2026-09-30

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्वारा खड्गकाली मा.वि. मा छात्रवृत्ति वितरण

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्वारा खड्गकाली मा.वि. मा छात्रवृत्ति वितरण

आज मिति २०८३ असोज १४ गते बुधबारका दिन श्री खड्गकाली माध्यमिक विद्यालय (चापाकोट-४, घुर्लिचौर, स्याङ्जा) मा छात्रवृत्ति वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
​डिप्रोक्स लघुवित्त वित्तीय संस्था (Deprosc Microfinance Financial Institution Ltd.) वालिङ शाखाको आयोजनामा विद्यालयका दलित तथा विपन्न वर्गका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
​कार्यक्रममा संस्थाका वालिङ शाखा प्रबन्धकज्यूले विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा रेखा बि.क.लाई नगद रु. ५,०००/- (पाँच हजार रुपैयाँ) छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो।
​विद्यार्थीको अध्ययनमा हौसला प्रदान गर्दै सहयोग गर्नुभएकोमा श्री खड्गकाली माध्यमिक विद्यालय परिवार डिप्रोक्स लघुवित्त वित्तीय संस्था (वालिङ शाखा) तथा शाखा प्रबन्धकज्यूप्रति हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछ।
खड्गकाली माध्यमिक विद्यालयमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. (HPV) खोप कार्यक्रम सम्पन्न

खड्गकाली माध्यमिक विद्यालयमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. (HPV) खोप कार्यक्रम सम्पन्न

आज मिति २०८३ असोज १४ गते बुधबारका दिन यस श्री खड्गकाली माध्यमिक विद्यालय (चापाकोट-४, घुर्लिचौर, स्याङ्जा) मा पाठेघरको मुखको क्यान्सर विरुद्धको 'एच.पि.भी.' (HPV) खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
​मल्याङ्कोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको प्राविधिक सहजीकरणमा सञ्चालित उक्त कार्यक्रममा विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्राहरूलाई खोप प्रदान गरिएको छ। खोप कार्यक्रम सञ्चालनमा सहयोग पुर्‍याउनुहुने स्वास्थ्यकर्मीको टोली, शिक्षक तथा छात्राहरूलाई विद्यालय प्रशासन हार्दिक धन्यवाद ज्ञापन गर्दछ। 
उक्त कार्यक्रम लिइएको केही तस्बिरहरू 💝

2026-09-24

प्रतिकुल मौसमको पठनपाठन स्थगन (बन्द) रहने सम्बन्धमा सूचना ।

प्रतिकुल मौसमको पठनपाठन स्थगन (बन्द) रहने सम्बन्धमा सूचना ।

आदरणीय अभिभावकज्यू, शिक्षक-कर्मचारी वर्ग तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,​ हाल भइरहेको प्रतिकूल मौसम तथा लगातारको वर्षाका कारण विद्यार्थीहरूको सुरक्षा र सहज आवागमनलाई मध्यनजर गर्दै आज मिति २०८३/०६/०८ गते बिहीबार विद्यालयको नियमित पठनपाठन स्थगन (बन्द) रहने व्यहोरा जानकारी गराइन्छ।

​सम्पूर्ण विद्यार्थीहरूलाई घरमै सुरक्षित रही अध्ययन-अध्यापन कार्य जारी राख्न तथा आदरणीय अभिभावकज्यूहरूले आफ्ना नानीबाबुहरूको सुरक्षामा विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

2026-09-21

वतृत्वकला प्रतियोगिता तथा गणित प्रदर्शनी कार्यक्रमको विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै ।

वतृत्वकला प्रतियोगिता तथा गणित प्रदर्शनी कार्यक्रमको विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै ।

श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८३ असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा रेडक्रसद्वारा आयोजित वतृत्वकला प्रतियोगिता तथा गणित प्रदर्शनी कार्यक्रममा विजयी विद्यार्थीहरुलाई आज प्रार्थना समयमा पुरस्कृत गरिँदै ।

2026-09-18

खड्गकाली मा.वि. मा वतृत्वकला कार्यक्रम तथा गणित प्रदर्शनी कार्यक्रम सम्पन्न

खड्गकाली मा.वि. मा वतृत्वकला कार्यक्रम तथा गणित प्रदर्शनी कार्यक्रम सम्पन्न

श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८३ असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा १–५ मा वक्तृत्वकला कार्यक्रम र कक्षा ६–१० मा गणित प्रदर्शनी प्रतियोगिता सञ्चालन भएको छ।
​वक्तृत्वकलातर्फ कक्षा ४ बाट इच्छा मल्ल प्रथम, विश्वास विक द्वितीय, र वर्षा खाँण तथा दिप्सन शाही तृतीय भएका छन् भने कक्षा ५ बाट युशिका थापा प्रथम, बबिन गुरुङ द्वितीय र शिव थापा तृतीय भएका छन्।
​त्यसैगरी, गणित प्रदर्शनी प्रतियोगिता तर्फ कक्षा ६ बाट सागर गुरुङ प्रथम, रोशनी खाँण तथा डोलबहादुर राना द्वितीय र अनमोल खाँण तृतीय भएका छन्। कक्षा ७ बाट रोशनी पौडेल प्रथम र बिनिता गुरुङ द्वितीय भएका छन् भने कक्षा ८ बाट विसुम खाँण प्रथम, अप्सन मल्ल द्वितीय र प्रशन्न खाँण तृतीय भएका छन्।
​कक्षा ९ बाट विनोद खाँण प्रथम, सुजिना खाँण द्वितीय र रिमबहादुर कुँवर तृतीय भएका छन्, र कक्षा १० बाट इश्मी मल्ल प्रथम, निस्मा गुरुङ द्वितीय र अन्जिता खाँण तृतीय हुन सफल भएका छन्। प्रतियोगितामा विजयी सम्पूर्ण छात्रछात्राहरूलाई बधाई तथा शुभकामना! साथै, उहाँहरूलाई विद्यालयबाट पुरस्कृतसमेत गरिनेछ।
अपडेट
लोडिङ हुंदै छ...