1/16/2022

खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको अनलाइन कक्षाको कक्षागत समयतालिकाहरु

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको अनलाइन कक्षाको समयतालिका यस प्रकार रहेको छ । विद्यार्थीहरु दिनहुँ कक्षा सुरु हुने समय भन्दा कम्तिमा ५ मिनेट अगाडी जोइन भएर पर्खिएर बस्नुपर्नेछ । केही काम विशेषले पहिलो सिफ्टको शिक्षक उपस्थित हुन सक्नुभएन भने पनि विद्यार्थीहरु दोस्रो सिफ्टमा अनिवार्य उपस्थित हुनुपर्छ ।

कक्षा ६

कक्षा ६  Zoom Passcode = student

बार

१०:३० ११:१०

११:२० १२:००

१२:१० - १२:५०

आइतबार

नेपाली

 86488845991

अंग्रेजी

78519440536

गणित

 85247136110

सोमबार

विज्ञान

 75696624121

सामाजिक

78950993051

कम्प्युटर

 72072623814

मंगलबार

स्वास्थ्य

 89484977638

अंग्रेजी 78519440536

नेपाली

 86488845991

बुधबार

गणित

 85247136110

विज्ञान 75696624121

सामाजिक

 78950993051

विहिबार

कम्प्युटर

 72072623814

स्वास्थ्य 89484977638

नेपाली

 86488845991

शुक्रबार

 

अंग्रेजी

 78519440536

गणित 85247136110

विज्ञान

 75696624121

कक्षा ७

कक्षा ७  Zoom Passcode = student

बार

१०:३० ११:१०

११:२० १२:००

१२:१० - १२:५०

आइतबार

अंग्रेजी

 75927305583

विज्ञान 76075343332

नेपाली

 87933819374

सोमबार

गणित

 87892012208

स्वास्थ्य

84799439823

सामाजिक

 72280003870

मंगलबार

कम्प्युटर

 71355972116

पेशा 81491277506

नैतिक

 88143886456

बुधबार

अंग्रेजी

 75927305583

नेपाली

87933819374

विज्ञान

 76075343332

विहिबार

गणित

 87892012208

सामाजिक 72280003870

स्वास्थ्य

 84799439823

शुक्रबार

 

नैतिक

 88143886456

कम्प्युटर

71355972116

पेशा

 81491277506

कक्षा ८

कक्षा ८  Zoom Passcode = student

बार

१०:३० ११:१०

११:२० १२:००

१२:१० - १२:५०

आइतबार

सामाजिक

 78168414522

नेपाली 85858605209

अंग्रेजी

 74770107513

सोमबार

गणित

 76162939672

विज्ञान

77849719076

पेशा

 87181055571

मंगलबार

नैतिक

 88030009591

स्वास्थ्य

89293387148

कम्प्युटर

 72170273766

बुधबार

सामाजिक

 78168414522

अंग्रेजी

 74770107513

नेपाली

 85858605209

विहिबार

गणित

 76162939672

विज्ञान

77849719076

पेशा

 87181055571

शुक्रबार

 

नैतिक

 88030009591

स्वास्थ्य

89293387148

कम्प्युटर

 72170273766

क्षा ९

कक्षा ९  Zoom Passcode = student

बार

१०:३० ११:१०

११:२० १२:००

१२:१० - १२:५०

आइतबार

गणित

 8156640 2148

नेपाली

83229067591

विज्ञान

88470661922

सोमबार

स्वा.ज.वा.शि.

 89070162087

अंग्रेजी 76682813934

शिक्षा 75834701368

मंगलबार

अर्थशास्त्र  76523980535,

ऐ. गणित  81566402148

सामाजिक

73486175660

गणित

815 6640 2148

बुधबार

नेपाली

 83229067591

विज्ञान

 88470661922

स्वा.ज.वा.शि.

 89070162087

विहिबार

अंग्रेजी

 76682813934

अर्थशास्त्र  76523980535,

ऐ. गणित  81566402148

शिक्षा

75834701368

शुक्रबार

 

सामाजिक

 73486175660

अंग्रेजी

 76682813934

गणित

83426413550

कक्षा १०

कक्षा १०  Zoom Passcode = student

बार

१०:३० ११:१०

११:२० १२:००

१२:१० - १२:५०

आइतबार

शिक्षा

71947480783

गणित

834 2641 3550

नेपाली

 87132661576

सोमबार

विज्ञान

85711911964

स्वा.ज.वा.शि. 86382008662

अंग्रेजी

 72047737110

मंगलबार

सामाजिक 78269599601

अर्थशास्त्र  78835618039,

ऐ. गणित  82496105908

नेपाली

 83229067591

बुधबार

गणित

834 2641 3550

स्वा.ज.वा.शि.

 89070162087

विज्ञान

 88470661922

विहिबार

शिक्षा

 75834701368

अंग्रेजी

 76682813934

अर्थशास्त्र  76523980535,

ऐ. गणित  81566402148

शुक्रबार

 

गणित 83426413550

सामाजिक 73486175660

अंग्रेजी

 834 2641 3550

 

भौतिक उपस्थितिमा पठनपाठन बन्द र अनलाइन कक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सूचना

भौतिक उपस्थितिमा पठनपाठन बन्द र अनलाइन कक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सूचना

श्री सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावक ज्यूहरु,

विषय :- जानकारी सम्बन्धमा ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको मिति २०७८/१०/०२ को सूचना अनुसार चापाकोट नगरपालिका अन्तरगत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय र समुदायमा आधारित बालविकास केन्द्रहरुमा कोभिड-१९ संक्रमणको जोखिम तथा ओमिक्रोन भेरियन्ट फैलिन सक्ने उच्च सम्भावना भएकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै मिति २०७८/१०/०२ गते देखि २०७८/१०/१५ गते सम्म यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौरमा भौतिक उपस्थितिमा विद्यार्थी पठनपाठन बन्द हुने र सिकाई सहजिकरण निर्देशिका २०७७ बमोजिम कक्षा नर्सरी देखि ५ सम्म विद्यालयले विकास गरेको सिकाई प्लेटफर्म Khadgakali Smart मोबाइल एप साथै, कक्षा ६ देखि १० सम्म अनलाइन र मोबाइल एप दुबै माध्यमबाट सिकाई सहजीकरण हुने व्यहोरा जानकारी गराइन्छ ।
पुनश्च: सम्पूर्ण विद्यार्थी भाइवहिनीहरु आफ्ना कक्षा शिक्षकहरुको सम्पर्कमा आउन तथा अभिभावकहरुले आफ्ना विद्यार्थीहरुलाई अनलाइन कक्षाको लागि आवश्यक पूर्वाधार तयार गराइदिनुहुन अनुरोध छ ।

1/10/2022

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक विदा

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक विदा

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक विदा
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., घुर्लिचौरमा चापाकोट नगरपालिकाको मिति २०७८ पौष २६ गतेको सूचना बमोजिम यहि पौष २७ गतेका दिन राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका गराईन्छ ।

1/08/2022

खड्गकाली मा.वि.मा अर्धवार्षिक परीक्षा २०७८ को नतिजा प्रकाशित

खड्गकाली मा.वि.मा अर्धवार्षिक परीक्षा २०७८ को नतिजा प्रकाशित

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०७८ पुस २३ गते शैक्षिक सत्र २०७८ को अर्धवार्षिक परिक्षाको परिक्षाफल प्रकाशन, प्रगति विवरण र पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
विद्यालयका शिक्षक पशुपति पौडेल र गोकर्ण जिसीद्वारा सञ्चालित उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका व्याक्तित्व, राजनितीक दलका पदाधिकारी, विद्यार्थी, अभिभावक, व्यवस्थापन समितिका सदस्य, टोल शिक्षा समितिका सदस्यहरु, बाल क्लव, संस्थापक सदस्य, नगर समितिहरु, छिमेकी विद्यालयका प्र.अ. तथा शिक्षकहरु एवं अन्य अतिथिहरुको उल्लेख्य उपस्थिति रहेको थिए । कार्यक्रममा विद्यालयका शिक्षक संगिता पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । 
विद्यालयको शैक्षिक गुणस्तरमा अपेक्षित परिवर्तन ल्याउनको लागि विद्यार्थीहरु हरसम्भव कोशिश गरिरहनुपर्ने र अभिभावहरुले पनि सोही अनुरुप वातावरण सिर्जना गर्नुपर्ने कुरामा जोड दिँदै शिक्षक गोकर्ण जिसिले शुभकामना मनतव्य दिनुभयो । उहाँले विद्यालयमा शिक्षक, विद्यार्थी र अविभावकहरु बिच प्रत्यक्ष सम्बन्ध कायम हुनुपर्ने र यी तिनै पक्षको सन्तुलनमा मात्र विद्यालयको शैक्षिक गुणस्तरको परिकल्पना गर्न सकिने कुरा स्पस्ट पार्नुभयो । साथै, पछिल्लो समयमा विद्यार्थीहरुमा देखिन थालेको प्रविधिहरुको दुरुपयोग सम्बन्धमा यसबाट विद्यार्थीको पढामा हुनसक्ने सम्भावित नोक्सानी बारे समस्त विद्यार्थी र अभिभावहरुलाई सचेत गराउँदै यसको सही सदुपयोग गर्न सुझाव दिनुभयो ।
विशिष्ट अतिथीको रुपमा उपस्थिति हुनुभएको चापाकोट वडा नं ४ का वडाध्यक्ष नारायण पौडेलले स्थापना कालमा विद्यालयको नाजुक स्थित र आफूहरुले भोग्नुपरेको अभावहरु स्मरण गर्दै विद्यालयको आजको अवस्थासम्म आइपुग्दा निकै सुखद अनुभूति गर्दै आफूहरु विद्यालयको हर क्षेत्रमा सहयोगमा तत्परता रहेको प्रतिबद्धता जाहेर गर्नुभयो । प्रमुख अतिथीको रुपमा रहनुभएको बिक्रम बहादुर सारुले विद्यालय प्रती शुभेच्छा प्रकट गर्दै बन्दै गरेको सरस्वती मन्दिरको लागि नगद रु. ५५५५/- सहयोग गर्नुभयो ।
छात्रछात्राहरुको तर्फबाट कक्षा १० का छात्र सुबास बहादुर पौडेलले विद्यार्थीको क्षैक्षिक उपलब्धि सुधारको निम्ति अभिभावकहरु आफूहरुको प्रगतिको स्तर जाँचबुझ गर्न नतिजा प्रकाशनको बखत मात्र नभएर समयसमयमा जागरुक भैररहनुपर्ने कुरा व्यक्त गरे । उनले सम्पूर्ण विद्यार्थीहरुको प्रतिनिधि बनेर विद्यालयको केही जीर्ण भौतिक पक्षहरुको मर्मत सम्भारका लागि व्यवस्थापन पक्षलाई जागरुक पनि गराए ।
कार्यक्रममा विद्यालयको नि.प्र.अ. राजेन्द्र बहादुर थापाले शैक्षिक सत्र २०७८ सालको हालसम्मको आय-व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो । 
कार्यक्रममा विद्यालको प्र.अ. लेसबहादुर खाँणले उतिर्ण भएको विद्यार्थीहरुलाई बधाई दिनुभयो । अनुतिर्ण भएको विद्यार्थीलाई सान्त्वना दिँदै अझै पनि प्रगति गर्न समय बाँकी रहेको र गम्भीरताका साथ पढाईमा लाग्न सुझाव दिनुभयो । उहाँले खड्गकाली मा.वि. मा बन्न गइरहेको सरस्वती मन्दिर निर्माणको लागि स्वेच्छिक सहयोगको तत्परता देखाउनुभएको दानविरहरुको संक्षिप्त विवरण प्रस्तुत गर्दै आभार प्रकट गर्नुभयो ।  

कार्यक्रमको बिच बिचमा विद्यार्थीहरुबाट विभिन्न सांस्कृतिक कार्यक्रम र थरिथरिका प्रतिभाहरु प्रस्तुत भयो । कक्षा नर्सरीदेखी कक्षा दससम्म विद्यार्थीहरुको नतिजा सुनुवाइ भयो र नतिजा सुनवाइ संगै सम्पूर्ण उतिर्ण र विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण भयो । 
कार्यक्रमको अन्त्यमा सभापतिको रुपमा रहनुभएको विव्यसका अध्यक्ष तिलक खाँणले अभिभावकहरुलाई आफू व्यवस्थापन समितिको अध्यक्ष भएको हैसियतले आफ्नो जिम्मेवारी हरसम्भव पूरा गरेको कुरा स्पस्ट पार्दै अभिभावकहरुलाई विद्यालयमा नियमित रुपमा आफ्नो विद्यार्थीहरुको शैक्षिक स्तर बुझिरहन अनुरोध गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको समाप्ति पश्चात हरेक कक्षामा विद्यार्थी, अविभावक, कक्षा शिक्षक, प्र.अ र अन्य विव्यसका सदस्यहरु बिच विद्यार्थीको प्रगति सम्बन्धमा अन्तर्कृया तथा प्रोग्रेस कार्ड वितरण भयो ।
अपडेट
लोडिङ हुँदै छ...