खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - १०) - २०८१ असोज १६
श्री खड्गकाली मा.वि. चापाकोट ४, घुर्लिचौर, स्याङ्जाका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुद्वारा प्रकाशित खड्गकाली भित्ते पत्रिका ।
प्रकाशित मिति: वि.सं. २०८१/०६/१६ (October 2 2024)
प्रस्तुत विषयमा हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ असोज १७ गते घटस्थापनादेखि कार्तिक १ गते कोजाग्रत पूर्णिमासम्म दशैं विदा हुने व्यहोरा जानकारी गराईन्छ ।
* पुनश्चः कार्तिक २ गते शुक्रबार स्थानीय विदा र कार्तिक ३ गते शनिबार रहेकाले कार्तिक ४ गते आइतबारदेखि नियमित विद्यालय सञ्चालन हुनेछ ।
शुभकामना ! शुभकामना !! शुभकामना !!!
हिन्दुहरुको महान् पर्व विजया दशमी २०८१ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
प्रधानाध्यापक
तथा
श्री खड्गकाली मा. वि. परिवार
मानन्धरको शिक्षण शैली परम्परागत विधिभन्दा भिन्न र नवीनतम थियो। उहाँले विद्यार्थीहरूलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराउनुहुन्थ्यो, जसले गर्दा उनीहरूले गणितजस्तो विषयलाई पनि डर र दबाबमुक्त भई सिक्न सक्थे। उहाँको खुबी भनेकै विषयवस्तुको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउनु थियो। यसरी उहाँले विद्यार्थीहरूलाई केवल परीक्षामा उत्तीर्ण हुने सीप मात्र नभई, वास्तविक जीवनमा गणितको प्रयोग गर्न सक्ने क्षमता विकास गराउनुभएको थियो। उहाँको प्रभावकारी शिक्षणका कारण विद्यार्थीहरूमा विषयप्रतिको रुचि बढ्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा पनि महत्त्वपूर्ण योगदान पुगेको थियो।