खड्गकाली मा.वि. मा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन सम्पन्न
![]()  | 
| मञ्चमा आसिन अतिथिहरु | 
तिलक बहादुर खाँणको सभापतित्व, चापाकोट नगरपालिका नगर प्रमुख देव बहादुर खाँण (ईश्वर) को प्रमुख आतित्थ्यता र शिक्षा शाखा प्रमुख मनोज सिर्मलको सहजीकरणमा सम्पन्न भएको अभिभावक भेलाले तपसील अनुसारको विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।
१) अध्यक्ष: तिलक बहादुर खाँण (घुर्लिचौर)
२) सदस्य: नेत्र बहादुर थापा (भन्टाबारी)
३) सदस्य: केशर बहादुर खाँण (डुन्डाँडा)
४) सदस्य: देवी वि.क. (कोट गाउँ)
५) सदस्य: याम कुमारी खाँण (घुर्लिचौर)
६) सदस्य: ईन्द्रा खाँण (घुर्लिचौर) 
७) सदस्य: वडा प्रतिनिधि (बाँकि) 
८) सदस्य: शिक्षक प्रतिनिधि पशुपति पौडेल
९) सदस्य सचिव: प्र.अ. लेस बहादुर खाँण 
 शिक्षक अभिभावक संघका पदाधिकारीहरु  
१) अध्यक्ष: मोहन खाँण (घुर्लिचौर)
२) सदस्य: मेग बहादुर थापा (भन्टाबारी)
३) सदस्य: मौसमी मल्ल (घुर्लिचौर)
४) सदस्य: चित्रा थापा (घुर्लिचौर)
५) सदस्य: उमा खाँण (घुर्लिचौर)
६) सदस्य: निलकण्ठ काफ्ले (च्यारे)
७) सदस्य: युवराज खाँण (घुर्लिचौर)
८) सदस्य: डुक बहादुर सारु (लामडाँडा)
९) सदस्य: मिना बि.क. (मल्याङ्कोट)
१०) सदस्य: शिक्षक प्रतिनिधि जगदीशप्रसाद यादव 
शिक्षिका कोपिला के.सी रोकाको उद्घोषण र प्र.अ. लेस बहादुर खाँणको स्वागत मन्तव्यबाट सुरु भएको अभिभावक भेलामा प्रमुख अतिथि चापाकोट नगरपालिकाको नगर प्रमुख देव बहादुर खाँण (ईश्वर), विशिष्ट अतिथि नगर शिक्षा शाखा प्रमुख मनोज सिर्मल, स्याङ्जा जिल्ला समन्वय समिति सदस्य गिता खाँण, चापाकोट वडा नं. ४ का वडाध्यक्ष अर्जुन कुमार खाँण र चापाकोट ने.का. सभापति बिक्रम बहादुर सारू रहनुभएको थियो । विद्यालय संस्थापक, पूर्व वि.व्य.स. पदाधिकारी, सल्लाहकार सदस्य, चन्दादाता, पूर्व शि.अ.सं. पदाधिकारी, राजनितीक दलका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, टोल शिक्षा समिति पदाधिकारी तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर खाँणको अध्यक्षतामा सम्पन्न भेलामा विशिष्ट अतिथि चापाकोट वडा नं. ४ का वडाध्यक्ष अर्जुन कुमार खाँण, चापाकोट नगर ने.का. सभापति बिक्रम बहादुर सारुद्वारा नव निर्वाचित वि.व्य.स. तथा शि.अ.सं. का पदाधिकारीहरुलाई शुभकामना दिनुहुँदै विद्यालयको उन्नयनको लागि आफूहरु सदैब समर्पित रहेको र विद्यालयको समृद्धिको लागि आफूहरु कटिबद्ध रहने प्रतिबद्धतारुपी मन्तव्य व्यक्त भयो ।
 
![]()  | 
| अध्यक्ष, शिक्षा शाखा प्रमुख, जिल्ला समन्वय समिति र अतिथिहरु | 
कार्यक्रममा शिक्षा शाखा प्रमुख मनोज सिर्मलले हाल कार्यान्वयनमा आएको कक्षा १-३ मा सतप्रतिशत निरन्तर विद्यार्थी मूल्यांकन र ४-१० कक्षाको परियोजना कार्य र प्रयोगात्मक कार्यको अभिप्राय, प्रभावकारिता तथा महत्वको बारेमा स्पस्ट पार्नुभयो ।  कार्यक्रमको केन्द्रबिन्दुको रुपमा रहनुभएको प्रमुख अतिथि तथा नगर प्रमुख देव बहादुर खाँणले विद्यालको गुणस्तर वृद्धिको लागि थप १ वटा मा.वि. संघिय अनुदान कोटाको गणित शिक्षकको व्यवस्था गरिदिने बाचा गर्नुभयो । उहाँले विद्यालयमा मात्र नभई समग्र वडा नं. ४ को विकासको लागि मोटरबाटो लगायत अन्य विविध शिर्षकमा बजेटको व्यवस्था भएको कुरा जानकारी गराउनुभयो ।
कक्षा ९ र १० का विद्यार्थीहरुले शिक्षा विषयको परियोजना कार्यको रुपमा वि.व्य.स. गठन प्रकृयाको अवलोकन गरि स्थलगत रिपोर्टिङ समेत तयार पारेका थिए । यस कार्यमा शिक्षा शाखा प्रमुख र विद्यालयको शिक्षकहरुले सहजकर्तारुपमा भूमिका निर्वाह गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा नव निर्वाचित वि.व्य.स. र शि.अ.सं. का पदाधिकारीहरुलाई अविर र खादा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्तकासाथ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम सफलताकासाथ सम्पन्न गराई दिनुभएकोमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण अभिभावक ज्यूहरुलाई हार्दिक धन्यवाद !
(सम्बन्धित पोस्टहरु)





















    
    
    
    
    
    
    




































