2026-06-13

फूलबारी तथा चित्रकला प्रतियोगितामा लिइएको केही तस्बिरहरू

फूलबारी तथा चित्रकला प्रतियोगितामा लिइएको केही तस्बिरहरू

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८३ जेठ २९ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत सञ्चालन भएको अन्तरसदनात्म फूलबारी तथा चित्रकला प्रतियोगितामा लिइएको केही तस्बिरहरू ♥️


2026-02-22

अंग्रेजी श्रुतिलेखन प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

अंग्रेजी श्रुतिलेखन प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

मिति २०८२ फागुन ८ गते शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालन भएको अंग्रेजी श्रुतिलेखन प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै 🌻🌺🥀

2026-01-02

खड्गकाली मा.वि.मा घैटो फुटाइ, कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा घैटो फुटाइ, कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सम्पन्न

श्री खड्गकाली माध्यमिक विद्यालयमा आज मिति २०८२ पुस १८ गते शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरू भव्यताका साथ सम्पन्न भएको छ। 'बालिका मैत्री समूह' को आयोजनामा सञ्चालित उक्त कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि घैटो फुटाइ र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि कविता लेखन तथा छात्र भलिबल प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगिताको नतिजा अनुसार घैटो फुटाइतर्फ कक्षा केजीबाट संयोग खाँण र कक्षा १ बाट पवन बि.क. प्रथम भएका छन्। त्यसैगरी, कविता लेखन प्रतियोगितामा कक्षा ६ बाट रोशनी पौडेल (अन्नपूर्ण सदन), कक्षा ७ बाट बिसुम खाँण (मनास्लु सदन), कक्षा ८ बाट सोडिमा सारु (अन्नपूर्ण सदन), कक्षा ९ बाट अन्जिता खाँण (कञ्चनजङ्घा सदन) र कक्षा १० बाट अप्सरा थापा (अन्नपूर्ण सदन) आ-आफ्नो कक्षामा प्रथम हुन सफल भएका छन्।
यस्तै, कक्षा ६ देखि १० का छात्रहरूबीच भएको सदनगत भलिबल प्रतियोगितामा अन्नपूर्ण सदनले प्रथम स्थान हासिल गरेको छ भने माछापुच्छ्रे सदन द्वितीय र कञ्चनजङ्घा सदन तृतीय भएका छन्। प्रतियोगिताका सम्पूर्ण विजयी छात्र-छात्राहरूलाई विद्यालयको तर्फबाट पुरस्कृत गरिने छ।

2025-12-19

खड्गकाली मा.वि. मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि. मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस ४ गते जुनियर रेडक्रसको आयोजनामा शुक्रबारे अतिरिक्त कृयाकलापहरु अन्तर्गत कक्षा १-५ मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र कक्षा ६-१० मा चित्रकला प्रतियोगिता सञ्चालन भएको छ ।
सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन तर्फ कक्षा केजीबाट रिअन्सु थापा, कक्षा १ बाट पवन बि.क., कक्षा २ बाट सनिसा शाल्मी, कक्षा ३ बाट दिप्सन शाही, कक्षा ४ बाट गौसम खाँण र कक्षा ५ बाट प्रियांका मल्ल प्रथम भएका छन् । 
त्यसैगरी, चित्रकला प्रतियोगिता तर्फ कक्षा ६ बाट नमन खाँण, कक्षा ७ बाट अप्सन मल्ल र कक्षा १० बाट विवश गुरुङ प्रथम हुन सफल भएका छन् । प्रतियोगितामा विजयी सम्पूर्ण छात्र छात्राहरु विद्यालयबाट पुरस्कृत हुने छन् ।
अपडेट
लोडिङ हुंदै छ...