5/31/2024

कक्षा १० कि छात्रा स्मृति बि.सी.ले प्रार्थना समयमा अनुशासनको महत्त्व शिर्षकमा आफ्ना भनाईहरु राख्दै

कक्षा १० कि छात्रा स्मृति बि.सी.ले प्रार्थना समयमा अनुशासनको महत्त्व शिर्षकमा आफ्ना भनाईहरु राख्दै

कक्षा १० कि छात्रा स्मृति बि.सी.ले प्रार्थना समयमा अनुशासनको महत्त्व शिर्षकमा आफ्ना भनाईहरु राख्दै ❤️ खड्काली मा.वि. मा हरेक शुक्रबार बिहान प्रार्थनाको समयमा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम सञ्चालन हुने गर्दछ भने मध्यान्तर पश्चात् अतिरक्त कृयाकलाप सञ्चालन हुन्छ ।

२०७३ वैशाख देखि २०७५ असोजसम्म जन्म मिति भएका विद्यार्थीहरुलाई आई.पि.भि. खोप सम्बन्धमा सूचना

२०७३ वैशाख देखि २०७५ असोजसम्म जन्म मिति भएका विद्यार्थीहरुलाई आई.पि.भि. खोप सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ जेठ २० गते आइतबारको दिन आई.पि.भि. खोप कार्यक्रम रहेकोले तपसिल बमोजिम नाम तथा २०७३ वैशाख देखि २०७५ असोजसम्म जन्म मिति भएका विद्यार्थीहरु आफ्नो अभिभावकको साथमा अनिवार्य उपस्थित हुनको लागि अनुरोध गरिन्छ ।


5/30/2024

ज्याग्दी सिकाइ केन्द्रद्वारा आयोजित खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई सम्मान गरिँदै

ज्याग्दी सिकाइ केन्द्रद्वारा आयोजित खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई सम्मान गरिँदै

ज्याग्दी सिकाइ केन्द्रद्वारा आयोजित खेलकुद तथा नृत्य प्रतियोगितामा विभिन्न स्थान सहित विजयी श्री खड्गकाली मा.वि.का विद्यार्थीहरुलाई सम्मान गरिँदै ❤️

हासिल भएको स्थानहरु
- हाइजम्प (प्रथम): कृष्ण खाँण
- लङ्ग जम्प (द्वितीय): विष्णु मल्ल
- सटपट (तृतीय): नारायण मल्ल
- सटपट (द्वितीय): सृष्टि खाँण
- हाइजम्प (तृतीय): सृष्टि खाँण
- हिसाब दौड (प्रथम): नमन खाँण
- विद्यालय स्तरीय नृत्य (तृतीय): आशी सिहं
- खुल्ला नृत्य (तृतीय): एन्जिता खाँण




5/27/2024

गणतन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

गणतन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८१ जेठ १५ गते मंगलबार गणतन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

5/26/2024

शैक्षिक सत्र २०८१ का कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरु कम्प्युटर प्रयोगशालामा कम्प्युटर चलाउँदै

शैक्षिक सत्र २०८१ का कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरु कम्प्युटर प्रयोगशालामा कम्प्युटर चलाउँदै

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाका कक्षा ४ मा अध्यनरत विद्यार्थीहरु कम्प्युटर प्रयोगशालामा कम्प्युटर टाइपिङ सिक्दै ❤️



5/24/2024

खड्गकाली मा.वि.मा सुन्दर अंग्रेजी र नेपाली हस्त लेखन प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा सुन्दर अंग्रेजी र नेपाली हस्त लेखन प्रतियोगिता सम्पन्न

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा आज मिति २०८१ जेठ ११ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालक्लबको आयोजनामा कक्षा ६-१० मा सुन्दर नेपाली हस्त लेखन र कक्षा १-५ मा सुन्दर अंग्रेजी हस्त लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा २
कक्षा ३
कक्षा १
कक्षा ६
कक्षा ८
कक्षा ७
कक्षा ४
कक्षा १०
कक्षा ५
कक्षा९
विद्यार्थीहरुमा सफा, सुग्घर, शुद्ध र सुन्दर हस्त लेखन कला विकास गर्नको निम्ति सम्पूर्ण कक्षाहरुलाई समेट्ने गरि आयोजना गरिएको उक्त प्रतियोगिता बाल क्लबको अध्यक्ष परी क्षेत्रीको अध्यक्ष्यतामा सुचारु भएको थियो भने प्रमुख अतिथिमा विद्यालयको प्र.अ. लेस बहादुर खाँण रहनुभएको थियो ।
कक्षा १-३ को सुन्दर अंग्रेजी लेखनमा कक्षा ३ को छात्र गौसम खाँणको लेखन उत्कृष्ट भएको छ । कक्षा ४-५ मा भने कक्षा ५ का छात्रा सृष्टि बि.क.को लेखन उत्कृष्ट छनोट भयो । त्यसैगरी, कक्षा ६-८ को सुन्दर नेपाली लेखनमा कक्षा ९ का छात्रा इस्मी मल्लको लेखन उत्कृष्ट भएका छन् भने कक्षा ९-१० मा कक्षा १० का छात्रा करिना खाँणको लेखन उत्कृष्ट छनोटमा पर्न सफल भएका छन् ।
कार्यक्रम सञ्चालन वालक्लबको सचिव इस्मी मल्लद्वारा भएको थियो । उत्कृष्ट छनोट हुन सफल सम्पुर्ण विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत गरेको छ ।

5/22/2024

बुद्ध जयन्ती/उभौली पर्व/चण्डी पूर्णिमाको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

बुद्ध जयन्ती/उभौली पर्व/चण्डी पूर्णिमाको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत बिषयमा भोलि मिति २०८१/०२/१० गते बिहीबार बुद्ध जयन्ती/उभौली पर्व/चण्डी पूर्णिमाको अवसरमा सार्वजनिक विदा भएकोले विद्यालयको पठनपाठन कार्य बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

5/18/2024

खड्गकाली भित्ते पत्रिका प्रकाशन - २०८१ जेठ ३

खड्गकाली भित्ते पत्रिका प्रकाशन - २०८१ जेठ ३

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा प्रकाशित विद्यार्थी साप्ताहिक पत्रिका (वि.सं. २०८१ जेठ ३)
अपडेट
लोडिङ हुँदै छ...