2026-06-16

चापाकोट शिक्षा शाखाद्वारा सहजीकरण, अनुगमन एवं सुपरिवेक्षणका क्रममा लिइएका केही तस्बिरहरू

चापाकोट शिक्षा शाखाद्वारा सहजीकरण, अनुगमन एवं सुपरिवेक्षणका क्रममा लिइएका केही तस्बिरहरू

आज मिति २०८३ असार २ गते मंगलबार चापाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित विशेष कार्यक्रमअन्तर्गत श्री खड्गकाली माध्यमिक विद्यालयमा विद्यालयस्तरीय असल अभ्यासहरूको पहिचान, आदानप्रदान तथा शिक्षकहरूको पेसागत विकासका लागि एक महत्त्वपूर्ण सहजीकरण, अनुगमन एवं सुपरिवेक्षण कार्य सम्पन्न भएको छ ।
​यस अवसरमा शाखा प्रमुखज्यू लगायत विभिन्न विषयगत विज्ञहरूद्वारा विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गतिविधिहरूको गहन अवलोकन एवं समीक्षा भएको छ । विद्यालयको वर्तमान अवस्थाको सकारात्मक मूल्याङ्कन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्राप्त अमूल्य सुझावहरू, मार्गदर्शन र हौसलाप्रति सम्पूर्ण विद्यालय परिवार अत्यन्त आभारी छौं ।
​हाम्रो विद्यालयको शैक्षिक सुधारका लागि देखाउनुभएको तत्परता तथा प्रदान गर्नुभएको रचनात्मक सहजीकरणप्रति शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखज्यू, विज्ञ टोली तथा सम्पूर्ण सम्बन्धित व्यक्तित्वहरूप्रति यस विद्यालय परिवार हार्दिक धन्यवाद एवं उच्च सम्मान व्यक्त गर्दछ ।
श्री खड्गकाली मा.वि. मा अध्ययनरत कक्षा ४ का विद्यार्थीहरु विज्ञान प्रयोगशालामा शिक्षक पवन गैह्रेको साथमा ♥️

श्री खड्गकाली मा.वि. मा अध्ययनरत कक्षा ४ का विद्यार्थीहरु विज्ञान प्रयोगशालामा शिक्षक पवन गैह्रेको साथमा ♥️

श्री खड्गकाली मा.वि. मा अध्ययनरत कक्षा ४ का विद्यार्थीहरु शिक्षक पवन गैह्रेको साथमा विज्ञान प्रयोगशालामा अवलोकन कार्य गर्दै गर्दा लिइएको केही तस्बिरहरू ♥️

2026-06-13

फूलबारी तथा चित्रकला प्रतियोगितामा लिइएको केही तस्बिरहरू

फूलबारी तथा चित्रकला प्रतियोगितामा लिइएको केही तस्बिरहरू

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८३ जेठ २९ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत सञ्चालन भएको अन्तरसदनात्म फूलबारी तथा चित्रकला प्रतियोगितामा लिइएको केही तस्बिरहरू ♥️


2026-05-27

बकर ईद र गणतन्त्र दिवसको अवसरमा विदा सम्बन्धमा सूचना

बकर ईद र गणतन्त्र दिवसको अवसरमा विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८३ जेठ १४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस तथा १६ र १७ गते नियमित सार्वजनिक विदा रहेकोले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2026-05-12

हार्दिक श्रद्धाञ्जली: पूर्व प्र.अ. तथा शिक्षक राजेन्द्र गिरी

हार्दिक श्रद्धाञ्जली: पूर्व प्र.अ. तथा शिक्षक राजेन्द्र गिरी

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ४ सिब्दी (हाल बुटवल) निवासी यस श्री खड्गकाली मा.वि. का पूर्व प्र.अ. तथा शिक्षक राजेन्द्र गिरीको मिति २०८३ वैशाख २९ गते ६९ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

अपडेट
लोडिङ हुंदै छ...