रसुवाका बाढीपीडितका लागि खड्गकाली माध्यमिक विद्यालय परिवारद्वारा आर्थिक सहयोग
श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट नगरपालिका वडा नं. ४, स्याङ्जाद्वारा नेपाल सरकारद्वारा सञ्चालित 'प्रधानमन्त्री दैवीप्रकोप राहत कोष' मा रसुवास्थित भोटेकोसी बाढी प्रभावितहरूका लागि आर्थिक सहयोग रकम रमानान्तर गरिएको छ। विद्यालयका विद्यार्थीहरू, अभिभावक तथा शिक्षक-अभिभावक संघका सदस्यहरू र जुनियर रेडक्रस सर्कलको संयुक्त पहलमा सो राहत रकम संकलन गरिएको हो।
- विद्यार्थी, अभिभावक तथा शिक्षक-अभिभावक संघको योगदान: श्री खड्गकाली माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट कटौती गरेको रकम र अभिभावक तथा शिक्षक-अभिभावक संघका सदस्यहरूबाट संकलित गरी जम्मा रु. ५,७८०/- (पाँच हजार सात सय असी मात्र) प्राप्त भएको छ।
- जुनियर रेडक्रस सर्कलको योगदान: विद्यालयमा गठित मानव सेवामा समर्पित जुनियर रेडक्रस सर्कलका तर्फबाट रु. ६,०००/- (छ हजार मात्र) सहयोग उपलब्ध गराइएको छ।
उक्त दुवै स्रोतबाट प्राप्त भई जम्मा रु. ११,७८०/- (एघार हजार सात सय असी मात्र) राहत रकम 'प्रधानमन्त्री दैवीप्रकोप राहत संकलन कोष' मा जम्मा गरिएको छ।
दैवीप्रकोपको यस कठिन परिस्थितिमा विपद्ग्रस्त बाढीपीडितहरूलाई राहत पुर्याउने उद्देश्यले गरिएको यस परोपकारी कार्यमा योगदान पुर्याउनुहुने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा जुनियर रेडक्रस सर्कलप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।













































































