7/05/2024

माध्यमिक शिक्षा परीक्षा (SEE) पुरक (ग्रेडवृद्धि) परीक्षा फारम सम्बन्धमा सूचना

माध्यमिक शिक्षा परीक्षा (SEE) पुरक (ग्रेडवृद्धि) परीक्षा फारम सम्बन्धमा सूचना

प्रस्तुत विषयमा राष्ट्रिय परीक्षा बोर्डको मिति २०८१/०३/१६ को निर्णय अनुसार मिति २०८० सालमा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (SEE) मा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका (NG ल्याएका) सबै परीक्षार्थीहरुका लागि ग्रेड वृद्धिको अवसर रहेकोले पुरक परीक्षा आवेदन फारम भर्ने प्रयोजनको लागि मिति २०८१/०४/५ गतेसम्म विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

आवश्यक कागजातहरु

  • माध्यमिक शिक्षा परीक्षा २०८० को नियमित परीक्षाको ग्रेड सिट – १ प्रति
  • माध्यमिक शिक्षा परीक्षा २०८० को प्रवेश पत्रको प्रतिलिपि – १ प्रति
  • पासपोर्ट साइज फाेटाे – २ प्रति

थप जानकारीको लागि सम्पर्क नं.: 9804176284, 9846122777, 9804157470 9864891366

7/04/2024

माध्यमिक शिक्षा परीक्षा २०८० पुरक (ग्रेडवृद्धि) को समय तालिका

माध्यमिक शिक्षा परीक्षा २०८० पुरक (ग्रेडवृद्धि) को समय तालिका

मिति २०८१/०३/१६ को राष्ट्रय परीक्षा बोर्डको निर्णय अनुसार २०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (SEE) मा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुका लागी देहायबमोजिमको समय तालिका अनुसार पुरक (ग्रेडबृद्धि परीक्षा सञ्चालन गर्ने/गराउने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

6/28/2024

असार महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक सहि उत्तर दिने विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

असार महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक सहि उत्तर दिने विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

आज मिति २०८१ असार १४ गते शुुक्रबार असार महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक सहि उत्तर दिने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउने छात्र कक्षा ६ का रिजन क्षेत्री रहेका छन् । उनलाई विद्यालयले पुरस्कृत गरेका छन् । 
कक्षागत प्रश्नोत्तरमा भने कक्षा ६ बाट बिशुम खाँण, कक्षा ७ बाट सदिक्षा कुवँर, कक्षा ८ बाट परी क्षेत्री, कक्षा ९ बाट नम्रता खाँण र अप्सना खाँण साथै कक्षा १० बाट एन्जिता खाँणले सर्वाधिक प्रश्नहरुको उत्तर मिलाएकोमा शिक्षक गोकर्ण जिसीको प्रायोजनमा पुरस्कृत भएका छन् ।
शैक्षिक वर्ष २०८१ को वर्षे विदा सम्बन्धमा सूचना

शैक्षिक वर्ष २०८१ को वर्षे विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक वर्ष २०८१ को वर्षे विदा मिति २०८१/०३/१६ गतेदेखि २०८१/०४/१८ गतेसम्म हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ । 

पुनश्चः मिति २०८१/०४/१९ गते शनिबार भएकाले मिति २०८१/०४/२० गते आइतबारदेखि यथावत समयमा विद्यालय सञ्चालन हुनेछ । 

6/27/2024

खड्गकाली मा.वि.को विद्यार्थीहरुका माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) - २०८० को नतिजा

खड्गकाली मा.वि.को विद्यार्थीहरुका माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) - २०८० को नतिजा

प्रस्तुत विषयमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयद्धारा प्रकाशित २०८० सालको माध्यमिक शिक्षा परीक्षा (SEE 2080) मा यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जाबाट निम्नानुसारका विद्यार्थीहरु उत्तिर्ण भएको जानकारी गराइन्छ ।


6/21/2024

खड्गकाली मा.वि.मा कुर्सी दौड र फूलबारीमा फूल रोपाइँ कार्यक्रम सम्पन्न

खड्गकाली मा.वि.मा कुर्सी दौड र फूलबारीमा फूल रोपाइँ कार्यक्रम सम्पन्न

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा आज मिति २०८१ असार ७ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालिकामैत्रीको आयोजनामा कक्षा ६-१० मा फूलबारीमा फूल रोपाइ र कक्षा १-३ तथा कक्षा ४-५ मा
कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा १-३ को कुर्सी दौड प्रतियोगितामा कक्षा ३ का उज्ज्वल खाँण प्रथम, कक्षा ३ का गौसम खाँण द्वितीय र कक्षा ३ का सजिता कुवँर तृतीय भएका छन् । कक्षा ४-५ तर्फ भने कक्षा ५ का सृष्टि बि.क. प्रथम, कक्षा ५ को सुदिप बि.ख. द्वितीय र कक्षा ५ को दिवस खाणँ तृतीय भएका छन् । कक्षा ६-१० का सम्पूर्ण विद्यार्थीहरुले अन्तरसदनात्मक रुपमा छुट्टाछुट्टै फूलबारी निर्माण, गोडलमेल र सिचाइ तथा फूल रोपनी कार्य सम्पन्न गरेका छन् ।


फूलबारीमा फूल रोपाइ र कुर्सी दौड प्रतियोगिताको केही तस्बिरहरू

फूलबारीमा फूल रोपाइ र कुर्सी दौड प्रतियोगिताको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा आज मिति २०८१ असार ७ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालिकामैत्रीको आयोजनामा सम्पन्न भएको कक्षा ६-१० को फूलबारीमा फूल रोपाइ र कक्षा १-३ तथा कक्षा ४-५ मा कुर्सी दौड प्रतियोगिताको केही तस्बिरहरू 🌱🥀🌷🌹

6/16/2024

बकर इद (उल–अजहा) को उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

बकर इद (उल–अजहा) को उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ असार ३ गते सोमबार बकर इद (उल–अजहा) को उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्च: ४ गते मंगलबार यथावत समयमा नियमित पठनपाठन सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

अपडेट
लोडिङ हुँदै छ...