9/27/2021

भावपूर्ण श्रद्वाञ्जली - श्री समर बहादुर शाही

भावपूर्ण श्रद्वाञ्जली - श्री समर बहादुर शाही

स्व. समर बहादुर शाही
स्व. समर बहादुर शाही
स्याङ्जा जिल्ला चापाकोट-४, घुर्लिचौर निवासी श्री विष्णुदेवी शाहीको पूजनीय जीवनसाथी; श्री पुष्पराज शाही, श्री उषा हमाल, श्री ममता मल्लको पूजनीय पिता तथा श्री खड्गकाली मा.वि. घुर्लिचौरको वि.व्य.स. को पूर्व अध्यक्ष, मा.वि. संस्थापक सदस्य, पूर्व शिक्षक एवम् विद्यालयको वर्तमान सल्लाहकार क्या. श्री समर बहादुर शाहीको गत मिति २०७८/५/३० गते उपचारको क्रममा ह्याम्स हस्पिटल, काठमाण्डौमा ६९ वर्षको उमेरमा भएको अप्रत्यासित र अकल्पनीय निधनले हाम्रो विद्यालय परिवारलाई निःशब्द र मर्माहत बनाएको छ ।
आफ्नो ३४ वर्षको निवृत्त भारतीय शैन्य जीवन पश्चात उहाँको अग्रसरतामा २०६५ सालबाट मा.वि. सञ्चालन, अंग्रेजी माध्यमबाट नर्सरी देखि ५ कक्षा सञ्चालनको नेतृत्व, विद्यालयको खेल मैदान तथा विद्यालय भवनको लागि जग्गा उपलव्ध लगायत समाजको लागि खानेपानी व्यवस्थापन, ग्रामिण मोटर बाटो, सामुदायिक भवन निर्माणको लागि जग्गा दान, भू.पू. सैनिकका पारिवारिक समस्याहरु समाधान जस्ता विद्यालय तथा समाजको प्रगतिका लागि हरपल चिन्तनशील, उर्जाशील, असल र अग्रज अभिभावक तथा सबैको मन मुटुमा बस्न सफल एउटा चम्किलो नक्षत्रको हामी माझबाट सदाको लागि अवसान हुनुभएकोले हाम्रो विद्यालय र समाजलाई अपूर्णनीय क्षति हुन पुगेको छ । उहाँको भौतिक शरिर यस धर्तीमा नरहेपनि उहाँले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक तथा सामाजिक पक्ष तर्फको चौतर्फी उन्नयनमा पुर्‍याउनुभएको प्रशंसनीय र अनुकरणीय महत्वपूर्ण देनहरु अजर अमर बनेर हाम्रो मानसपटलमा सदासर्वदा स्मरणको रुपमा रहिरहनेछ । 
यस दु:खद घडीमा आज १३ औं दिनको पुण्य तिथिमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलिकासाथ मृतात्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

श्री खड्गकाली मा. वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जा
(विद्यालय परिवार)

9/18/2021

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सम्बन्धि जरुरी सूचना

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सम्बन्धि जरुरी सूचना

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सम्बन्धि जरुरी सूचना
मिति: २०७८/०६/०२
आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाईबहिनीहरु,

विषय: भौतिक उपस्थितिमा कक्षा सञ्चालन बारे ।

प्रस्तुत विषयमा चापाकोट नगर शिक्षा समितिको मिति २०७८/०५/२३ गतेको निर्णय बमोजिम प्रकाशित सूचना अनुसार २०७८/०५/२७ गते आइतबारदेखि चापाकोट नगरपालिका भरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन भएको तर यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको सेवाक्षेत्र भित्र (घुर्लिचौर टोलमा) ज्वरो, तथा रुघा-खोकी जस्ता समस्याहरु विद्यामान रहेकोले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिएको जानकारी गराइन्छ । तर हाल नियन्त्रणको अवस्था भएकोले असार १ गतेदेखि सञ्चालित नियमित अनलाईन कक्षा स्थगित गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै यहि असौज ४ गते सोमबारदेखि नियमित रुपमा भौतिक उपस्थितिमेै सम्पूर्ण कक्षाहरु सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

पुनश्च: विद्यार्थीहरु विद्यालय आउँदा अनिवार्य विद्यालय पोशाक र मास्क लगाएर उपस्थित हुनुपर्नेछ ।

श्री खड्गकाली मा.वि.
(प्रधानाध्यापक)

8/22/2021

भावपूर्ण श्रद्वाञ्जली - श्री खिम बहादुर खाँण

भावपूर्ण श्रद्वाञ्जली - श्री खिम बहादुर खाँण

यस खड्गकालि मा.बि. चापाकोट-४, स्याङ्जाको पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिम बहादुर खाँणको असामायिक निधनको खबरले हामी सम्पूर्ण विद्यालय परिवारलाई स्तब्ध तुल्याएको छ । उहाँको आत्माको चिर शान्तीको कामना कामना सहिद भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारहरुमा भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

साथै, विद्यालय तथा समग्र समाजले विकासप्रेमी व्यक्तित्व गुमाउनु परेको पिडाको शोक मनाउँदै आज मिति २०७८ भाद्र ६ गते विद्यालयको सम्पूर्ण कार्यालयीय कामकाज तथा पठनपाठन (अनलाइन कक्षा समेत) सञ्चालन नहुने व्यहोरा सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

8/07/2021

खड्गकाली मा.वि.को विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) - २०७७ को नतिजा

खड्गकाली मा.वि.को विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) - २०७७ को नतिजा



विश्व महामारीको रुपमा फैलिएको कोभिड - १९ को कारण नेपाल सरकारद्वारा लकडाउन जारि गरिएको र माध्यमिक शिक्षा परीक्षा - २०७७ समेत स्थगित हुन पुगेको यहाँहरुलाई अवगत नै छ । उक्त विकराल परिस्थितिमा नेपाल सरकारको निर्देशन बमोजिम आन्तरिक मूल्याङ्कनद्वारा खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा अध्यनरत विद्यार्थीहरुको मुल्यांकन गरिएको र विद्यार्थीहरुले निम्नानुसार GPA प्राप्त गरेको जानकारी गराइन्छ । विद्यार्थीहरुले आफ्नो विषयगत Subjective GPA थाहा पाउनको निम्ति https://see.ntc.net.np/ मा लग इन गरि आफ्नो सिम्बोल नंबर र जन्म मिति राखेर हेर्न सकिने छ । अथवा, सम्पूर्ण विद्यार्थीहरुको रिजिल्ट हेर्न [##file-pdf-o## यो पिडिएफ फाइल] डाउनलोड गर्नुहोस् ।

7/10/2021

आइतबार देखि शुक्रबारसम्मको अनलाइन कक्षाको नयाँ समयतालिका

आइतबार देखि शुक्रबारसम्मको अनलाइन कक्षाको नयाँ समयतालिका

खड्गकाली मा.वि. चापाकोट-४ (घुर्लिचौर) स्याङ्जाको नयाँ अनलाइन कक्षा (Zoom Class) समयतालिका यस प्रकार रहेको छ । यदि स्पस्ट नदेखिएमा यहाँ क्लिक गरेर हेर्नुहोला ।

7/03/2021

भौतिक उपस्थितिमा पठनपाठन बन्द र अनलाइन कक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सूचना

भौतिक उपस्थितिमा पठनपाठन बन्द र अनलाइन कक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सूचना

आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाईबहिनीहरु,
यस श्री खड्गकाली मा.वि.चापाकोट - ४, घुर्लिचौरले शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना २०७८ जेठ २४ देखि अनलाईनबाट गर्दै असार १ गतेदेखि असार १५ गतेसम्म अनलाईन कक्षा सञ्चालन गरेको सबैलाई जानकारी नै छ । त्यस्तै चापाकोट नगरपालिकाको निर्देशन अनुसार असार १६ गतेबाट स्वास्थ्य मापदण्ड अपनाउदै भौतिक उपस्थितिमा नै जोर विजोर प्रणालीबाट सञ्चालन भएको नियमित कक्षालाई वर्तमान विषम परिस्थितिलाई पुन: मध्यनजर राख्दै  विद्यालयमा उपस्थित भएर गरिने सम्पूर्ण पठनपाठन कृयाकलाप भोलि मिति २०७८/३/२० गतेे आईतवारदेखि अर्को सूचना प्रकाशित नहुँदासम्म  स्थगित गरिएको छ र यस विषयम परिस्थितिमा अनलाईन कक्षा पुन: सञ्चालन गरिने व्यहोरा जानकारी गराईन्छ ।  अभिभावकहरुले आफ्ना बाबू नानीहरुलाई विद्यालयको अनलाईन कक्षाको समय तालिका अनुसार  सहभागी गराई अध्ययन गर्ने वातावरण मिलाई दिनु हुन र विद्यार्थीहरुले पनि समय तालिका अनुसार अनलाईन कक्षामा सहभागिता जनाई पढाईलाई निरन्तरता दिन समेत हार्दिक  अनुरोध गरिन्छ । यस सूचनाबाट पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौ ।
श्री खड्गकाली मा.वि चापाकोट-४, स्याङ्जा

6/29/2021

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सम्बन्धमा जरुरी सूचना

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सम्बन्धमा जरुरी सूचना

प्रस्तुत विषयमा चापाकोट नगरपालिका नगर शिक्षा समितिको २०७८/०३/०९ गतेको बैठकको निर्णय अनुसार चापाकोट नगरपालिका अन्तरगत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालय, संस्थागत विदयालय तथा समुदायमा आधारित बालविकास केन्द्रहरुले स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालयमा नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नुपर्ने निर्देशन भएकाले यस श्री खडगकाली मा.वि. चापाकोट-४, स्याङ्जामा तपसील अनुसार कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

6/23/2021

कक्षा ८ को सम्पूर्ण विषयको पाठ्यपुस्तकहरुको पिडिएफ डाउनलोड

कक्षा ८ का सम्पूर्ण पाठ्यपुस्तकहरु डाउनलोड गर्न तलको डाउनलोड लिंकमा क्लिक गर्नुहोस् । (alert-success)
  1. अंग्रेजी: Download
  2. नेपाली: Download
  3. गणित: Download
  4. सामाजिक: Download
  5. विज्ञान तथा वातावरण: Download
  6. स्वास्थ्य तथा शारीरिक: Download
  7. नागरिक तथा नैतिक: Download
  8. कम्प्युटर: (उपलब्ध छैन) तर पढ्नको लागि सबै पाठहरु Khadgakali Smart मा उपलब्ध हुनेछ ।
अपडेट
लोडिङ हुँदै छ...