1/02/2026

खड्गकाली मा.वि.मा घैटो फुटाइ, कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा घैटो फुटाइ, कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सम्पन्न

श्री खड्गकाली माध्यमिक विद्यालयमा आज मिति २०८२ पुस १८ गते शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरू भव्यताका साथ सम्पन्न भएको छ। 'बालिका मैत्री समूह' को आयोजनामा सञ्चालित उक्त कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि घैटो फुटाइ र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि कविता लेखन तथा छात्र भलिबल प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगिताको नतिजा अनुसार घैटो फुटाइतर्फ कक्षा केजीबाट संयोग खाँण र कक्षा १ बाट पवन बि.क. प्रथम भएका छन्। त्यसैगरी, कविता लेखन प्रतियोगितामा कक्षा ६ बाट रोशनी पौडेल (अन्नपूर्ण सदन), कक्षा ७ बाट बिसुम खाँण (मनास्लु सदन), कक्षा ८ बाट सोडिमा सारु (अन्नपूर्ण सदन), कक्षा ९ बाट अन्जिता खाँण (कञ्चनजङ्घा सदन) र कक्षा १० बाट अप्सरा थापा (अन्नपूर्ण सदन) आ-आफ्नो कक्षामा प्रथम हुन सफल भएका छन्।
यस्तै, कक्षा ६ देखि १० का छात्रहरूबीच भएको सदनगत भलिबल प्रतियोगितामा अन्नपूर्ण सदनले प्रथम स्थान हासिल गरेको छ भने माछापुच्छ्रे सदन द्वितीय र कञ्चनजङ्घा सदन तृतीय भएका छन्। प्रतियोगिताका सम्पूर्ण विजयी छात्र-छात्राहरूलाई विद्यालयको तर्फबाट पुरस्कृत गरिने छ।

12/19/2025

खड्गकाली मा.वि. मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि. मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस ४ गते जुनियर रेडक्रसको आयोजनामा शुक्रबारे अतिरिक्त कृयाकलापहरु अन्तर्गत कक्षा १-५ मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र कक्षा ६-१० मा चित्रकला प्रतियोगिता सञ्चालन भएको छ ।
सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन तर्फ कक्षा केजीबाट रिअन्सु थापा, कक्षा १ बाट पवन बि.क., कक्षा २ बाट सनिसा शाल्मी, कक्षा ३ बाट दिप्सन शाही, कक्षा ४ बाट गौसम खाँण र कक्षा ५ बाट प्रियांका मल्ल प्रथम भएका छन् । 
त्यसैगरी, चित्रकला प्रतियोगिता तर्फ कक्षा ६ बाट नमन खाँण, कक्षा ७ बाट अप्सन मल्ल र कक्षा १० बाट विवश गुरुङ प्रथम हुन सफल भएका छन् । प्रतियोगितामा विजयी सम्पूर्ण छात्र छात्राहरु विद्यालयबाट पुरस्कृत हुने छन् ।

8/29/2025

खड्गकाली मा.वि.मा नेपाली श्रुतिलेखन र वादविवाद प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा नेपाली श्रुतिलेखन र वादविवाद प्रतियोगिता सम्पन्न

​श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जा मा २०८२ भदौ १३ गते शुक्रबार बालक्लबको आयोजनामा शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत नेपाली श्रुतिलेखन र वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि श्रुतिलेखन र कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि 'मोबाइलको प्रयोग: हानिकारक वा उपयोगी' शीर्षकमा अन्तरसदनात्मक वादविवाद प्रतियोगिता आयोजना गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रधानाध्यापकहरू राजेन्द्र बहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो भने अन्य शिक्षकहरू अतिथिका रूपमा रहेका थिए।
कक्षा १-५ को श्रुतिलेखन प्रतियोगिता शिक्षकहरू संगीता पौडेल, प्रतिमा मुराव, शान्ति गुरुङ, भूमिका थापा, पवन गैह्रे र अभिषेक अधिकारी लगायतको सहजीकरणमा सञ्चालन भएको थियो। त्यसैगरी, वादविवाद प्रतियोगितामा निर्णायकको रूपमा शिक्षकहरू शिव गिरी, विष्णु पौडेल, र भूमिका थापा रहनुभएको थियो।
कक्षा १-५ को श्रुती लेखन प्रतियोगितामा कक्षा १ बाट पवन वि.क., कक्षा २ बाट सनिशा शाल्मी, कक्षा ३ बाट वर्षा खाँण र विश्वास वि.क., कक्षा ४ बाट विश्व गुरुङ एवम् कक्षा ५ बाट रोशनी खाँण प्रथम हुन सफल भएका छन् ।
यसैगरी, कक्षा ६-१० को वादविवाद प्रतियोगितामा अन्तरसदनात्मक वादविवाद प्रतियोगितामा प्रथम कंचनजङ्घा सदनका परि क्षेत्री र दिवन रनपाल भएका छन् । द्वितीय मनास्लु सदनका इस्मी मल्ल र हिमानी खाँण भएका छन् भने तृतीय अन्नपूर्ण सदनका मेलिना हिताङ र दिप्सन थापा तथा चतुर्थ माछापुच्छ्रे सदनका सलिना के.सी. र रोशन क्षेत्री भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानाध्यापक लेस बहादुर खाँणले सहभागी विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै मोबाइल फोनको सही प्रयोग र त्यसको दुरुपयोगले हुने फाइदा र बेफाइदाको बारेमा प्रस्ट्याउनुभयो।
बालक्लबको अध्यक्ष मेलिना हिताङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घोषण बालक्लबका सचिव सलिना केसीले गरेका थिए । कार्यक्रम संयोजक अतिरिक्त कृयाकलाप संयोजक गोकर्ण जिसीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा, विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी उनीहरूको उत्साह र लगनको सम्मान गरियो।

अपडेट
लोडिङ हुँदै छ...