6/11/2023

खड्गकाली मा.वि. परिवारको पित्लेक पिकनिक कार्यक्रम २०८० का केही अविस्मरणीय पलहरुको फोटो ग्यालरी

खड्गकाली मा.वि. परिवारको पित्लेक पिकनिक कार्यक्रम २०८० का केही अविस्मरणीय पलहरुको फोटो ग्यालरी


श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा स्थायी सेवामा प्रवेश एवं नब नियुक्त एवं हुनुभएका शिक्षकहरु डि.आर. भट्टराई आयुश, कोपिला के.सी. रोका र उम बहादुर गुरुङ (बिकास) द्वारा आयोजित सुन्दर पर्यटकीय गाउँ वालिङ-५, पित्लेक (पित्लेक अर्गानिक फार्म हाउस)को रमाइलो क्षणहरु कैद गरिएका तस्बिरहरू ।


6/10/2023

खड्गकाली मा.वि. परिवारको स्याङ्जा पित्लेक पिकनिक कार्यक्रम २०८० को भिडियो

खड्गकाली मा.वि. परिवारको स्याङ्जा पित्लेक पिकनिक कार्यक्रम २०८० को भिडियो

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा स्थायी सेवामा प्रवेश एवं नब नियुक्त एवं हुनुभएका शिक्षकहरु डि.आर. भट्टराई आयुश, कोपिला के.सी. रोका र उम बहादुर गुरुङ (बिकास) द्वारा आयोजित सुन्दर पर्यटकीय गाउँ वालिङ-५, पित्लेक (पित्लेक अर्गानिक फार्म हाउस)को रमाइलो भिडियो भ्ल्ग ।



6/09/2023

खड्गकाली मा.वि.मा आधारभूत र माध्यामिक तह स्तरीय अन्तरसदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा आधारभूत र माध्यामिक तह स्तरीय अन्तरसदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा अन्तरसदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न
खड्गकाली मा.वि.मा अन्तरसदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न
आज मिति २०८० जेठ २६ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बाल क्लबको आयोजनामा आधारभूत तह (कक्षा ४-७) र माध्यमिक तह (कक्षा ९-१०) स्तरीय अन्तरसदनात्मक हिज्जे (स्पेलिङ कन्टेस्ट) प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा आधारभूत र माध्यमिक दुबै तहका हरेक सदनहरुबाट चार/चार जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । विद्यार्थीहरुको बौद्धिक स्तर मापन गर्ने तथा उनीहरूमा शब्दभण्डार बढाउने उद्देश्यले अंग्रेजी शब्दकोशका लगभग ८० शब्दहरुको स्पेलिङ सोधेर उक्त कार्यक्रम सञ्चालन भएको थियो । प्रतियोगितामा बाग्मती सदनका आधारभूत तहबाट भाग लिने विद्यार्थीहरु मेलिना हिताङ, दिपसन थापा, इस्मी मल्ल र कल्पना कुँवर रहेका थिए भने माध्यमिक तहमा सलिना थापा, शर्मिला क्षेत्री, सोनिका थापा र संगम गुरुङ रहेका थिए । कोशी सदनबाट आधारभूत तहमा बिशुम खाँण, परी क्षेत्री, अन्जल कुँवर र नमन खाँण सहभागी थिए र माध्यमिक तहमा समीक्षा उच्चै, सीता थापा, करिना खाँण र आशिका खाँण रहेका थिए । त्यसैगरी कर्णाली सदनमा आधारभूत तहबाट सदिक्षा कुँवर, प्रशान्न खाँण, सलिना के.सी र सबिना गुरुङ रहेका थिए भने माध्यमिक तहबाट बिनिश खाँण, नोमिस्का गुरुङ, एन्जिता खाँण र अमर थापा रहेका थिए । गण्डकी सदनबाट भने आधारभूत तहमा निश्चल बि.सी., सुशान्त क्षेत्री, साया गुरुङ र सम्राट सिहं साथै माध्यमिक तहबाट मनिस बि.सी., स्मृति बि.सी., अप्सरा थापा र हिसिला गुरुङ सहभागी थिए ।
आधारभूत तहमा प्रथम गण्डकी सदन, द्वितीय कोशी सदन, तृतीय कर्णाली सदन र सान्त्वना बाग्मती सदन भएका छन् । माध्यमिक तहमा भने प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल सदनहरु क्रमशः कोशी सदन, कर्णाली सदन, गण्डकी सदन र बाग्मती सदन रहेका छन् । 
आधारभूत तहका हिज्जे प्रतियोगिता शिक्षक उम बहादुर गुरुङ (बिकास)ले भूमिका क्षेत्री, कोपिला बि.क. लगायत अन्य शिक्षकहरुको सहयोगमा सञ्चालन गरेका थिए भने माध्यमिक तहको प्रतियोगिता शिक्षक बिष्णु पौडेलले अतिरिक्त कृयाकलाप संयोजक गोकर्ण जि.सी., कोपिला के.सी. रोका लगायत अन्य शिक्षकहरुको सहयोगमा सञ्चालन गरेका थिए । प्रतियोगिता प्र.अ. लेस बहादुर खाँण, सहायक प्र.अ. पशुपति पौडेल र राजेन्द्र बहादुर थापाको संयुक्त सुपरिवेक्षणमा भव्यताको साथ सम्पन्न भएको थियो । हिज्जे प्रतियोगितामा उत्साहको साथ सहभागी भई विभिन्न स्थान सहित विजयी विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत हुनेछन् ।

6/05/2023

वातावरण दिवसको अवसरमा खड्गकाली मा.वि. मा आयोजित कार्यक्रमहरुको केही झलकहरु

वातावरण दिवसको अवसरमा खड्गकाली मा.वि. मा आयोजित कार्यक्रमहरुको केही झलकहरु

"प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं: वातावरणमैत्री विकल्पको उपयोग गरौं" भन्ने नाराका साथ जुन ५ विश्व वातावरण दिवसको अवसरमा आज खड्गकाली मा.वि. रेड्क्रस जुनियर सर्कलद्वारा आयोजित वृक्षारोपण, सरसफाइ एवं प्ले कार्ड प्रदर्शन सहितको सचेतनामूलक कार्यक्रमको केही झलकहरु 🌱

5/25/2023

खड्गकाली मा.वि. मा शैक्षिक सत्र २०८० को कक्षा ४ मा अध्यनरत विद्यार्थीहरु कम्प्युटर प्रयोगशालामा कम्युटर प्रयोग गर्दै

खड्गकाली मा.वि. मा शैक्षिक सत्र २०८० को कक्षा ४ मा अध्यनरत विद्यार्थीहरु कम्प्युटर प्रयोगशालामा कम्युटर प्रयोग गर्दै

5/22/2023

कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको निम्ति विद्यालय पोषण तथा जुकाको औषधी खुवाउने कार्यक्रम सम्पन्न

कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको निम्ति विद्यालय पोषण तथा जुकाको औषधी खुवाउने कार्यक्रम सम्पन्न

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८० जेठ ८ गते सोमबार मल्याङ्कोट स्वास्थ्य चौकी चापाकोट–४, दार्सिङको सहजीकरणमा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको निम्ति स्वास्थ चेतनामूलक कार्यक्रम अन्तर्गत 'विद्यालय पोषण तथा जुकाको औषधी खुवाउने कार्यक्रम' सम्पन्न भएको छ ।

खड्गकाली मा.वि. परिवारको स्याङ्जा गह्रौंसुरको गह्रौंकालिका दर्शन तथा पिकनिक कार्यक्रम २०८० को भिडियो

खड्गकाली मा.वि. परिवारको स्याङ्जा गह्रौंसुरको गह्रौंकालिका दर्शन तथा पिकनिक कार्यक्रम २०८० को भिडियो

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाका अत्यन्त कर्मशिल, मिजासिलो, इमान्दार एवम् लोकप्रिय प्र.अ. लेस बहादुर खाँण प्राथमिक तहको प्रथम श्रेणीमा बढुवा हुनुभएको खुसियालीमा गह्रौंकालिका देवी दर्शन तथा भ्रमण कार्यक्रमको रमाइलो क्षण समेटिएको भिडियो हेरेर मनोरञ्जन लिनुहोला ।

अपडेट
लोडिङ हुँदै छ...