अंग्रेजीमा लेख्दा ख्याल राख्नुपर्ने एकदमै सामान्य कुरा

हामीले अंग्रेजीमा लेख्दा ख्याल राख्नुपर्ने एकदमै सामान्य कुराको बारेमा जानकारी दिँदैछौं, जसले तपाईंको अंग्रेजी लेखनलाई थप मजबुद् बनाउनेछ ।

तपाईंले लेखेको कुनै पनि कुरा जब कसैले सहजै बुझ्न सक्छ, तब तपाईं राम्रो लेख्न सक्नुहुन्छ भन्ने पुष्टि हुन्छ । अन्य भाषाजस्तै अंग्रेजीमा पनि राम्रो लेख्नका लागि केही सर्तहरु छन्, जसलाई पूरा गरेर नै तपाईंले आफ्नो लेखन कौशल देखाउन सक्नुहुन्छ ।
त्यसैले आज हामीले अंग्रेजीमा लेख्दा ख्याल राख्नुपर्ने एकदमै सामान्य कुराको बारेमा जानकारी दिँदैछौं, जसले तपाईंको अंग्रेजी लेखनलाई थप मजबुद् बनाउनेछ ।

1. Time And Tense: कुनै पनि कुरा लेख्दा वा वाक्य बनाउँदा ख्याल राख्नुस्, कतै तपाईंले ‘समय र काल’ (Time And Tense) सँग छेडछाड त गरिरहनुभएको छैन । एउटा कुरा भन्नका लागि हमेशा एउटै टेन्सको प्रयोग गर्नुहोस् । साथै समय र कालको कम्बिनेशनलाई पनि ख्याल राख्नुस् ।
Example: I went to my friend’s college yesterday and we played tennis together. (Correct)
I went to my friend’s college yesterday and we play tennis together. (Incorrect)

2. Subject Verb Agreement: अंग्रेजीमा कुनै पनि वाक्यलाई सही लेख्नका लागि सबैभन्दा ठूलो भूमिका Subject Verb Agreement को हुन्छ । यदि तपाईंले यसलाई नियमअनुसार वाक्यमा प्रयोग गर्नुभएन भने तपाईं सही लेख्न सक्नुहुन्न ।

Example: Everyone has done his/her homework. (Correct)
Everyone have done his/her homework. (Incorrect)

3. Articles: यसको राम्रो जानकारी नहुँदा लाग्छ, वाक्य विन्यासमा Articles को प्रभाव न्यून हुन्छ । तर, यो सोचाइ बिलकुल गलत हो । हाम्रो नेपाली भाषामा Articles को ज्यादा प्रयोग हुँदैन । तर, अंग्रेजीमा Articles विना तपाईंको लेखाइ कहिल्यै राम्रो हुन सक्दैन ।

Example: I watched a movie Yesterday. (Correct)
I watched movie Yesterday. (Incorrect)

4. Preposition को अभ्यास: यसको वेसिक नियम जानकारी हुनु अति आवश्यक छ । यसमा कमाण्ड तब पाउनुहुन्छ, जब तपाईं फ्रेजल भर्व र वर्ड्सको साथमा लाग्ने Preposition को याद राख्नुहुन्छ । यसका लागि लगातार लेख्ने प्राक्टिस गर्नु प्रभावकारी हुन्छ । Preposition याद राख्नका लागि अंग्रेजी नोभल, न्यूजपेपर तथा म्यागेजिन पढ्न सक्नुहुन्छ ।

Example: I am at Work. (Correct)
I am in Work. (Incorrect)

5. छोटो वाक्य लेख्नुस्: अंग्रेजीमा छोटा र सिधा वाक्यहरु प्रभावकारी मानिन्छन् । हामी जब कुनै कुरा लेख्दछौं, जुनकुरा पढ्ने मानिसले सहजै बुझ्न सकोस् । छोटो वाक्य लेख्न तपाईंका लागि पनि सहज हुन्छ र पढ्नेहरुका लागि पनि ।

6. लेख्दै गर्दा कन्फ्यूजनमा नरहनुस्: तपाईंले अंग्रेजी लेख्दै जाँदा कहीँ कन्फ्यूजन भयो भने त्यसमा सोचेर नबस्नुस् । कि त त्यो वाक्य नै हटाइदिनुस्, कि त तुरुन्त ग्रामर बुक पल्टाएर नियम हेर्नुस् ।

7. जुन भाषामा लेख्नुभयो उसैमा सोच्नुस्: यो समस्या मातृभाषा अंग्रेजी नहुने सबैमा हुनेगर्छ । हामी कनिकुथी भएपनि अंग्रेजीमा लेख्छौं र नेपालीमा त्यसलाई बुझ्छौं । अर्थात लेखेको कुरालाई नेपालीसँग कन्भर्ट गरेर सोच्छौं । यसो गर्दा सेन्टेन्सको फ्रेमिङ राम्रो हुँदैन, जुन कुराको पत्तो स्वयम् लेख्नेवाला व्यक्तिलाई पनि हुँदैन । त्यसैले अंग्रेजीमा लेख्दै हुनुहुन्छ भने अंग्रेजीमै सोच्नुस् ।

8. वर्ड अर्डर मजबुद् बनाउनुस्: हमेसा यो कुराको ख्याल राख्नुस्, लेख्दै गर्दा एक शब्द दोस्रो शब्दसँग जोडिएको होस् । यसलाई मजबुद् बनाउनका लागि तपाईंलाई ग्रामरको नियमहरुको बेसिक जानकारीका साथसाथै धेरैभन्दा धेरै शब्दहरुको जानकारी हुनु जरुरी छ ।

टिप्पणीहरु



Name

Exam Tips,3,Photo Gallery,17,Useful Tips,7,कार्यक्रमहरु,12,कार्यरत कर्मचारीहरु,15,नतिजा प्रकाशन,8,परिक्षा समयतालिका,1,फोटो ग्यालरी,37,भिडियोहरु,9,भू.पू. कर्मचारीहरु,5,योगदानकर्ताहरु,20,वार्षिक उत्सव,8,विज्ञापन,2,विद्यार्थीहरु,3,शिक्षक,13,शैक्षिक भ्रमण,2,समाचार,21,सार्वजनिक विदा,12,सुचना,26,
ltr
item
Khadgakali Secondary School: अंग्रेजीमा लेख्दा ख्याल राख्नुपर्ने एकदमै सामान्य कुरा
अंग्रेजीमा लेख्दा ख्याल राख्नुपर्ने एकदमै सामान्य कुरा
हामीले अंग्रेजीमा लेख्दा ख्याल राख्नुपर्ने एकदमै सामान्य कुराको बारेमा जानकारी दिँदैछौं, जसले तपाईंको अंग्रेजी लेखनलाई थप मजबुद् बनाउनेछ ।
https://3.bp.blogspot.com/-2GmEcfYjhp0/WzadNj5G3WI/AAAAAAAAALQ/RwtzI-bByAkbFPmWfwdtnkcEUKDDlnldACLcBGAs/s640/8%2BThing%2Byou%2BHave%2Bto%2BRemember%2BWhile%2BWriting%2BEnglish.jpg
https://3.bp.blogspot.com/-2GmEcfYjhp0/WzadNj5G3WI/AAAAAAAAALQ/RwtzI-bByAkbFPmWfwdtnkcEUKDDlnldACLcBGAs/s72-c/8%2BThing%2Byou%2BHave%2Bto%2BRemember%2BWhile%2BWriting%2BEnglish.jpg
Khadgakali Secondary School
https://www.khadgakali.edu.np/2018/06/8-things-you-have-to-remember-while-writing-english.html
https://www.khadgakali.edu.np/
https://www.khadgakali.edu.np/
https://www.khadgakali.edu.np/2018/06/8-things-you-have-to-remember-while-writing-english.html
true
5566019615967520428
UTF-8
सबै पोस्ट लोड भयो कुनै पोस्ट भेटिएन सबै हेर्नुहोस् विस्तृत जानकारी प्रतिकृया दिनुहोस् प्रतिकृया रद्द गर्नुहोस् हटाउनुस् लेखन तथा सम्पादन: गृहपृष्ठ पेजहरु लेखहरु सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस समुह अभिलेखहरु खोजी गर्नुहोस् सबै पोस्टहरु माफ गर्नुहोला, तपाईंको अनुरोधसँग कुनै सामग्री मेल खाएन गृहपृष्ठमा फर्किनुहोस् आइतबार सोमबार मंगलवार बुधवार बिहीवार शुक्रबार शनिबार आइतबार सोमबार मंगलवार बुधवार बिहीवार शुक्रबार शनिबार जनवरी फेब्रुवरी मार्च अप्रिल मे जून जूलाई अगस्ट सेप्टेम्बर अक्टुबर नोभेम्बर डिसेम्बर जनवरी फेब्रुवरी मार्च अप्रिल मे जून जूलाई अगस्ट सेप्टेम्बर अक्टुबर नोभेम्बर डिसेम्बर भर्खरै 1 मिनेट अगाडी $$1$$ मिनेट अगाडी 1 घण्टा अघि $$1$$ घण्टा अगाडी हिजो $$1$$ दिन अगाडी $$1$$ हप्ता अगाडी पाँच हप्ता भन्दा अघि फलोवरहरु फलो गर्नुहोस् यो प्रिमियम कन्टेन्ट हो यो खोल्नको लागि सेयर गर्नुहोस् सबै कोड कपि गर्नुहोस् सबै कोड छान्नुहो्स सबै कोड तपाईंको क्लिपबोर्डमा कपि भयो । यो कोड/लेख कपि गर्न सकिएन । कृपया कपि गर्नको लागि एकैसाथ [CTRL] र [C] (अथवा Mac मा CMD र C) थिच्नुहोस् ।