2025-08-22

खड्गकाली माविमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

खड्गकाली माविमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट न.पा. ४, घुर्लिचौैर, स्याङ्जामा २०८२ भाद्र ०६ गते शुक्रबार रेडक्रसको आयोजनामा शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत तीज गीत र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा कक्षा १-५ मा खुल्ला तीज नृत्य र कक्षा ६-१० मा अन्तरसदनात्मक गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापकहरू पशुपति पौडेल र राजेन्द्र बहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरू पनि अतिथिका रूपमा रहेका थिए ।
कक्षा १-५ को नृत्य विधामा शिक्षकहरू बिष्णु पौडेल, प्रतिमा मुराव र भूमिका थापा निर्णायक हुनुहुन्थ्यो । त्यसैगरी, कक्षा ६-१० को निर्णायक मण्डलमा शिव गिरी, विष्णु पौडेल र भूमिका थापा रहनुभएको थियो ।
कक्षा १-५ को नृत्य प्रतियोगितामा अन्दिपा परियार प्रथम, कृष्णा थापा र इच्छा मल्ल द्वितीय तथा अस्मिता कुँवर र प्रियङ्का मल्ल तृतीय भएका छन् । उक्त विधामा श्रेना थापाले उत्कृष्ट खुल्ला नृत्य प्रस्तुति दिएकी थिइन् ।
यसैगरी, कक्षा ६-१० को अन्तरसदनात्मक प्रतियोगितामा कञ्चनजंघा सदन प्रथम भएको छ । यस सदनबाट गायनतर्फ परी क्षेत्री, अन्जिता खाँण, अप्सना खाँण, सबिना रनपाल र नृत्यतर्फ आयुस्मा गुरुङले सहभागिता जनाएका थिए ।
द्वितीय स्थान हासिल गर्ने अन्नपूर्ण सदनका प्रतियोगीहरूमा गायनतर्फ अप्सरा थापा, बिबिशा खाँण, मेलिना हिताङ र पूजा गुरुङ तथा नृत्यतर्फ कमला बि.क. रहेका थिए ।
तृतीय भएको माछापुच्छ्रे सदनका प्रतियोगीहरूमा गायनतर्फ बिपना विश्वकर्मा, सलिना के.सी., निस्मा गुरुङ र एलिजा राना तथा नृत्यतर्फ साया गुरुङ रहेका थिए ।
त्यस्तै, सान्त्वना स्थान मनास्लु सदनले प्राप्त गरेको छ । यस सदनमा गायनतर्फ इस्मी मल्ल, नम्रता खाँण, हिमानी खाँण र सन्तोषी थापा तथा नृत्यतर्फ लोकमाया बि.क. ले सहभागिता जनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रधानाध्यापक लेस बहादुर खाँणले प्रतियोगी विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो मन्तव्य र छोटो सांस्कृतिक प्रस्तुति दिनुभयो ।
रेडक्रसका अध्यक्ष इस्मी मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घोषण रेडक्रसका सचिव रोशन क्षेत्रीले गरेका थिए । कार्यक्रम संयोजक गोकर्ण जिसीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा विजेता प्रतियोगीहरूलाई पुरस्कार वितरण गरिएको छ ।

2025-08-15

खड्गकाली मा.वि. मा अङ्ग्रेजी श्रुतिलेखन र खेलकुद प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि. मा अङ्ग्रेजी श्रुतिलेखन र खेलकुद प्रतियोगिता सम्पन्न

२०८२ साउन ३० गते शुक्रबार, श्री खड्गकाली माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलापहरू सम्पन्न भएका छन्। यस अवसरमा विद्यार्थीहरूले आ-आफ्नो प्रतिभा र सीप प्रदर्शन गर्ने मौका पाए। बालिका मैत्री समूहद्वारा सञ्चालित यस कार्यक्रममा, विभिन्न कक्षाका विद्यार्थीहरूका लागि दुई फरक प्रतियोगिताहरू आयोजना गरिएको थियो।

कक्षा १ देखि ५ सम्मका साना विद्यार्थीहरूका लागि 'तातो आलु' खेल आयोजना गरिएको थियो। यस प्रतियोगितामा कक्षा १-३ समूहमा कक्षा ३ की इच्छा मल्लले प्रथम स्थान हासिल गरिन् भने कक्षा १ का प्रतीक थापाले दोस्रो स्थान प्राप्त गरे। त्यसैगरी, कक्षा ४-५ समूहमा कक्षा ४ का गौसम खाँण प्रथम र कक्षा ५ का दिवस खाँण द्वितीय भए। यी खेलहरूले साना विद्यार्थीहरूमा उत्साह र मित्रताको भावना जगाएको देखियो।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि 'अङ्ग्रेजी श्रुतिलेखन' (English Dictation) प्रतियोगिता सञ्चालन भएको थियो, जसमा विद्यार्थीहरूले आ-आफ्नो लेखन र सुन्ने सीपको परीक्षण गरे। कक्षा ६ मा माछापुच्छ्रे सदनका अनुपम पौडेल, अप्सन सुवेदी र संस्कृति सारु क्रमशः प्रथम, द्वितीय र तृतीय भए। कक्षा ७ मा मनास्लु सदनकी बिशुम खाँणले प्रथम स्थान प्राप्त गरिन् भने अन्नपूर्ण सदनका दिप्सन थापा र मनास्लु सदनकी सालनी खाँणले संयुक्त रूपमा दोस्रो स्थान ओगटे। त्यसैगरी, अन्नपूर्ण सदनका प्रशन्न खाँण तृतीय भए।






यसै प्रतियोगिता अन्तर्गत कक्षा ८ मा माछापुच्छ्रे सदनकी सलिना के.सी. र अन्नपूर्ण सदनका संगम वि.सी.ले संयुक्त रूपमा प्रथम स्थान हासिल गरे। मनास्लु सदनकी प्रीति थापा द्वितीय र अन्नपूर्ण सदनकी मेलिना हिताङ तृतीय भइन्। कक्षा ९ मा कञ्चनजङ्घा सदनकी परि क्षेत्री, माछापुच्छ्रे सदनका रोशन क्षेत्री र कञ्चनजङ्घा सदनका निश्चल वि.सी. क्रमशः प्रथम, द्वितीय र तृतीय भए। अन्तमा, कक्षा १० मा अन्नपूर्ण सदनकी अप्सरा थापाले प्रथम स्थान जितिन्, कञ्चनजङ्घा सदनका दिवन रनपाल द्वितीय र माछापुच्छ्रे सदनकी नोमिस्का गुरुङ तृतीय भइन्। यी प्रतियोगिताहरूले विद्यार्थीहरूमा प्रतिस्पर्धी भावना र सिकाइप्रतिको रुचि बढाउन मद्दत पुर्याएका छन्। 

2025-08-14

शिक्षक - अमृत कुमार श्रेष्ठ

शिक्षक - अमृत कुमार श्रेष्ठ

Amrit Kumar Shrestha
श्री खड्गकाली माध्यमिक विद्यालय

Amrit Kumar Shrestha

Secondary Level Teacher (Federal Grant) · Dedicated Educator

Calculating... Running Service
(Experience in this school)
B.Ed. Academic Qualification
२०८१ Appointment Year
मा.वि. (अनुदान) Current Level / Type
Overview

व्यक्तिगत परिचय

👤 Personal Details
🪪
Full Name
अमृत कुमार श्रेष्ठ / Amrit Kumar Shrestha
🎂
Date of Birth
२०५६/०७/०३ · Kartik 3, 2056 BS
📍
Permanent Address
भिमाद न.पा.-१, तनहुँ
🇳🇵
Nationality
Nepali
🪪
Citizenship No.
43-01-74-07603
🏫 Professional Details
🎓
Education
वि.एड. (B.Ed.)
🏫
School / Position
श्री खड्गकाली मा.वि. (मावि शिक्षक)
📚
Level / Type
माध्यमिक तह - मा.वि. (संघीय अनुदान)
📅
Appointment Date
२०८१ साउन १८ (Total Experience: Calculating...)

श्री खड्गकाली माध्यमिक विद्यालयको माध्यमिक तह शिक्षक अमृत कुमार श्रेष्ठ, शिक्षा क्षेत्रमा आफ्नो उत्कृष्ट योगदानका लागि परिचित हुनुहुन्छ। मिति २०८१ साउन १८ गतेदेखि यस विद्यालयमा तृतीय श्रेणीको शिक्षकको रुपमा कार्यरत उहाँले आफ्नो गहन ज्ञान र विशिष्ट शिक्षण शैलीमार्फत विद्यार्थीहरूमा सकारात्मक परिवर्तन ल्याउनुभएको छ। उहाँको समर्पण र परिश्रमले यस विद्यालयको शैक्षिक वातावरणलाई थप समृद्ध बनाएको छ।

श्रेष्ठको शिक्षण शैली परम्परागत विधिभन्दा भिन्न र नवीनतम छ। उहाँले विद्यार्थीहरूलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराउनुहुन्छ, जसले गर्दा उनीहरूले डर र दबाबमुक्त भई सिक्न सक्छन्। उहाँको खुबी भनेकै विषयवस्तुको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउनु हो। यसरी उहाँले विद्यार्थीहरूलाई केवल परीक्षामा उत्तीर्ण हुने सीप मात्र नभई, वास्तविक जीवनमा ज्ञानको प्रयोग गर्न सक्ने क्षमता विकास गराउनुभएको छ। उहाँको प्रभावकारी शिक्षणका कारण विद्यार्थीहरूमा विषयप्रतिको रुचि बढ्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ।

अमृत कुमार श्रेष्ठको व्यक्तित्व शिक्षाको परिधिमा मात्र सीमित छैन। उहाँको गहन रुचि र दखल विभिन्न क्षेत्रहरूमा फैलिएको छ, जसले उहाँलाई एक पूर्ण र परिष्कृत व्यक्तित्वको रूपमा प्रस्तुत गर्छ। संगीत, अध्यात्म, साहित्य, र भाषा जस्ता क्षेत्रहरूमा उहाँको विशेषज्ञताले उहाँको व्यक्तित्वलाई थप आकर्षक बनाएको छ। यी अतिरिक्त क्षमताहरूले उहाँको शिक्षणमा पनि रचनात्मकता र गहिराइ थपेको छ।

साथै, उहाँ विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय सहभागी हुनुहुन्छ, जसले उहाँको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतालाई दर्शाउँछ। अमृत कुमार श्रेष्ठ एक आदर्श शिक्षक मात्र नभएर एक प्रेरणादायी व्यक्ति पनि हुनुहुन्छ जसले आफ्नो ज्ञान, अनुभव र समर्पणले समाजमा सकारात्मक प्रभाव पारिरहनुभएको छ।

Career

सेवा इतिहास

२०८१ साउन १८ · 2081 BS
Appointment as Secondary Level Teacher

वि.सं. २०८१ साल साउन १८ गतेदेखि श्री खड्गकाली माध्यमिक विद्यालयको माध्यमिक तह (संघीय अनुदान) मा शिक्षकको रूपमा सेवा प्रारम्भ। विद्यार्थीहरूको उच्च शैक्षिक सुधार, नवीन विधिको प्रयोग र सिर्जनशीलता अभिवृद्धि गर्दै निरन्तर many वर्षदेखि सेवारत।

Skills

विशेषज्ञता र क्षमताहरू

Academic & Expressive Talents
🎵
Music & Singing
संगीत र गायन कला
Spirituality
अध्यात्म तथा ध्यान
📚
Literature & Lang.
साहित्य, भाषा र सिर्जना
Pedagogical Strengths
🧠
Child Psychology
बालमनोवैज्ञानिक शिक्षण
🌱
Child Friendly
बालमैत्री वातावरण निर्माण
🚀
Modern Teaching
नवीन र व्यावहारिक विधि
🤝
Social Service
सक्रिय सामाजिक कार्य
Areas of Interest
🧘 अध्यात्म र नैतिक शिक्षा (Spirituality & Values) 🎵 संगीत र सिर्जनात्मक गायन 📚 साहित्य लेखन र भाषाई दक्षता 🚀 बालमैत्री र व्यावहारिक शिक्षण अभ्यास 💖 सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता
Philosophy

शैक्षिक दृष्टिकोण

"विद्यार्थीहरूलाई केवल परीक्षामा उत्तीर्ण हुने किताबी ज्ञानमा मात्र सीमित नराखेर, उनीहरूलाई वास्तविक जीवनमा ज्ञानको सफल प्रयोग गर्न सक्ने व्यावहारिक क्षमता र सोचको विकास गराउनु नै वास्तविक शिक्षण हो।"

— अमृत कुमार श्रेष्ठ
🧠
Anxiety-Free Learning

विद्यार्थीहरूलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरण प्रदान गर्ने, जसले गर्दा उनीहरू पूर्ण रूपमा डर, त्रास र मानसिक दबाबमुक्त भई सहज रूपमा सिक्न सकून्।

⚙️
Practical Knowledge

सैद्धान्तिक विषयवस्तु र नियमहरूमा मात्र सीमित नरही ज्ञानलाई व्यावहारिक, जीवनोपयोगी र वास्तविक जीवनसँग जोड्ने विशिष्ट अध्यापन शैली।

📚
Creative Integration

संगीत, साहित्य र भाषाको फराकिलो दायरालाई शिक्षणमा समेटेर कक्षाकोठालाई थप रचनात्मक, जीवन्त, अनुसन्धानमुखी र रमाइलो बनाउने।

Holistic Development

अध्यात्म, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता जागृत गराउँदै विद्यार्थीहरूको मानसिक, चारित्रिक र बौद्धिक सर्वाङ्गीण विकासमा जोड दिने।

Contact

सम्पर्क गर्नुहोस्

📍
भिमाद न.पा.-१, तनहुँ, नेपाल Bhimad Na.Pa.-1, Tanahun District, Gandaki Province, Nepal

2025-08-13

प्रथम त्रैमासिक परीक्षा–२०८२ को नतिजा प्रकाशन, प्रगति विवरण र पुुरस्कार वितरण तथा अभिभावक अन्तरकृया कार्यक्रममा निमन्त्रणा

प्रथम त्रैमासिक परीक्षा–२०८२ को नतिजा प्रकाशन, प्रगति विवरण र पुुरस्कार वितरण तथा अभिभावक अन्तरकृया कार्यक्रममा निमन्त्रणा


प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरको प्रथम त्रैमासिक परीक्षा–२०८२ को नतिजा प्रकाशन, प्रगति विवरण र पुुरस्कार वितरण तथा अभिभावक अन्तरकृया कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकाले यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

मितिः २०८२ साउन २९ गते विहिबार
समयः ११ः०० बजे
स्थानः खड्गकाली मा.वि. प्राङ्गण

2025-08-04

नव नियुक्त शिक्षक अमृत श्रेष्ठलाई स्वागत गरिँदै विद्यालय परिवार

नव नियुक्त शिक्षक अमृत श्रेष्ठलाई स्वागत गरिँदै विद्यालय परिवार

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा माध्यमिक तह गणित विषयको संघीय अनुदान शिक्षकको रुपमा नयाँ नियुक्ति लिई आउनुभएका भिमाद नगरपालिका वडा नं. १ डुम्रेबेसी, तनहुँ स्थायी घर रहनुभएको शिक्षक अमृत श्रेष्ठलाई विद्यालय परिवारले स्वागत गर्ने क्रममा लिइएको केही तस्बिरहरू ।















अपडेट
लोडिङ हुंदै छ...