2/16/2022

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा सम्बन्धमा जरुरी सूचना

प्रस्तुत विषयमा गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/११/३ गतेको निर्णय बमोजिम गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा आज मिति २०७८ साल फागुन ४ गते बुधबारका दिन गण्डकी प्रदेशभरका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ/संस्था एवं शिक्षण संस्था समेतमा सार्वजनिक विदा दिने निर्णय भएको हुँदा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा पनि आज १ दिन पठनपाठन बन्द रहने कुरा सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।

प्र.अ.
लेस बहादुर खाँण

2/12/2022

फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन सम्बन्धमा जरुरी सूचना

आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाईबहिनीहरु,

विषय: भौतिक रुपमा कक्षा सञ्चालन सम्बन्धमा

प्रस्तुत विषयमा विश्वव्यापी रुपमा फेैलिएको कोभिड-१९ (ओमिक्रोन भेरियन्ट) को उच्च जोखिमको कारण मिति २०७८/१०/२ गतेदेखि यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौरमा निरन्तर रुपमा सञ्चालन भैराखेको अनलाईन कक्षा स्थगित गरी स्वास्थ्य मापदण्ड अपनाउँदै मिति २०७८/११/१ गते आईतवारदेखि भौतिक रुपमा नै कक्षा सञ्चालन गरिने व्यहोरा जानकारी गरिन्छ ।

प्र.अ.
श्री खड्गकाली मा.वि

2/06/2022

सरस्वती मया दृष्टा (Saraswati Maya Drista)

सरस्वती मया दृष्टा (Saraswati Maya Drista)

मिति २०७८ माघ २३ गते आइतबार सरस्वती पूजाको निम्ति विद्यालय विदा सम्बन्धि सूचना
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। १।।

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।। २ ।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।। ३।।

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।। ४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।। ५।।

2/05/2022

भोलि मिति २०७८ माघ २३ गते आइतबार सरस्वती पूजाको निम्ति विद्यालय विदा सम्बन्धि सूचना

भोलि मिति २०७८ माघ २३ गते आइतबार सरस्वती पूजाको निम्ति विद्यालय विदा सम्बन्धि सूचना

मिति २०७८ माघ २३ गते आइतबार सरस्वती पूजाको निम्ति विद्यालय विदा सम्बन्धि सूचना
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा गत माघ २ गतेदेखि कोभिड-१९ को उच्च जोखिमको कारण भौतिक कक्षाहरु बन्द भई अनलाइन कक्षाहरु सञ्चालन भैरहेको कुरा यहाँहरुलाई अवगत नै छ । भोली मिति २०७८ माघ २३ गते आइतबार श्रीपञ्चमी (सरस्वती पूजा) को दिन पनि विद्यालयमा उपस्थित भई पूजाआजा गर्न सहज परिस्थिति नरहेकोले सम्पूर्ण विद्यार्थीहरुलाई आ-आफ्नै घरमा भक्तिभावको साथ सरस्वती पूजा गर्नुहुन अनुरोध छ । साथै, भोली एक दिन अनलाइन कक्षा समेत बन्द हुने कुरा पनि जानकारी गराइन्छ ।
पुनश्च: भौतिक उपस्थितिमा पठनपाठन सम्बन्धमा अर्को सूचना सम्प्रेषण हुनेछ ।
 प्र.अ.
लेस बहादुर खाँण

1/30/2022

अनलाईन कक्षा निरन्तरता सम्बन्धमा सूचना

आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाईवहिनीहरु

विषय: अनलाईन कक्षा निरन्तरता सम्बन्धमा

प्रस्तुत विषयमा विश्वव्यापी कोभिडको कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिएको विषम परिस्थितिमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौरमा सञ्चालन भैराखेको अनलाईन कक्षा मिति अर्को सूचना नआएसम्म निरन्तरता दिईने व्यहोरा जानकारी गरिन्छ ।
पुनश्च: अनलाईन कक्षामा सहभागी हुन बाँकि विद्यार्थीहरुलाई पनि अभिभावकहरुले सहजीकरणको भूमिका निर्वाह गर्नुभई आफ्ना वावु-नानिहरुलाई अनलाईन
कक्षामा सहभागिता गराई दिनु हुनसमेत विनम्र अनुरोध छ ।

                 (प्र.अ.)
                        श्री खड्गकाली मा.वि.चापाकोट-४

1/22/2022

माघ ७ गते शुक्रबारको दिन छुट भएकाहरुले कोभिड-१९ विरुद्ध दोस्रो डोज खोप लगाउने सम्बन्धमा जरुरी सूचना ।

आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाईवहिनीहरु

विषय: कोभिड-१९ विरुद्ध दोस्रो डोज खोप लगाउने सम्बन्धमा

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौरमा अध्ययनरत १२-१७ उमेर समूहका यहि पुस ५ र ६ गते कोभिड विरुद्धको पहिलो डोज खोप लगाएका तर दोस्रो डोज खोप लगाउन बाँकी विद्यार्थीहरुलाई निम्न अनुसारको मिति, समय र स्थानमा खोप कार्डसहित विद्यालयको पोशाकमा उपस्थितिका लागि अनुरोध गरिन्छ ।
  • मिति: २०७८ माघ ९ गते आइतबार
  • समय: १०:०० वजे
  • स्थान : मल्याङ्कोट स्वास्थ्य चौकी, दार्सिङ
पुनश्च:
  • अनिवार्य रुपमा मास्कको प्रयोगसहित स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।
  • सम्बन्धित विद्यार्थीलाई सूचना पुर्‍याई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।
  • लामडाँडा र भन्टावारीको बाहेक सबै विद्यार्थी हाम्रै विद्यालयमा ठिक ९:०० बजे उपस्थित अनुरोध गरिन्छ ।
प्र.अ.
श्री खड्गकाली मा.वि., चापाकोट-४

1/19/2022

कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउने सम्बन्धमा जरुरी सूचना

आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाईवहिनीहरु

विषय: कोभिड-१९ विरुद्ध दोस्रो डोज खोप लगाउने सम्बन्धमा
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौरमा अध्ययनरत गत पुस ५ र ६ गते कोभिड विरुद्धको पहिलो डोज खोप लगाएका १२-१७ वर्ष उमेर समूहका सम्पूर्ण विद्यार्थीहरुलाई दोस्रो डोज खोप लगाउन तपसील अनुसारको मिति, समय र स्थानमा खोप कार्डसहित विद्यालयको पोशाकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ ।
  • मिति: २०७८ माघ ७ गते शुक्रवार
  • समय: १०:०० वजे
  • स्थान : मल्याङ्कोट स्वास्थ्य चौकी दार्सिङ
पुनश्च:
  • अनिवार्य रुपमा मास्कको प्रयोगसहित स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।
  • माघ ७ गतेको कक्षा ६-१० को अनलाईन कक्षा बन्द हुनेछ ।
  • सम्बन्धित विद्यार्थीलाई सूचना पुर्‍याई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।
  • लामडाँडा र भन्टावारीको वाहेक सबै विद्यार्थी हाम्रै विद्यालयमा ठिक ९:०० बजे उपस्थित अनुरोध गरिन्छ ।
                                                
                                        प्र.अ.
                       श्री खड्गकाली मा.वि., चापाकोट-४
अपडेट
लोडिङ हुँदै छ...