सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

शैक्षिक भ्रमण - २०७६ को पहिलो दिन तनहुँको घाँसीकुवा अवलोकन गर्दै खड्गकाली मावि कक्षा ९ का विद्यार्थी, शिक्षक र अभिभावकहरु

घाँसीलाई आदिकवि भानुभक्त आचार्यको प्रेरणका स्रोत मानिन्छ । घाँसीले गरेको कार्यबाट प्रभावित भई भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाएका थिए ।
तनहुँको सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ । घाँसीले कुवा खनाएका कारण यो ठाउँको नाम घाँसीकुवा रहन गएको भनाइ छ ।
घाँसीलाई घाँस काटेरै कुवा खनाउने समाजसेवीका रूपमा लिइन्छ । यिनैको प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी भाषिक एकीकरण गरेका थिए । रामायणलाई नेपाली भाषामा अनुवाद गरी घरघरमा पढ्न सजिलो बनाएका भानुभक्तलाई धेरैले चिनेका छन् तर उनलाई प्रेरणा दिने स्रोतका रूपमा रहेका घाँसीलाई भने कसैले चिन्दैनन् ।
मोतीराम भट्टका अनुसार भानुभक्तले ‘घाँसी’ कविता विसं १८९१ मा लेखेका हुन् । नेपाली पाठक यति लामो समयसम्म परिचयविहीन घाँसीको प्रशंसा गरिरहेका छन् । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । 
सडकभन्दा केही तल बुल्दीखोला किनारमा भएको कुवा घाँसीले खनाएको मानिन्छ । घाँसीकुवामा भानुभक्त पानी खान आएका थिए । त्यही भानु र घाँसीबीच वार्ता भएको थियो । घाँसीले बनाएको चौतारो पनि छ । यी सबै सूचनाको स्रोत मोतीराम भट्ट नै हुन् भन्ने विश्वास रहेको छ । घाँसीकुवाको पार्कमा राखिएको घाँसीको सालिक काल्पनिक हुन । घाँसी मगर वा रानाभाट हुने सम्भावना नभएको स्थानीयले बताउने गरेका छन् ।
आदिकविले लेखेको ‘घाँसी’ शिर्षकको कवितामा घाँसीलाई दरिद्रको संकेत गरेका कारण यहाँका स्थानीयले आफ्नो पुर्खा दरिद्र थिए भन्ने देखाउन नचाहेकाले पनि घाँसीको जन्मथलोर वंश पत्तालाग्न नसकेको कुरा स्थानीयहरुको भनाई पाइन्छ ।
(सन्दर्भ सामाग्री: कान्तिपुर)

0 Comments

Famous Quotes: