रथम भएका छन् । त्यस्तै; कक्षा ४ र ५ अन्तरसदनात्मक रुपमा सञ्चालन गरिएको स्पेलिङ कन्टेस्टमा अन्नपूर्ण सदन प्रथम भएका छन् । उक्त सदनमा कक्षा ४ बाट सिमा क्षेत्री र संगम गुरुङ तथा कक्षा ५ बाट गौसम खाँण र सागर गुरुङ रहेका थिए । 
त्यसैगरी, विज्ञान प्रदर्शनी तर्फ कक्षा ६ बाट संस्कृति सारु, कक्षा ७ बाट अप्सन मल्ल, कक्षा ८ बाट बिनोद खाँण, ९ बाट इस्मी मल्ल र १० बाट नोमिस्का गुरुङले आ-आफ्नो कक्षाबाट प्रथम स्थान हासिल गर्न सफल भए। सर्वोत्कृष्ट प्रदर्शनी भने कक्षा ७ का अप्सन मल्लले गरे । उक्त प्रतियोगिताको निर्णायक विज्ञान शिक्षकहरु अविषेक अधिकारी र जगदीशप्रसाद यादव रहनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यता र रेडक्रसको अध्यक्ष इस्मी मल्लको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रम रेडक्रसको सचिव एलिजा रानाले सञ्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा सम्पूर्ण विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरियो । कक्षा १ देखि ५ सम्मकालाई विद्यालयले र कक्षा ६ देखि १० सम्मका प्रतियोगीहरुलाई रेडक्रसका पदाधिकारीहरुले पुरस्कार प्रायोजन गरेका थिए । 
अपडेट
लोडिङ हुँदै छ...