12/27/2024

अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै

अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै

आज मिति २०८१ पुस १२ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा पुरस्कार वितरण गर्ने क्रममा लिइएको कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीहरुको तस्बिरहरू 📸

अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा कक्षा ७ देखि १० सम्मका केही विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै

अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा कक्षा ७ देखि १० सम्मका केही विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै

मिति २०८१ पुस १२ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा पुरस्कार वितरण गर्ने क्रममा लिइएको कक्षा ७ देखि १० सम्मका केही विद्यार्थीहरुको तस्बिरहरू 📸

12/24/2024

क्रिसमस डे को उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

क्रिसमस डे को उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ पौष १० गते बुधबार क्रिसमस डे को उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्चः पुस ११ गते विहिबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।

12/20/2024

खड्गकाली मा.वि.मा प्रा.वि. तह शिक्षक आवश्यकता (विज्ञापन नं.: ३/०८१/०८२)

खड्गकाली मा.वि.मा प्रा.वि. तह शिक्षक आवश्यकता (विज्ञापन नं.: ३/०८१/०८२)

श्री सम्बन्धित सबैमा,

विषय (Sub): विज्ञापन सम्बन्धमा ।

        प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय शिक्षा शाखा चापाकोटको मिति २०८१/०९/०४ को च.नं. ७९६ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/०९/०४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील 
विज्ञापन नं.: ३/०८१/०८२
पद संख्या: १
पद: शिक्षक (करार)
तह: प्रा.वि.
योग्यता: शिक्षा शास्त्रमा प्रमाणपत्र वा सो सरह उत्तीर्ण (माथिल्लो योग्यतालाई विशेष प्राथमिकता)
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु. १०००/–
 
परीक्षाको प्रकार: लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तिम मिति: २०८१/०९/११ (४ बजेभित्र)
सम्पर्क मिति: २०८१/०९/११ 
 
पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:
१. निवेदन, २. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि, ३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, ४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क:
वि.व्य.स. अध्यक्ष (९८०५८२९२१३), प्र.अ. (९८०४१७६२८४), स.प्र.अ. (९८४६१२२७७७)

12/13/2024

उभौली पर्वको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

उभौली पर्वको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ मंसिर ३० गते आइतबार उभौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्चः पुस १ गते सोमबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।

12/04/2024

दैनिक प्रार्थना हाजिरीजवाफमा सर्वाधिक प्रश्नहरुको उत्तर मिलाउने विशुम खाँणलाई पुरस्कृत गरिँदै

दैनिक प्रार्थना हाजिरीजवाफमा सर्वाधिक प्रश्नहरुको उत्तर मिलाउने विशुम खाँणलाई पुरस्कृत गरिँदै

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौरको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक प्रश्नहरुको उत्तर मिलाउने कक्षा ६ कि छात्रा विशुम खाँणलाई पुरस्कृत गरिँदै ❤️
चापाकोट नगरस्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल खड्गकाली मा.वि.को शिक्षकहरु

चापाकोट नगरस्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल खड्गकाली मा.वि.को शिक्षकहरु

नगर स्तरीय शिक्षक हाजिरी जवाफ प्रतियोगितामा सहभागी जनाउन श्री खड्गकाली माध्यमिक विद्यालयको प्रतिनिधित्व गर्दै जानुभएका शिक्षकहरु ढाकाराम भट्टराई (आयुष), शिव गिरी र दुर्गा पोखरेले आधारभूत तह (१-८) मा द्वितीय स्थान हासिल गर्न सफल हुनुभएकोमा यहाँहरु सहित सम्पुर्ण विद्यालय परिवारमा हार्दिक बधाई तथा शुभकामना । 🙏❤️🎉🎊

अपडेट
लोडिङ हुँदै छ...