सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

चापाकोट-४ मल्याङ्कोटमा टोल सिकाई सहजीकरण कार्यक्रममा सहभागी विद्यार्थी तथा स्वयंसेवक शिक्षकहरु

विश्वमा महामारी रुपमा फैलिएको कोभिड १९ (कोरोना भाईरस) ले गर्दा अहिलेसम्म विद्यालयमा नियमित पठनपाठन शुरु हुन नसकेको विषम परिस्थितिमा श्री खड्गकाली मा.वि. चापाकोट-४ मा मल्याङ्कोट टोलबाट यस विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सोही टोलका ५ जना स्वयंसेवक शिक्षकहरुबाट सहजीकरणको रुपमा गाउँकै सामुदायिक भवनमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने ४० जना विद्यार्थीहरुलाई साउन १ गते देखि विहान ७ बजेबाट ११ बजेसम्म निरन्तर पठनपाठन कार्यक्रम सञ्चालन गरिएको छ ।

स्वयंसेवक शिक्षकहरु

१. सुरज वि.क.
२. पार्वती परियार
३. दिवश रनपाल
४. प्रर्मिला श्रेष्ठ
५. कोपिला वि.क.

0 Comments

Famous Quotes: