4/09/2025

शिक्षक - अविषेक अधिकारी

शिक्षक - अविषेक अधिकारी


श्री खड्गकाली माध्यमिक विद्यालयको माध्यमिक तह शिक्षक अविषेक अधिकारी, शिक्षा क्षेत्रमा आफ्नो उत्कृष्ट योगदानका लागि परिचित हुनुहुन्छ। मिति २०८१ चैत्र २७ गतेदेखि यस विद्यालयमा तृतीय श्रेणीको शिक्षकको रुपमा कार्यरत उहाँले आफ्नो गहन ज्ञान र विशिष्ट शिक्षण शैलीमार्फत विद्यार्थीहरूमा सकारात्मक परिवर्तन ल्याउनुभएको छ। उहाँको समर्पण र परिश्रमले यस विद्यालयको शैक्षिक वातावरणलाई थप समृद्ध बनाएको छ।
 अधिकारीको शिक्षण शैली परम्परागत विधिभन्दा भिन्न र नवीनतम छ। उहाँले विद्यार्थीहरूलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराउनुहुन्छ, जसले गर्दा उनीहरूले डर र दबाबमुक्त भई सिक्न सक्छन्। उहाँको खुबी भनेकै विषयवस्तुको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउनु हो। यसरी उहाँले विद्यार्थीहरूलाई केवल परीक्षामा उत्तीर्ण हुने सीप मात्र नभई, वास्तविक जीवनमा ज्ञानको प्रयोग गर्न सक्ने क्षमता विकास गराउनुभएको छ। उहाँको प्रभावकारी शिक्षणका कारण विद्यार्थीहरूमा विषयप्रतिको रुचि बढ्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ। 
अविषेक अधिकारीको व्यक्तित्व शिक्षाको परिधिमा मात्र सीमित छैन। उहाँको गहन रुचि र दखल विभिन्न क्षेत्रहरूमा फैलिएको छ, जसले उहाँलाई एक पूर्ण र परिष्कृत व्यक्तित्वको रूपमा प्रस्तुत गर्छ। संगित, अध्यात्म, साहित्य, र भाषा जस्ता क्षेत्रहरूमा उहाँको विशेषज्ञताले उहाँको व्यक्तित्वलाई थप आकर्षक बनाएको छ। यी अतिरिक्त क्षमताहरूले उहाँको शिक्षणमा पनि रचनात्मकता र गहिराइ थपेको छ। साथै, उहाँ विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय सहभागी हुनुहुन्छ, जसले उहाँको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतालाई दर्शाउँछ। अविषेक अधिकारी एक आदर्श शिक्षक मात्र नभएर एक प्रेरणादायी व्यक्ति पनि हुनुहुन्छ जसले आफ्नो ज्ञान, अनुभव र समर्पणले समाजमा सकारात्मक प्रभाव पारिरहनुभएको छ।

संक्षिप्त विवरण

  • नाम थर: अविषेक अधिकारी
  • जन्म मिति: २०५६/१०/०५
  • स्थायी ठेगाना: पाणिनी गा.पा.-४, अर्धखाँची
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४०-०१-७३-०२९०६
  • शैक्षिक योग्यता: वि.एड.
  • विद्यालयमा नियुक्ति मिति: २०८१/१२/२७
  • तह: मा.वि. (संघिय अनुदान)
  • सम्पर्क नं.: 9845022188
  • इमेल: abishekadhikari213@gmail.com

पूर्वनिर्धारित भर्ना कार्यकम स्थगित गरिएको सम्बन्धमा ।

पूर्वनिर्धारित भर्ना कार्यकम स्थगित गरिएको सम्बन्धमा ।


प्रस्तुत विषयमा गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २०८१ माघ २० गतेबाट देशभरका शिक्षक तथा कर्मचारीहरु आन्दोलमा रहेको छ । यो आन्दोलनलाई अझ ससक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडताल घोषणा भएकोले यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा पूर्वनिर्धारत चैत्र २८ बाट सुरु हुने भनिएको शैक्षिक सत्र २०८२ को भर्ना कार्यक्रम तथा अन्य शैक्षिक गतिविधिहरु अर्को सूचना नआएसम्म स्थगित गरिएको छ । यो आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिदिनुहुन समस्त विद्यार्थी, अभिभावक, वि.व्य.स. लगायत सम्पूर्ण सरोकार पक्षसंग आग्रह गर्दछौं ।


4/08/2025

चापाकोट नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१ को नतिजा

चापाकोट नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१ को नतिजा

चापाकोट नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुको मिति २०८१/१२/०३ देखि २०८१/१२/१० गतेसम्म सञ्चालन भएको नगर स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१ को नतिजा यसप्रकार रहेको छ ।

4/01/2025

खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा

खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट-४, स्याङ्जाको शैक्षिक सत्र २०८१ मा कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।











3/12/2025

फागुन महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउन सफल विशुम खाँणलाई पुरस्कृत गरिँदै

फागुन महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउन सफल विशुम खाँणलाई पुरस्कृत गरिँदै

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा फागुन महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउन सफल कक्षा ६ की छात्रा विशुम खाँणलाई पुरस्कृत गरिँदै ।

3/10/2025

विद्यालय निरिक्षणको क्रममा लिइएको चापाकोट नगर प्रमुखको टोलीको सामूहिक तस्बिरहरू

विद्यालय निरिक्षणको क्रममा लिइएको चापाकोट नगर प्रमुखको टोलीको सामूहिक तस्बिरहरू

मिति २०८१ फागुन २६ गते सोमबार विद्यालय निरिक्षणको क्रममा लिइएको चापाकोट नगर प्रमुख देव बहादुर खाँण (इश्वर) को टोलीको सामूहिक तस्बिरहरू 📸

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (पाँचौ पटक)

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (पाँचौ पटक)

श्री सम्बन्धित सबैमा,

विषय: विज्ञापन सम्बन्धमा (पाचौं पटक) ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८१/१०/२४, च.नं. १०४४ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/१०/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा मिति २०८१/११/२६ गते पाँचौ पटक विज्ञापन प्रकाशित भएकोले तपसील बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

तपसील 

  • विज्ञापन नं.: ४/०८१/०८२
  • पद संख्या: १
  • पद: शिक्षक (संघिय शिक्षण सहयोग अनुदान)
  • तह.: मा.वि.
  • विषय.: विज्ञान
  • योग्यता: विएस्सी वा सो सरह उतीर्ण
  • उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
  • तलव स्केल: नेपाल सरकारको नियमानुसार
  • दरखास्त दस्तुर: रु. १५००/–
  • परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
  • दरखास्त दिने अन्तिम मिति: २०८१/१२/०५ (४ बजेभित्र)
  • सम्पर्क मिति: २०८१/१२/०५

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु

१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि

सम्पर्क

९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)

3/09/2025

खड्गकाली मा.वि.मा कक्षा ९ द्वारा आयोजित कक्षा १० लाई फेरि भेटौंला तथा शुभकामना कार्यक्रममा लिइएको केही तस्बिरहरू

खड्गकाली मा.वि.मा कक्षा ९ द्वारा आयोजित कक्षा १० लाई फेरि भेटौंला तथा शुभकामना कार्यक्रममा लिइएको केही तस्बिरहरू

आज मिति २०८१ फागुन २६ गते सोमबार यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुद्वारा कक्षा १० (SEE 2081 Batch) लाई फेेरि भेटौंला तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा लिइएको तस्बिरहरू 💝💞❣️

अपडेट
लोडिङ हुँदै छ...