5/05/2025

शैक्षिक सत्र २०८२ को पहिलो औपचारिक पठनपाठन भएको पहिलो दिनको तस्बिरहरू

शैक्षिक सत्र २०८२ को पहिलो औपचारिक पठनपाठन भएको पहिलो दिनको तस्बिरहरू

आज शैक्षिक सत्र २०८२ को पहिलो औपचारिक पठनपाठन भएको पहिलो दिन 🥀 श्री खड्गकाली माता र सरस्वती माताले सम्पूर्ण विद्यार्थीहरूलाई ज्ञानको दिव्य प्रकाश छरिरहुन् 💝💝💝


5/01/2025

नयाँ शैक्षिक सत्र २०८२ को नयाँ भर्ना सम्बन्धमा सूचना

नयाँ शैक्षिक सत्र २०८२ को नयाँ भर्ना सम्बन्धमा सूचना

विगत ६२ वर्ष देखि विशुद्ध शैक्षिक विकासमा समर्पित र स्याङ्जा जिल्लाको शैक्षिक इतिहासमा गुणस्तरीय शिक्षाको छवि प्रदान गर्न सफल साथै विगतका माध्यमिक तह परीक्षा (SEE) र आधारभूत तह परीक्षा (BLE) मा उत्कृष्ट नतिजासमेत दिइसकेका यस श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, व्यवहारिक तथा निःशुल्क एवम् सर्वसुलभ शिक्षाको लागि सुरक्षित तथा आकर्षक विद्यालय भवन, खेलकुद, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर तथा आइसिटी, पर्याप्त शैक्षिक सामाग्री लगायत आधुनिक प्रविधिले सज्जित भौतिक पूर्वाधार तथा सुविधाहरूमा व्यापक लगानी गर्दै नयाँ शैक्षिक सत्र २०८२ को "सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता" भन्ने मूल नाराका साथ लागि मिति २०८२ वैशाख १८ गतेबाट कक्षा नर्सरीदेखि कक्षा १० सम्म भर्ना खुलेको कुरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सहर्ष जानकारी गराउँछौं ।
कक्षा नर्सरीदेखि कक्षा ५ सम्म निःशुल्क अंग्रेजी माध्यमबाट पठनपाठन हुने र अन्य कक्षाहरूमा सर्वसुलभ अतिरिक्त कक्षा लगायत प्रविधि उन्मुख गुणस्तरीय शिक्षामा समर्पित यस विद्यालयमा समयमै आफ्ना नानीबाबुहरुलाई भर्ना गराई निःशुल्क पाठ्यपुस्तक लिन आउनुहोला ।

हाम्रा विशेषताहरु

  • आधुनिक युग सुहाउँदो शिक्षण पद्दतिहरुको पूर्ण अवलम्बन गरिने ।
  • कम्प्युटर, स्मार्ट बोर्ड, मल्टिमिडिया प्रोजेक्टर, विद्यालयले विकास गरेको शैक्षिक पोर्टल र मोबाइल एप तथा आधुनिक आइसिटी प्रविधिको माध्यमबाट पठन-पाठन गराइने ।
  • स्वच्छ र आरामदायी बालमैत्री कक्षाकोठा, खानेपानी र शौचालयहरूको व्यवस्था ।
  • जीवनोपयोगी शिक्षामा विशेष जोड दिइ बाल मनोविज्ञान तथा आधुनिक शिक्षण पद्दतिहरुको अवलम्बन र योग्य तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने ।
  • विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्वि गर्न नियमित परीक्षा तथा उपलब्धी मापनको विविध अवधारणाहरू आत्मसाथ गरिने ।
  • हरेक शुक्रबार चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर तथा विद्यालयको वार्षिक कार्यपात्राको आधारमा अतिरिक्त कृयाकलाप सञ्चालन गरिने ।
  • विद्यार्थीहरुको सामाजिक भावनाको विकास, नेतृत्व कला तथा हक हितको उठानको निम्ति बालिका मैत्री समिति, वाल क्लव, रेडक्रस तथा अन्य संगठनहरुको गठन गरि विविध कार्यक्रमहरु सञ्चालन गरिने ।
  • गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षय कोषद्वारा छात्रावृत्ति प्रदान गरिने ।
  • नगर स्तरिय तथा माध्यमिक शिक्षा परिक्षा (SEE), आधारभूत तह परीक्षा (BLE) र विद्यालय उत्कृष्ट नतिजा ल्याउनेलाई विद्यालयद्वारा पुरस्कृत गरिने ।
  • आधारभूत तह (कक्षा ५) सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयकै चमेना गृहमा पोसिलो दिवा खाजाको व्यवस्था हुने ।
  • शिक्षक, विद्यार्थी र अभिभावकहरु बिच त्रिकोणात्मक सम्बन्ध स्थापना गर्न समयसमयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहने ।
  • अतिरिक्त कक्षा (टिउसन तथा कोचिङ) को व्यवस्था र कुनै पनि पिरियड खाली नहुने गरि खाली पिरियड व्यवस्थापन गरिने ।
  • निरन्तर विद्यार्थी सुरक्षा तथा निगरानीको निम्ति विद्यालयको सम्पूर्ण हाताभित्र २४ सै घण्टा सेक्युरिटी क्यामेराको व्यवस्था गरिएको ।
पुनश्च: भर्ना हुन आउँदा हरेक विद्यार्थीहरुले पुरानो पाठ्यपुस्तकको साथमा अभिभावक अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ र विद्यार्थी आचार संहिता फारम भरेपछि मात्र भर्ना गरिनेछ । सम्भव भएसम्म जन्मदर्ता लिएर आउनुहोला । भर्ना पश्चात सम्पूर्ण विद्यार्थीहरुलाई निःशुल्क नयाँ पाठ्यपुस्तक वितरण गरिने छ ।
  • विद्यार्थी विद्यार्थी आचार संहिता फारम यहाँबाट डाउनलोड गर्नुहोस् - Download
  • अनलाइन भर्ना फारम - Online Admission

4/14/2025

नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश (Happy New Year 2082)

नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश (Happy New Year 2082)

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा यस विद्यालयको
शैक्षिक उन्नयनमा प्रत्यक्ष वा परोक्ष रुपमा भूमिका खेल्नुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी महानुभावहरू, विद्यार्थी, शिक्षक एवम् अभिभावक ज्यूहरूलाई सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

प्र.अ. तथा विद्यालय परिवार

4/09/2025

शिक्षक - अविषेक अधिकारी

शिक्षक - अविषेक अधिकारी


अविषेक अधिकारी यस श्री खड्गकाली माध्यमिक विद्यालयको माध्यमिक तह शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८१ चैत्र २७ देखि मा.वि. तहको तृतीय श्रेणीको शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत  हुनुहुन्छ ।
 विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो । 
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, अध्यात्म, साहित्य, भाषा तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: अविषेक अधिकारी
  • जन्म मिति: २०५६/१०/०५
  • स्थायी ठेगाना: पाणिनी गा.पा.-४, अर्धखाँची
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४०-०१-७३-०२९०६
  • शैक्षिक योग्यता: वि.एड.
  • विद्यालयमा नियुक्ति मिति: २०८१/१२/२७
  • तह: मा.वि. (संघिय अनुदान)
  • सम्पर्क नं.: 9845022188
  • इमेल: abishekadhikari213@gmail.com

पूर्वनिर्धारित भर्ना कार्यकम स्थगित गरिएको सम्बन्धमा ।

पूर्वनिर्धारित भर्ना कार्यकम स्थगित गरिएको सम्बन्धमा ।


प्रस्तुत विषयमा गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २०८१ माघ २० गतेबाट देशभरका शिक्षक तथा कर्मचारीहरु आन्दोलमा रहेको छ । यो आन्दोलनलाई अझ ससक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडताल घोषणा भएकोले यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा पूर्वनिर्धारत चैत्र २८ बाट सुरु हुने भनिएको शैक्षिक सत्र २०८२ को भर्ना कार्यक्रम तथा अन्य शैक्षिक गतिविधिहरु अर्को सूचना नआएसम्म स्थगित गरिएको छ । यो आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिदिनुहुन समस्त विद्यार्थी, अभिभावक, वि.व्य.स. लगायत सम्पूर्ण सरोकार पक्षसंग आग्रह गर्दछौं ।


4/08/2025

चापाकोट नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१ को नतिजा

चापाकोट नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१ को नतिजा

चापाकोट नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुको मिति २०८१/१२/०३ देखि २०८१/१२/१० गतेसम्म सञ्चालन भएको नगर स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१ को नतिजा यसप्रकार रहेको छ ।

4/01/2025

खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा

खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट-४, स्याङ्जाको शैक्षिक सत्र २०८१ मा कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।











3/12/2025

फागुन महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउन सफल विशुम खाँणलाई पुरस्कृत गरिँदै

फागुन महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउन सफल विशुम खाँणलाई पुरस्कृत गरिँदै

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा फागुन महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउन सफल कक्षा ६ की छात्रा विशुम खाँणलाई पुरस्कृत गरिँदै ।

अपडेट
लोडिङ हुँदै छ...