8/18/2024

डेङ्गु नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रममा लिइएको केही तस्बिरहरू

डेङ्गु नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रममा लिइएको केही तस्बिरहरू

आज मिति २०८१ भाद्र २ गते आइतबार श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा डेङ्गु रोग परीक्षण तथा रोग नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम चापाकोट नगरपालिका स्वास्थ शाखा र मल्याङ्कोट स्वास्थ्य चौकी, चापाकोट वडा नं. ४ का स्वास्थ्यकर्मीहरुको सहजीकरणमा सफलतापूर्वक सम्पन्न भयो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू ❣️

8/16/2024

खड्गकाली मा.वि. मा २०८१ साउन ३२ गते स्टाफ मिटिङको क्रममा लिइएको तस्बिरहरू

खड्गकाली मा.वि. मा २०८१ साउन ३२ गते स्टाफ मिटिङको क्रममा लिइएको तस्बिरहरू

श्री खड्गकाली मा.वि., चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा २०८१ साउन ३२ गते स्टाफ मिटिङको क्रममा लिइएको तस्बिरहरू ❣️

8/15/2024

रिजन क्षेत्रीले जन्मदिनको उपलक्ष्यमा विद्यालयको जुनियर रेडक्रस कोषमा आर्थिक सहयोग गर्दै

रिजन क्षेत्रीले जन्मदिनको उपलक्ष्यमा विद्यालयको जुनियर रेडक्रस कोषमा आर्थिक सहयोग गर्दै

स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं. ४ निवासी यस श्री खड्गकाली मा.वि.को कक्षा ६ मा अध्ययनरत छात्र 'रिजन क्षेत्री'ले आज मिति २०८१ साउन ३१ गते आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयको जुनियर रेडक्रस कोष स्थापनार्थ आर्थिक सहयोग गरेका छन् । उनलाई विद्यालय परिवार धन्यबाद ज्ञापन गर्दै जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

8/09/2024

कक्षा १-३ का विद्यार्थीहरु नृत्य अभ्यास गर्दै र ४-१० का विद्यार्थीहरु उपलब्धि अभिवृद्धि योजना (SARP) फारम भर्दै

कक्षा १-३ का विद्यार्थीहरु नृत्य अभ्यास गर्दै र ४-१० का विद्यार्थीहरु उपलब्धि अभिवृद्धि योजना (SARP) फारम भर्दै

कक्षा १-३ का विद्यार्थीहरु नृत्य अभ्यास गर्दै
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ साउन २५ गते शुक्रबार अतिरिक्त कृयाकलाप अन्तर्गत १-३ का विद्यार्थीहरु नृत्य अभ्यास गर्दै र ४-१० का विद्यार्थीहरु उपलब्धि अभिवृद्धि योजना (SARP) फारम भर्दै ।
कक्षा ९ का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा ८ का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा ७ का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा १० का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा ४ का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा ६ का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा ५ का विद्यार्थीहरु SARP फारम भर्दै

6/28/2024

असार महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक सहि उत्तर दिने विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

असार महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक सहि उत्तर दिने विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

आज मिति २०८१ असार १४ गते शुुक्रबार असार महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक सहि उत्तर दिने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउने छात्र कक्षा ६ का रिजन क्षेत्री रहेका छन् । उनलाई विद्यालयले पुरस्कृत गरेका छन् । 
कक्षागत प्रश्नोत्तरमा भने कक्षा ६ बाट बिशुम खाँण, कक्षा ७ बाट सदिक्षा कुवँर, कक्षा ८ बाट परी क्षेत्री, कक्षा ९ बाट नम्रता खाँण र अप्सना खाँण साथै कक्षा १० बाट एन्जिता खाँणले सर्वाधिक प्रश्नहरुको उत्तर मिलाएकोमा शिक्षक गोकर्ण जिसीको प्रायोजनमा पुरस्कृत भएका छन् ।

6/21/2024

फूलबारीमा फूल रोपाइ र कुर्सी दौड प्रतियोगिताको केही तस्बिरहरू

फूलबारीमा फूल रोपाइ र कुर्सी दौड प्रतियोगिताको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा आज मिति २०८१ असार ७ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालिकामैत्रीको आयोजनामा सम्पन्न भएको कक्षा ६-१० को फूलबारीमा फूल रोपाइ र कक्षा १-३ तथा कक्षा ४-५ मा कुर्सी दौड प्रतियोगिताको केही तस्बिरहरू 🌱🥀🌷🌹
अपडेट
लोडिङ हुँदै छ...