5/27/2026

बकर ईद र गणतन्त्र दिवसको अवसरमा विदा सम्बन्धमा सूचना

बकर ईद र गणतन्त्र दिवसको अवसरमा विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८३ जेठ १४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस तथा १६ र १७ गते नियमित सार्वजनिक विदा रहेकोले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

5/12/2026

हार्दिक श्रद्धाञ्जली: पूर्व प्र.अ. तथा शिक्षक राजेन्द्र गिरी

हार्दिक श्रद्धाञ्जली: पूर्व प्र.अ. तथा शिक्षक राजेन्द्र गिरी

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ४ सिब्दी (हाल बुटवल) निवासी यस श्री खड्गकाली मा.वि. का पूर्व प्र.अ. तथा शिक्षक राजेन्द्र गिरीको मिति २०८३ वैशाख २९ गते ६९ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

5/09/2026

६३ वार्षिकोत्सबमा पुरस्कृत भएका कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु

६३ वार्षिकोत्सबमा पुरस्कृत भएका कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु

६३ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसमा पुरस्कृत भएका कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु 🎉

६३ वार्षिकोत्सबमा पुरस्कृत भएका कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरु

६३ वार्षिकोत्सबमा पुरस्कृत भएका कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरु

६३ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसमा पुरस्कृत भएका कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरु 🎉 शिक्षक शान्ति गुरुङले आफ्नो जन्मदिनको उपलक्ष्यमा पूर्व घोषित पुरस्कार बमोजिम सौजन्य गर्नुभएको स्टेशनरी र मेडल पुरस्कारको लागि हार्दिक धन्यवाद ।
अपडेट
लोडिङ हुँदै छ...