2/14/2025

शुक्रबारे अतिरिक्त कृयाकलापको पुरस्कार वितरण कार्यक्रम

शुक्रबारे अतिरिक्त कृयाकलापको पुरस्कार वितरण कार्यक्रम

आज मिति २०८१ फाल्गुन २ गते यस श्री खड्गकाली मा.वि., चापाकोट-४, घुुर्लिचौरमा शुक्रबारे अतिरिक्त कृयाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिएको केही तस्बिरहरू 📸

राममन्दिर माविको स्वर्ण महोत्सवमा विजयी विद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गरिँदै

राममन्दिर माविको स्वर्ण महोत्सवमा विजयी विद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गरिँदै

आज शुक्रबारे विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम पश्चात् श्री खड्गकाली मा.वि. का विद्यार्थीहरु श्री राम मन्दिर मा.वि. को स्वर्ण महोत्सव २०८१ को अवसरमा आयोजना भएको अतिरिक्त कृयाकलापहरुमा विभिन्न स्थान हासिल गरि पुरस्कार प्राप्त गर्न सफल भएकोमा उक्त पुरस्कार हस्तान्तरण गरिँदै ।

2/07/2025

खड्गकाली मा.वि. मा सुन्दर तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि. मा सुन्दर तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ माघ २५ गते शुक्रबारे अतिरिक्त कृयाकलापहरु अन्तर्गत कक्षा १-५ मा सुन्दर तथा शुद्ध नेपाली लेखन र कक्षा ६-८ मा चित्रकला प्रतियोगिता सञ्चालन भएको छ ।
कक्षा ७
कक्षा ९
कक्षा ४
कक्षा ५
कक्षा ६
सुन्दर लेखन तर्फ कक्षा केजीबाट पवन बि.क, कक्षा १ बाट एलिजा थापा, कक्षा २ बाट विश्वास बि.क., कक्षा ३ बाट सुवर्णा थापा, कक्षा ४ बाट अस्मिता कुँवर र कक्षा ५ बाट सृष्टि बि.क. प्रथम भएका छन् । त्यसैगरी, चित्रकला प्रतियोगिता तर्फ कक्षा ६ बाट अमृत पौडेल, कक्षा ७ बाट प्रिति थापा र कक्षा ९ बाट नोमिस्का गुरुङ प्रथम हुन सफल भएका छन् । कक्षा ८ र १० मा भने विगत २०८१ माघ २३ गतेदेखि आधारभूत तह र माध्यमिक तह ल्याकत परीक्षा सञ्चालन भैरहेको छ । प्रतियोगितामा विजयी सम्पूर्ण छात्र छात्राहरु विद्यालयबाट पुरस्कृत हुने छ ।

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२

श्री सम्बन्धित सबैमा,

विषय (Sub): विज्ञापन सम्बन्धमा ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८१/१०/२४, च.नं. १०४४ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/१०/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील 

विज्ञापन नं.: ४/०८१/०८२

पद संख्या: १

पद: शिक्षक (संघिय शिक्षण सहयोग अनुदान)

तह: मा.वि.

विषय: विज्ञान

योग्यता: विएस्सी वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८१/१०/३० (४ बजेभित्र)

सम्पर्क मिति: २०८१/१०/३० 

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क:

९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)

अपडेट
लोडिङ हुँदै छ...