8/22/2025

खड्गकाली माविमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

खड्गकाली माविमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट न.पा. ४, घुर्लिचौैर, स्याङ्जामा २०८२ भाद्र ०६ गते शुक्रबार रेडक्रसको आयोजनामा शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत तीज गीत र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा कक्षा १-५ मा खुल्ला तीज नृत्य र कक्षा ६-१० मा अन्तरसदनात्मक गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापकहरू पशुपति पौडेल र राजेन्द्र बहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरू पनि अतिथिका रूपमा रहेका थिए ।
कक्षा १-५ को नृत्य विधामा शिक्षकहरू बिष्णु पौडेल, प्रतिमा मुराव र भूमिका थापा निर्णायक हुनुहुन्थ्यो । त्यसैगरी, कक्षा ६-१० को निर्णायक मण्डलमा शिव गिरी, विष्णु पौडेल र भूमिका थापा रहनुभएको थियो ।
कक्षा १-५ को नृत्य प्रतियोगितामा अन्दिपा परियार प्रथम, कृष्णा थापा र इच्छा मल्ल द्वितीय तथा अस्मिता कुँवर र प्रियङ्का मल्ल तृतीय भएका छन् । उक्त विधामा श्रेना थापाले उत्कृष्ट खुल्ला नृत्य प्रस्तुति दिएकी थिइन् ।
यसैगरी, कक्षा ६-१० को अन्तरसदनात्मक प्रतियोगितामा कञ्चनजंघा सदन प्रथम भएको छ । यस सदनबाट गायनतर्फ परी क्षेत्री, अन्जिता खाँण, अप्सना खाँण, सबिना रनपाल र नृत्यतर्फ आयुस्मा गुरुङले सहभागिता जनाएका थिए ।
द्वितीय स्थान हासिल गर्ने अन्नपूर्ण सदनका प्रतियोगीहरूमा गायनतर्फ अप्सरा थापा, बिबिशा खाँण, मेलिना हिताङ र पूजा गुरुङ तथा नृत्यतर्फ कमला बि.क. रहेका थिए ।
तृतीय भएको माछापुच्छ्रे सदनका प्रतियोगीहरूमा गायनतर्फ बिपना विश्वकर्मा, सलिना के.सी., निस्मा गुरुङ र एलिजा राना तथा नृत्यतर्फ साया गुरुङ रहेका थिए ।
त्यस्तै, सान्त्वना स्थान मनास्लु सदनले प्राप्त गरेको छ । यस सदनमा गायनतर्फ इस्मी मल्ल, नम्रता खाँण, हिमानी खाँण र सन्तोषी थापा तथा नृत्यतर्फ लोकमाया बि.क. ले सहभागिता जनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रधानाध्यापक लेस बहादुर खाँणले प्रतियोगी विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो मन्तव्य र छोटो सांस्कृतिक प्रस्तुति दिनुभयो ।
रेडक्रसका अध्यक्ष इस्मी मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घोषण रेडक्रसका सचिव रोशन क्षेत्रीले गरेका थिए । कार्यक्रम संयोजक गोकर्ण जिसीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा विजेता प्रतियोगीहरूलाई पुरस्कार वितरण गरिएको छ ।

8/04/2025

नव नियुक्त शिक्षक अमृत श्रेष्ठलाई स्वागत गरिँदै विद्यालय परिवार

नव नियुक्त शिक्षक अमृत श्रेष्ठलाई स्वागत गरिँदै विद्यालय परिवार

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा माध्यमिक तह गणित विषयको संघीय अनुदान शिक्षकको रुपमा नयाँ नियुक्ति लिई आउनुभएका भिमाद नगरपालिका वडा नं. १ डुम्रेबेसी, तनहुँ स्थायी घर रहनुभएको शिक्षक अमृत श्रेष्ठलाई विद्यालय परिवारले स्वागत गर्ने क्रममा लिइएको केही तस्बिरहरू ।















6/24/2025

शिक्षा, युवा तथा खेलकुद शाखा र विषय विशेषज्ञ टोलीद्वारा विद्यालय अनुगमनको क्रममा लिइएको तस्बिरहरू

शिक्षा, युवा तथा खेलकुद शाखा र विषय विशेषज्ञ टोलीद्वारा विद्यालय अनुगमनको क्रममा लिइएको तस्बिरहरू

श्री खड्गकाली मा.वि., चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ असार १० गते चापाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र विषय विशेषज्ञ टोलीद्वारा विद्यालय अनुगमन कार्य सम्पन्न भएको छ । उक्त अवसरमा लिइएको केही सामूहिक तस्बिरहरू ।














 
अपडेट
लोडिङ हुँदै छ...