1/23/2026

खड्गकाली मा.वि. मा सम्पन्न भएको सरस्वती पूजा कार्यक्रमको केही तस्बिरहरू

खड्गकाली मा.वि. मा सम्पन्न भएको सरस्वती पूजा कार्यक्रमको केही तस्बिरहरू

आज मिति २०८२ माघ ९ गते खड्गकाली मा.वि., चापाकोट-४, स्याङ्जामा सरस्वती पूजा तथा अक्षर शुभारम्भ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 💝

1/09/2026

नगरस्तरीय 'उत्कृष्ट प्रधानाध्यापक' को रूपमा सम्मानित हुनभएको प्र.अ. लेस बहादुर खाँणलाई बधाई ज्ञापन गरिँदै

नगरस्तरीय 'उत्कृष्ट प्रधानाध्यापक' को रूपमा सम्मानित हुनभएको प्र.अ. लेस बहादुर खाँणलाई बधाई ज्ञापन गरिँदै

​श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जाका आदरणीय प्रधानाध्यापक श्री लेस बहादुर खाँणज्यूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र प्रशासनिक सुदृढीकरणमा पुर्‍याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै चापाकोट नगरपालिकाले उहाँलाई नगरस्तरीय 'उत्कृष्ट प्रधानाध्यापक' को रूपमा सम्मानित गरेको छ। यस सुखद अवसरमा आज मिति २०८२ पुस २५ गते विद्यालय परिवारद्वारा एक विशेष समारोह आयोजना गरी उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्मान गरिएको छ । उहाँको सफल नेतृत्व र आगामी सुखद कार्यकालका लागि विद्यालय परिवार सधैं गौरव गर्दै शुभकामना व्यक्त गर्दछ ।
सिकाइ आपुरण तथा द्रुत सिकाइ (ReAL) को आधार परीक्षाको तस्बिरहरू

सिकाइ आपुरण तथा द्रुत सिकाइ (ReAL) को आधार परीक्षाको तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जामा मिति २०८२ पुस २४ गते कक्षा ३ देखि कक्षा ८ सम्म सिकाइ आपुरण तथा द्रुत सिकाइ (ReAL) को आधार परीक्षा (Baseline Exam) परीक्षा सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त परीक्षामा लिइएको केही तस्बिरहरू ।

1/02/2026

खड्गकाली मा.वि.मा घैटो फुटाइ, कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा घैटो फुटाइ, कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सम्पन्न

श्री खड्गकाली माध्यमिक विद्यालयमा आज मिति २०८२ पुस १८ गते शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरू भव्यताका साथ सम्पन्न भएको छ। 'बालिका मैत्री समूह' को आयोजनामा सञ्चालित उक्त कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि घैटो फुटाइ र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि कविता लेखन तथा छात्र भलिबल प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगिताको नतिजा अनुसार घैटो फुटाइतर्फ कक्षा केजीबाट संयोग खाँण र कक्षा १ बाट पवन बि.क. प्रथम भएका छन्। त्यसैगरी, कविता लेखन प्रतियोगितामा कक्षा ६ बाट रोशनी पौडेल (अन्नपूर्ण सदन), कक्षा ७ बाट बिसुम खाँण (मनास्लु सदन), कक्षा ८ बाट सोडिमा सारु (अन्नपूर्ण सदन), कक्षा ९ बाट अन्जिता खाँण (कञ्चनजङ्घा सदन) र कक्षा १० बाट अप्सरा थापा (अन्नपूर्ण सदन) आ-आफ्नो कक्षामा प्रथम हुन सफल भएका छन्।
यस्तै, कक्षा ६ देखि १० का छात्रहरूबीच भएको सदनगत भलिबल प्रतियोगितामा अन्नपूर्ण सदनले प्रथम स्थान हासिल गरेको छ भने माछापुच्छ्रे सदन द्वितीय र कञ्चनजङ्घा सदन तृतीय भएका छन्। प्रतियोगिताका सम्पूर्ण विजयी छात्र-छात्राहरूलाई विद्यालयको तर्फबाट पुरस्कृत गरिने छ।

अपडेट
लोडिङ हुँदै छ...