सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. को २०७७ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षाफल

प्रस्तुत विषयमा शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ भेरियन्टको संक्रमण उच्च दरमा बढ्दै गइरहेकोले विद्यार्थीहरुको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले पाठ्यक्रमले निर्दिष्ट गरेको मूल्याङ्कन प्रणाली अनुसार त्रैमासिक परीक्षा, अर्ध वार्षिक परीक्षा, निरन्तर विद्याथी मूल्याङ्कन र आन्तरिक परीक्षालाई आधार लिई कक्षा नर्सरीदेखि कक्षा ९ सम्म (कक्षा ८ बाहेक) वार्षिक परीक्षाफल–२०७७ तपसील अनुसार प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

Class KG and One Result 2077
Class 2 Result 2077
Class 3 and 4 Result 2077Class 5 Result 2077Class 6 Result 2077
Class 7 Result 2077
Class 9 Result 2077


कक्षा नर्सरी देखि ७ सम्म र कक्षा ९ को पूरा रिजल्ट एउटै पिडिएफ फाइलमा [##eye## हेर्न यहाँ] र डाउनलोड गर्न  [##cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा कक्षा शिक्षक, हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ । 

[पुनश्च: कक्षा ८ को आधारभूत तह परीक्षा (बि.एल.ई. - २०७७) को नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । परीक्षामा उतिर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई बधाई तथा शैक्षिक प्रगतिको शुभकामना । साथै, अनुतिर्ण विद्यार्थी भाइवहिनीहरुलाई पनि आगामी दिनहरुमा अझ मेहनतका साथ अध्यनलाई निरन्तरता दिन अनुरोध गर्दछौँ । विद्यार्थी भर्ना सम्बन्धि जानकारीको लागि हामी अर्को सुचना प्रकाशित गर्नेछौँ ।]

0 Comments

Famous Quotes: