विद्यार्थीहरुमा सफा, सुग्घर, शुद्ध र सुन्दर हस्त लेखन कला विकास गर्नको निम्ति सम्पूर्ण कक्षाहरुलाई समेट्ने गरि आयोजना गरिएको उक्त प्रतियोगिता बाल क्लबको अध्यक्ष परी क्षेत्रीको अध्यक्ष्यतामा सुचारु भएको थियो भने प्रमुख अतिथिमा विद्यालयको प्र.अ. लेस बहादुर खाँण रहनुभएको थियो ।
कक्षा १-३ को सुन्दर अंग्रेजी लेखनमा कक्षा ३ को छात्र गौसम खाँणको लेखन उत्कृष्ट भएको छ । कक्षा ४-५ मा भने कक्षा ५ का छात्रा सृष्टि बि.क.को लेखन उत्कृष्ट छनोट भयो । त्यसैगरी, कक्षा ६-८ को सुन्दर नेपाली लेखनमा कक्षा ९ का छात्रा इस्मी मल्लको लेखन उत्कृष्ट भएका छन् भने कक्षा ९-१० मा कक्षा १० का छात्रा करिना खाँणको लेखन उत्कृष्ट छनोटमा पर्न सफल भएका छन् ।
कार्यक्रम सञ्चालन वालक्लबको सचिव इस्मी मल्लद्वारा भएको थियो । उत्कृष्ट छनोट हुन सफल सम्पुर्ण विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत गरेको छ ।