4/17/2023

कक्षा ८ को आधारभूत तह परीक्षा २०७९ (BLE 2079) को नतिजा

कक्षा ८ को आधारभूत तह परीक्षा २०७९ (BLE 2079) को नतिजा

प्रस्तुत विषयमा शैक्षिक सत्र २०७९ को चैत्र ५ गतेदेखि १३ गतेसम्म सञ्चालित कक्षा ८ को आधारभूत तह परीक्षा–२०७९ (BLE - 2079) मा चापाकोट नगरपालिका नगर स्तरीय परीक्षा समितीको २०८०/०१/०४ को निर्णयबमोजिम श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, (घुर्लिचौर) स्याङ्जाबाट तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ । (alert-success)



4/13/2023

नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गते शुक्रवार सार्वजनिक विदा सम्बन्धमा सूचना

नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गते शुक्रवार सार्वजनिक विदा सम्बन्धमा सूचना

श्री जो जससंग सम्बन्ध राख्दछ ।

विषय (Sub): सार्वजनिक विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गते शुक्रवार सार्वजनिक विदा हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक एवं सरोकारवालाहरुमा जानकारी गराइन्छ ।
पुनश्चः
  • नयाँ वर्ष २०८० को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक एवम् सरोकारवालाहरुमा सुख, शान्ति, सुस्वास्थय, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हादिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
  • २০८০ वैशाख ३ गते आइतवारदेखि विद्यालय खुल्ने र ४ गते सोमबारदेखि नियमित पठनपाठन हुनेछ ।

4/09/2023

खड्गकाली मा.वि.मा शेैक्षिक सत्र २०८० को लागि कक्षा नर्सरी देखि कक्षा १० सम्म भर्ना खुल्यो

खड्गकाली मा.वि.मा शेैक्षिक सत्र २०८० को लागि कक्षा नर्सरी देखि कक्षा १० सम्म भर्ना खुल्यो

बिगत ६० वर्ष देखि विशुद्ध शैक्षिक विकासमा समर्पित र स्याङ्जा जिल्लाको शैक्षिक इतिहासमा गुणस्तरीय शिक्षाको छबि प्रदान गर्न सफल साथै विगतका माध्यमिक तह परीक्षा (SEE) र आधारभूत तह परीक्षा (BLE) मा उत्कृष्ट नतिजासमेत दिइसकेका यस श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, ब्यवहारिक तथा निःशुल्क एवम् सर्व सुलभ शिक्षाको लागि सुरक्षित तथा आकर्षक बिद्यालय भवन, खेलकुद, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर र आइसिटी, प्रयाप्त शैक्षिक सामाग्री लगायत आधुनिक प्रविधिले सज्जित सम्पूर्ण भौतिक पूर्वाधार तथा सुविधाहरूमा ब्यापक लगानी गर्दै हाल २०८० को नयाँ शैक्षिक सत्रको निम्ति मिति २०७९ चैत २७ गतेबाट कक्षा नर्सरीदेखि कक्षा १० सम्म भर्ना खुलेको कुरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सहर्ष जानकारी गराउन चाहन्छौं । कक्षा नर्सरीदेखि कक्षा ५ सम्म निःशुल्क अंग्रेजी माध्यमबाट पठनपाठन हुने र अन्य कक्षाहरूमा सर्वसुलभ अतिरिक्त कक्षा लगायत प्रविधि उन्मुख गुणस्तरीय शिक्षामा समर्पित यस बिद्यालयमा समयमै भर्ना भई सिट सुरक्षित गर्नुहोला ।

हाम्रा विशेषताहरुः
  • आधुनिक युग सुहाउँदो शिक्षण पद्दति हरुको पूर्ण अवलम्बन गरिने ।
  • कम्प्युटर, स्मार्ट बोर्ड, मल्टिमिडिया प्रोजेक्टर, विद्यालयले विकास गरेको शैक्षिक पोर्टल र मोबाइल एप तथा आधुनिक आइसिटी प्रविधिको माध्यमबाट पठन-पाठन गराइने ।
  • बालमैत्री, स्वच्छ र आरामदायी कक्षाकोठा, खानेपानी र शौचालयहरूको व्यवस्था ।
  • जीवनोपयोगी शिक्षामा विशेष जोड दिइ बाल मनोविज्ञान तथा आधुनिक शिक्षण पद्दति हरुको अवलम्बन र योग्य तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने ।
  • विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्वि गर्न नियमित परीक्षा तथा उपलब्धी मापनको विविध अवधारणाहरू आत्मसाथ गरिने ।
  • प्रत्येक शुक्रबार चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डरको आधारमा अतिरिक्त कृयाकलाप सञ्चालन गरिने ।
  • विद्यार्थीहरुको सामाजिक भावनाको विकास, नेतृत्व कला तथा हक हितको उठानको निम्ति बालिका मैत्री समिति, वाल क्लव, रेडक्रस तथा अन्य संगठनहरुको गठन गरिने ।
  • गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षय कोषद्वारा छात्रावृत्ति प्रदान गरिने ।
  • आधारभूत तहसम्मका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयकै चमेना गृहमा पोसिलो दिवा खाजाको व्यवस्था हुने ।
  • नगर स्तरिय तथा माध्यमिक शिक्षा परिक्षा (SEE), आधारभूत तह परीक्षा (BLE) र विद्यालय उत्कृष्ट नतिजा ल्याउनेलाई विद्यालयद्वारा पुरस्कृत गरिने ।
  • शिक्षक, विद्यार्थी र अभिभावहरुबिच त्रिकोणात्मक सम्बन्ध स्थापना गर्न समयसमयमा अन्तरक्रिया कार्यक्रम गरिरहने ।
  • अतिरिक्त कक्षा (टिउसन तथा कोचिङ) को व्यवस्था र कुनै पनि पिरियड खाली नहुने गरि लिजर पिरियड व्यवस्थापन गरिने ।
  • निरन्तर विद्यार्थी सुरक्षा तथा निगरानीको निम्ति विद्यालयको सम्पूर्ण हाताभित्र २४ सै घण्टा सेक्युरिटी क्यामेराको व्यवस्था गरिएको ।
पुनश्च: भर्ना गर्न आउँदा हरेक विद्यार्थीहरुले पुरानो पाठ्यपुस्तकको साथमा अभिभावक अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ र विद्यार्थी आचार संहिता फारम भरेपछि मात्र भर्ना गरिनेछ । भर्ना भएपश्चात सम्पूर्ण विद्यार्थीहरुलाई निःशुल्क नयाँ पाठ्यपुस्तक वितरण गरिने छ । कक्षा सञ्चालन २०८० वैशाख ४ गतेबाट हुने कुरा सहर्स जानकारी गराइन्छ ।
थप जानकारीको लागि विद्यालय प्रशासनमा सम्पर्क राख्नुहोला अथवा 9804176284 वा 9844943633 मा सम्पर्क गर्नुहोला ।
खड्गकाली मा.वि. को २०७९ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षाको नतिजा

खड्गकाली मा.वि. को २०७९ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षाको नतिजा

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि.को शैक्षिक सत्र २०७९ चैत्र ५ गतेदेखि चैत्र १३ गतेसम्म सञ्चालित वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।









नोटः आधारभूत तह परीक्षा (कक्षा ८) को रिजल्ट पछि प्रकाशित हुने छ र रिजल्ट प्रकाशित भएका सम्पूर्ण विद्यार्थीहरुलाई मिति २०७९ चैत्र २७ गतेबाट भर्ना खुलेको जानकारी गराइन्छ । 

4/04/2023

ढाकाराम भट्टराई - शिक्षक

ढाकाराम भट्टराई - शिक्षक

ढाकाराम भट्टराई (आयुस) श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्थ्यो। उहाँ २०७९ चैत्र २१ देखि २०८१ पुस ४ गतेसम्म प्रा.वि. शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्थ्यो ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला, साहित्य, गायन तथा सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: ढाकाराम भट्टराई (आयुस)
  • जन्म मिति: २०५० जेठ २५
  • स्थायी ठेगाना: गल्याङ न.पा.-११, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२२०२९/३३५
  • शैक्षिक योग्यता: स्नातक (गणित, कानून) स्नातकोत्तर (जनप्रशासन, राजनीति शास्त्र)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ चैत्र २१
  • तह: प्रा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9846220703
  • इमेल: dhakarambhattarai@gmail.com
  • सामाजिक सञ्जाल

4/03/2023

बालसिद्व मावि, केवरेमा तेस्रो दिन एसइइ पश्चात शुभकामना तथा हौसला प्रदान गर्ने क्रममा लिइएको अभिभावक, शिक्षक एवम् विद्यार्थीहरुको सामूहिक तस्बिर

बालसिद्व मावि, केवरेमा तेस्रो दिन एसइइ पश्चात शुभकामना तथा हौसला प्रदान गर्ने क्रममा लिइएको अभिभावक, शिक्षक एवम् विद्यार्थीहरुको सामूहिक तस्बिर

बालसिद्व मा.वि., केवरेमा तेस्रो दिन नेपाली विषयको माध्यमिक शिक्षा परीक्षा (एसइइ २०७९) पश्चात शुभकामना तथा हौसला प्रदान गर्ने क्रममा लिइएको खड्गकाली माविका अभिभावक, शिक्षक एवम् विद्यार्थीहरुको सामूहिक तस्बिर । सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई आशिर्वाद तथा शुभकामना ।

3/21/2023

खड्गकाली मा.वि.मा नगरपालिका परीक्षा अनुगमन समितिद्वारा परीक्षाको अनुगमन तथा निरीक्षण

खड्गकाली मा.वि.मा नगरपालिका परीक्षा अनुगमन समितिद्वारा परीक्षाको अनुगमन तथा निरीक्षण

आज मिति २०७९ चैत्र ७ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, (घुर्लिचौर) स्याङ्जामा चापाकोट नगरपालिका परीक्षा अनुगमन समितिद्वारा आधारभूत तह परीक्षा एवम् नगरस्तरीय वार्षिक परीक्षाको अनुगमन तथा निरीक्षण भएको भएको छ ।
अपडेट
लोडिङ हुँदै छ...